उपत्यका
-
२०७७ कार्तिक ७, शुक्रबार
साइकल मैत्री शहर ललितपुर !
ललितपुर – ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो । हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यस रङ लगाएको सडकमा साइकल मात्रै हिँड्न पाउनेछन् । यसमा अन्य सवारीसाधन भने हिँड्न पटक्कै पाउने छैनन् ।” गत वर्षझँै यस वर्ष पनि...
-
२०७७ कार्तिक ७, शुक्रबार
काठमाडौँ महानगरका सबै वडा कार्यालय सुविधा सम्पन्न बन्नेछन् : मेयर शाक्य
काठमाडौँ महानगरपालिकाकाले आफ्नो केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने नीतिलाई निरन्तरता दिने नीति लिए अनुरुप आज शुक्रबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–९ को वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको छ । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयलगायत ३२ वटै वडा कार्यालय भवन...
-
२०७७ कार्तिक ७, शुक्रबार
भक्तपुर तलेजुमा बलिरहित पूजा
भक्तपुर – भक्तपुरकाे तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादशैँको. फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उहाँले जानकारी दिनुभयो । गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै...
-
२०७७ कार्तिक ७, शुक्रबार
सामान्य विधिमा खोकना जात्रा
ललितपुर – बडादशैंँ पर्व नमनाउने क्षेत्र ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु भएको छ । खोकनाको रुद्रायणी मन्दिरमुनि कोयलाक्षीमा आज रुद्रायणी देवीको नृत्य मञ्चन गरिँदै छ । खोकना देवता खलमा रहेका ४६ मध्ये १६ जनाले श्रीस्वस्थानी व्रतकथामा आधारित नृत्य मञ्चन गर्ने खोकना श्रीखण्ड भवानी सलाँ जात्रा गुठीका सचिव श्याम महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “...
-
२०७७ कार्तिक ६, बिहिबार
खडगी समाज महिला समितिद्वारा गुर्जो वितरण
नेपाल राष्ट्रिय खड्गी समाज महिला समिति ललितपुरको आयोजनामा दशैं ,तिहार र छठको पावन अवसरमा बिहीबारअनौपचारिक रुपमा शुभकामना आदानप्रदान गरियो । साथै कोभिड १९ को संक्रमण बढीरहेको अवस्थालाई लक्षित गरि हाम्रै गाँउ ठाँउमा पाइने गुर्जोको बितरण पनि गरियो । असोज २३ गते गठन भएको महिला समितिको प्रथम कार्यक्रमको रुपमा उक्त कार्यक्रमलाई लिइएको छ । आत्मियता, महिला उत्थान र गुर्जोको उपयोगिता र यसलाई उपभोग गर्ने...
-
२०७७ कार्तिक ६, बिहिबार
काठमाडौँ महानगरको अडानले रानीपोखरीको इतिहास जोगिएको दाबी
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माणको काम काठमाडौँ महानगरपालिकाले लिएको अडानले गर्दा रानीपोखरीको इतिहास जोगिएको दाबी काठमाडौं महानगरपालिका का मेयर विद्या सुन्दररले भन्नु भएको छ । काठमाडौँ महानगरपालिकाको ५२ औँ नगरकार्यपालिकाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । २०७२ साल माघ २ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले...
-
२०७७ कार्तिक ६, बिहिबार
रानीपोखरीलाई खुला पार्क बनाई सर्वसाधारणका लागि खाेलिने
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख मेयर शाक्यले रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुल्ला हुने जनाएका छन् । रानीपोखरीको ऐतिहासिक उद्घाटन भए पनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडि बढाउने भएको छ । मेयर शाक्यले रानीपोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणवद्ध रुपमा निर्माण गरिने बताएका छन् । रानीपोखरीको मुख्य...
-
२०७७ कार्तिक ५, बुधबार
राष्ट्रपतिबाट रानीपोखरी उद्घाटन
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गर्नुभएको छ । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले ले प्राकृतिक...
-
२०७७ कार्तिक ५, बुधबार
आज राष्ट्रपतिबाट रानीपोखरीको उद्घाटन
काठमाडाैँ – पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन आज कात्तिक ५ गते बुधबारको दिन दिउसो १२ बजे हुने भएको छ । २०७२ सालको भूकम्पकाकारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले आज उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्नुहुने पनि मन्त्री श्रेष्ठले बताए । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका...
-
२०७७ कार्तिक ४, मंगलबार
ललितपुर नगर प्रहरीको पोशाक परिवर्तन
ललितपुर- ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् । महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो । लपुमहानगर प्रमुख चिरीबाबु महर्जनले सो पोशाक लगाएर नगर प्रहरी स्मार्ट भएसँगै नगरलाई पनि स्मार्ट बनाइने बताउनुभयो । हाल महानगरपालिकामा ७२ नगर प्रहरी...
-
२०७७ कार्तिक ३, सोमबार
काठमाडाैंका २ हजार ८ सहित थपिए ३ हजार ७९० जना संक्रमित
काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यी मध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ३८८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका २ हजार ८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् । याेसँगै देशभर ४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार...
-
२०७७ कार्तिक ३, सोमबार
राजोपाध्याय समाजको अध्यक्षमा कलाकार संजय शर्मा राजोपाध्याय चयन
काठमाडौं उपत्यकाका आदिवासी व्राम्हणको रुपमा परिचित देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले कलाकार संजय शर्मा राजोपाध्यायको नेतृत्व पाएको छ । गत शनिबार सम्पन्न समाजया सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले राजोपाध्यायलाई समाजको नयाँ अध्यक्ष चयन गरेको हो । तेश्रो अधिवेशनले निर्विरोध चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय हुनुहुन्छ भने महासचिवमा...


