STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ आश्विन २०, मंगलबार

    ललितपुरमा कोरोना संक्रमित तीन हजार पुग्याे

    ललितपुर – ललितपुरमा कोरोना संक्रमितको संख्या तीन हजारभन्दा बढी पुगेको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ८०३ रहेको छ ।  यसैगरी जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ४३० र मृतकको संख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा...

  • २०७७ आश्विन २०, मंगलबार

    उपत्यकाका १ हजार १७ सहित १ हजार ५ सय ५१ जनामा कोरीना संक्रमण पुष्टि

    काठमाडाैँ – आज उपत्यकामा १ हजार १७ जना सहित देशभर १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन ।  काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा आज २ हजार ३ सय...

  • २०७७ आश्विन २०, मंगलबार

    बस्ती हटाएर आधुनिक ठूला भवन बनाउने गुरुयोजनाप्रति पशुपतिबासी आन्दोलनमा

    काठमाडौँ – पशुपति क्षेत्र विकास कोषको पुनःसंरचनाको माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रेका छन् । आइतबारदेखि धर्ना, ‘ब्ल्याक आउट’लगायत कार्यक्रम जारी राखेको पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।  स्थानीयवासीले हाल छ महिनाअघि कोष सञ्चालक परिषद्‌बाट पारित गुरुयोजना खारेजी, कोष पदाधिकारीको राजीनामासमेत माग गरी विरोधका कार्यक्रम अघि बढाइएको समिति संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो । “...

  • २०७७ आश्विन २०, मंगलबार

    काठमाडाैंमा नेपालभाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपालभाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।  सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपालभाषाको स्थानीय पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ५१औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।  संविधानले...

  • २०७७ आश्विन २०, मंगलबार

    चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

    काठमाडौँ – चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ ।  नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिनुभयो ।  उहाँका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन...

  • २०७७ आश्विन २०, मंगलबार

    टेबहालको क्वाःपाः देवघर र कामपा २२ वडा कार्यालय भवनको शिलान्यास

    काठमाडौं – विसं २०७२ सालको महाभूकम्पले क्षति पु¥याएको टेबहालको क्वाःपाःद्यः छेँ (क्वाठपाल देवघर)को शिलान्यास भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार उक्त देवघरको शिलान्यास गर्नुभएको हो । देवघरसँगै प्रमुख शाक्यले काठमाडौं महानगरपालिका २२ वडाको नयाँ भवनको पनि शिलान्यास गर्नुभएको छ । भवन निर्माणको लागत करिब चार करोड १९ लाख ७३ हजार २३३ रुपैँया रहेको छ ।  

  • २०७७ आश्विन १९, सोमबार

    काठमाडौंका ११ सय ७८ सहित उपत्यकामा १५ सय ३१ जनामा संक्रमण पुष्टि

    काठमाडौं – उपत्यका अहिले कोरोनाको हटस्पट बनिरहेको छ । दिनप्रतिदिन यहाँ कोरोना संक्रमित बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए । गौतमका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको हो ।  यसैगरी नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको...

  • २०७७ आश्विन १९, सोमबार

    अनुगमन टोली पुगेपछि कालिमाटी व्यापारी भागाभाग

    काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् ।  काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् । यसरी भागेकामध्ये अधिकाशं पसलका व्यापारी माछाको गुणस्तरमा भन्दा खरिदबिक्री...

  • २०७७ आश्विन १९, सोमबार

    थिमिमा विभिन्न आयोजनाको निर्माण हुँदै

    भक्तपुर – “माननीयज्यू, यो सडक समयमै सम्पन्न गर्नुपर्छ, तपाईँले अन्तजस्तै यहाँ पनि समय समयमा अनुगमन गर्नुभयो भने गुणस्तरीय काम हुने थियो ।” सांसद महेश बस्नेतसँग स्थानीयवासीले आफ्ना कुरा राख्दै थिए । उहाँ मध्यपुरथिमि नगरपालिका–९ स्थित निकोसेरा हिमालय टोल सडक छ मिटर चौडामा विस्तार स्तरोन्नति एवं कालोपत्र शुरु हुनुअघि स्थानीय बासिन्दासँग छलफल एवं अनुगमन गर्न पुग्नुभएको थियो ।  काठमाडौँ उपत्यका विकास...

  • २०७७ आश्विन १९, सोमबार

    बडादशैंँलाई औपचारिकतामा सीमित गर्न भक्तपुर नगरपालिकाकाे आग्रह

    भक्तपुर – भक्तपुर नगरपालिकाले यस वर्षको बडादशैंलाई औपचारिकतामा सीमित गर्न आग्रह गर्दै सरोकार पक्षसँग छलफल शुरु गरेको छ । भक्तपुरमा बडादशैंको महानवमीको दिन खःम्ये जात्रा, विजयादशमीको दिन ब्रम्हायणीमा मेला लाग्नेलगायत विशेष पर्व तथा पूजा हुने गर्छ । नगर प्रमुख सुनिल प्रजापति र वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाभित्र कोरोना सङ्क्रमणको अवस्था भयावह बनिरहेका परिस्थितिमा नजिकिँदै गरेको...

  • २०७७ आश्विन १९, सोमबार

    उपत्यकामा सङ्क्रमण बढ्यो तर सेवाग्राहीको भीड घटेन

    काठमाडौँ – काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन ।  यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउन ध्यान नदिएको पाइन्छ । शुक्रबार एकान्तकुनास्थित यातायात...

  • २०७७ आश्विन १८, आइतबार

    उपत्यकामा १५ सय ९९ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंका १३७३ , भक्तपुरका ३९  र ललितपुरका  १८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबार काठमाडौंका ५५ वर्षीय पुरुष र ललितपुरका ७७ वर्षीय पुरुषको मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा...

Pages