उपत्यका
-
२०७७ आश्विन २, शुक्रबार
विद्युतीय मिनी बस सञ्चालनमा
काठमाडौँ – नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गर्नुभएको हो । कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।...
-
२०७७ आश्विन २, शुक्रबार
ललितपुरमा सडक शिलान्यासदेखि बिजनेस क्लिनिक शुरु
ललितपुर – ललितपुर महानगरपालिका वडा नं १५ स्थित स्वीमिङ्पुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्ड शिलान्यास गरिएको छ । भित्रिसडक निर्माण गर्ने योजनानुरुप तीन चरणअन्तर्गत २१ सडक निर्माण अघि बढाउने उद्देश्यका साथ महानगर प्रमुख चिरीबाबु महर्जनले यो सडक शिलान्यास गर्नुभएको हो । सो सडक खण्डको लम्बाई ३४० मिटर रहेको छ । एक्काइस वटै सडकको लम्बाई भने ८ दशमलव ६२ किलोमिटर रहेको छ । यी सबै सडक निर्माणको...
-
२०७७ आश्विन १, बिहिबार
चन्द्रागिरि केबलकार आजदेखि चल्ने
काठमाडौँ – विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य...
-
२०७७ भाद्र ३१, बुधबार
जागरुक युवा समाजले फुटपाथमा पसल विरुद्ध आवाज बुलन्द गरे
विजयरत्न असंबरे जागरुक युवा समाजले जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसल राख्न समय तोकेकोमा आपत्ती जनाएको छ । पैदल यात्रु साथै अत्यावश्यक सवारी आवागमनमा समेत समस्या पुर्याइरहेको र हाल आएर यहि फुटपाथ पसलका कारण भीडभाड हुन गएर संक्रमणको जोखिम समेत बढाएकोले फुटपाथ पसल हटाउन विशेष भूमिका खेल्नुपर्ने जिल्ला प्रशासन कार्यालयले नै यसलाई प्रश्रय दिएको भनी आदेश सच्याउन समाजले माग गरेको हो । समाजको...
-
२०७७ भाद्र ३१, बुधबार
नेपाल लिपि गुथिका पूर्वअध्यक्षलाई मातृशोक
काठमाडौं – नेपाल लिपि गुथिका पूर्वअध्यक्ष माधव स्यस्यःलाई मातृशोक परेको छ । उनकी आमा सेतीमाया श्रेष्ठको आज बुधबार बिहान ११ बजे उहाँकै निवासमा निधन भयो । ८२ वर्षीय सेतीमाया श्रेष्ठको अन्तिम संस्कार अहिले सक्वमै हुन लागेको छ । दिवंगत श्रेष्ठका जहान गोविन्दप्रसाद श्रेष्ठ, एक छोरा माधव स्यस्यः, बुहारी सुधा श्रेष्ठ, पाँचजना छोरीका साथै एक नाति र एक नातिनी रहेका छन् ।
-
२०७७ भाद्र ३०, मंगलबार
फर्पिङको हरिशङ्कर खटयात्रा क्षमा पूजामै सीमित
काठमाडौँ – दक्षिणकाली नगरपालिकाको फर्पिङमा मनाइने हरिशङ्कर यात्रा यस वर्ष क्षमा पूजा गरेर मनाइएको छ । भाद्र शुक्ल पूर्णिमादेखि १२ दिनसम्म फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा खट यात्रा गरी मनाइने हरिशङ्कर जात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने डरले क्षमा पूजा गरी स्थगित गरिएको दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिनुभयो...
-
२०७७ भाद्र ३०, मंगलबार
ललिलपुर महालक्ष्मी नगरपालिकाका प्रमुखलाई कोरोना पुष्टि
ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”
-
२०७७ भाद्र ३०, मंगलबार
रञ्जना लिपिमा टोखाका स्थाननाम
काठमाडौं – टोखा नगरपालिकाका विभिन्न स्थानका नामहरु रञ्जना लिपिमा राखिएका छन् । टोखाभित्रका स्थानीय टोलका नामहरु जनाउने साइनबोर्डमा रञ्जना लिपिको पनि प्रयोग गरिएको छ । टोखा नगरपालिका सरस्वती ३ वडाका वडाध्यक्ष सिङ्गराज श्रेष्ठको उपस्थितिमा स्थुली टोल विकास संस्थाको आयोजनामा रञ्जना लिपिमा साइनबोर्डहरु राखिएका हुन् । स्थाननाम जनाउने ती साइनबोर्डमा रञ्जना लिपिको अलावा देवनागरी लिपि पनि प्रयोगमा...
-
२०७७ भाद्र ३०, मंगलबार
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का गएकाे छ । बुधवार बिहान ५:२० बजे साे धक्का महसुस गरिएकाे हाे । भूकम्पबारे अरू विवरण आउन बाँकि छ ।
-
२०७७ भाद्र २९, सोमबार
काठमाडौंका मेयर कोरोना संक्रमणमुक्त
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । गत भदौ १५ गते शाक्यमा कोरोना संक्रमणको पुष्टि भएको थियो । शाक्यको दोस्रो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । परीक्षणको लागि शनिबार दिइएको स्वाबको रिपोर्ट आज नेगेटिभ आएको हो । उहाँ केही दिन आराम गरेपछि काममा फर्किनुहुने महानगरपालिका सचिवालयले जनाएको छ ।
-
२०७७ भाद्र २९, सोमबार
बुंगःद्यः बुंगमति भित्र्याउने साइत नै गलत !
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत भदौ २६ गते शुक्रबार दिइएकामा ज्योतिषीले नमिलेको भनी प्रतिक्रिया दिएपछि भदौ २९ गतेको दोस्रो साइत सार्वजनिक गरिएको थियो । भदौ २९ गते सोमबार द्वादशी तिथि र...
-
२०७७ भाद्र २९, सोमबार
हलिं नेवाः गुथिले कथा लेखन गोष्ठी गर्दै
काठमाडौं – हलिं नेवाः गुथि (विश्व नेवाः गुथि)ले नेपालभाषाका साहित्यकारहरुलाई तथा पाठकलाई लक्षित गरी कथा लेखन गोष्ठी आयोजना गर्दैछ । भदौ ३० गते मंगलबार बेलुका ६ बजेदेखि ८ बजेसम्म उक्त कथालेखन गोष्ठी हुँदैछ । जूम एपमा हुने उक्त गोष्ठीका मुख्य वक्ता एवं प्रशिक्षक डा. ज्योति तुलाधर रहनुहुन्छ । प्रशिक्षकले तुलाधरले कथा साहित्यबारे तथा कथा लेखन विषयमा प्रशिक्षण दिनुहुनेछ ।


