STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७६ चैत्र ८, शनिबार

    नेपालभाषाका महाकविको जन्मजयन्ती कार्यक्रम स्थगित

    काठमाडौं– कोरोना भाइरस पूर्वनियन्त्रणको क्रममा नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशीकोे जन्मजयन्ती मनाउने कार्यक्रम स्थगित गरिएको छ । शनिबार (चैत ८ गते) महाकविको ८२ औं जन्मजयन्ती हो । यसअघि जोशीको जन्मस्थल साँखुमा वर्षेनी उनको जन्मजयन्ती मनाउँदै आइरहेको थियो । जन्मजयन्तीको कार्यक्रमलाई पछि उचित समयमा मनाउने उनका छोरा यचु जोशीले जानकारी दिएका छन् । नेपालभाषाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान...

  • २०७६ चैत्र ८, शनिबार

    कामपाबाट मास्क र स्यानिटाइजर वितरण

    काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि आज ३२ वटै वडामा एक हजार थानका दरले मास्क र आधा लिटरका दुई थानका दरले स्यानिटाइजर पठाइएको छ । विश्वभर फैलिएको कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि बिहीबार बसेको आकस्मिक कार्यपालिका बैठकको निर्णयअनुसार उक्त सामग्री वडामा पठाइएको हो । उक्त सामग्री वडामा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत वितरण गरिने कामपाका निमित्त प्रमुख...

  • २०७६ चैत्र ७, शुक्रबार

    अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

     स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो । अहिले सो गाउँपालिकाको वडा नं १ र...

  • २०७६ चैत्र ७, शुक्रबार

    कोरोना भाइरसको कारण सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित

    काठमाडौं– सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको शुक्रबार बिहान बसेको बैठकले सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित गर्ने निर्णय गरेको छ । रथयात्रा स्थगित भएको उल्लेख गर्दै समितिले एक प्रेस विज्ञप्ति पनि जारी गरेको छ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस पूर्वनियन्त्रणको क्रममा यस वर्ष सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित गर्नुपरेको व्यवस्थापन समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख...

  • २०७६ चैत्र ७, शुक्रबार

    वज्रेश्वर जात्रा रोकिने अवस्थामा

    काठमाडौं– पशुपति विकास कोषले मुआब्जा रकम नदिएकाले यो वर्ष बज्रेश्वर माता (पिंगला माई) जात्रा सञ्चालन नहुने स्थितिमा पुगेको छ । देश र जनताको कल्याण कामनाका साथै हुरी बतास, अग्नी, जल, रोगव्याधीजस्ता प्रकोप नहोस् भन्ने कामनासाथ यो जात्रा आयोजना हुँदै आएको छ । जात्राको ४ दिन अघिदेखि वैदिक तथा तान्त्रिक विधिद्वारा देशोद्धार पूजा (दे–पूजा) गर्ने परम्परा रहेको छ । जात्रा प्रत्येक वर्ष चैत्र महिनाको...

  • २०७६ चैत्र ६, बिहिबार

    नेपाल ऊल हाउसमा ५ रुपैयाँमै मास्क

    काठमाडौं– काठमाडौं भोटाहिटीस्थित नेपाल ऊल हाउसले ५ रुपैयाँमा मास्क बिक्री गरिरहेको छ । कोरोना भाइरसको कारण बजारमा मास्क अभाव भइरहेको र पाएका माक्स पनि महँगोमा किन्नुपर्ने अवस्था रहेकोले आफूसँग स्टक रहेको मास्कलाई सस्तोमै बेचिरहेको ऊल हाउसका प्रोप्राइटर एवं समाजसेवी ज्ञानेन्द्र तुलाधरले जनजाति खबरलाई जानकारी दिएका छन् । तुलाधरका अनुसार आफ्नो लागत नै प्रतिमास्क ९ रुपैयाँ रहे पनि बजारमा मास्कको अभाव...

  • २०७६ चैत्र ६, बिहिबार

    सेतो मछिन्द्रनाथको रथयात्रा अनिश्चित

    काठमाडौं– कोरोना भाइरस पूर्वनियन्त्रणको लागि सरकारले विविध निर्णय गरेपछि काठमाडौंमा मनाइने आर्यावलोकितेश्वर (सेतो मछिन्द्रनाथ)को रथयात्रा पनि अनिश्चित हुन पुगेको छ । यही आउँदो चैत १९ गते अष्टमीदेखि तीनदिनसम्म मनाइने रथयात्रा विश्व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासको कारण अनिश्चित हुन पुगेको हो । जात्रालाई लिएर चैत ७ गते शुक्रबार सेतो मछिन्द्रनाथका पुजारी एवं २५ वडाका वडाध्यक्ष...

  • २०७६ चैत्र ६, बिहिबार

    लगन पार्कको लागि मेयर शाक्यद्वारा जग शिलान्यास

    काठमाडौं– काठमाडौं २१ वडास्थित लगनटोलमा रहेको शीलखाना भत्काएर व्यवस्थित पार्क बनाउन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जग शिलान्यास गरेका छन् । बिहीबार (चैत ६ गते) सम्पन्न जग शिलान्यास कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, पूर्वमन्त्री एवं सांसद भीमसेनदास प्रधानलगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति थियो । कोरोना भाइरस संक्रमणप्रति सचेत हुन सरकारले...

  • २०७६ चैत्र ६, बिहिबार

    वडासदस्यको पहलमा मखनटोलमा हातधुने व्यवस्था

    काठमाडौं– कोरोना भाइरस संक्रमणले भयावह रुप लिइरहेको सन्दर्भमा नेपाल सरकारले यसविरुद्ध कडा कदम चालेपछि जनजीवन समेत प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनलगायत स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट बच्ने विभिन्न उपायहरु सार्वजनिक गरिसकेका छन् । यसक्रममा काठमाडौं महानगरपालिका २४ वडा मखनटोलमा कोरोना भाइरस संक्रमणबाट बच्न बटुवाको निम्ति स्यानिटरिज डिटोल पानीबाट हात धुने व्यवस्था गरिएको छ । काठमाडौं...

  • २०७६ चैत्र ६, बिहिबार

    फेता गुठी र नेवाः पत्रकारबीच छलफल

    काठमाडौं– पशुपति क्षेत्रमा वैद्य समुदायले सञ्चालन गर्दैआएको फेता जात्रा यो वर्ष नमनाइने विषयमा फेता गुठी र नेवाः पत्रकार दबूबीच छलफल भएको छ । बुधबार बसेको बैठकमा फेता गुठीका सस्य जलत वैद्यले दबूका पदाधिकारीहरुसँग भेट गरी आफ्ना समस्या राखेका थिए । पशुपति विकास कोषले फेता गुठीको १३ रोपनी जग्गा अधिकरण गरेपछि त्यसको उचित मुआब्जा नदिएकोले फेता जात्रा मनाउन समस्या आएको जानकारी वैद्यले दबूका...

  • २०७६ चैत्र ६, बिहिबार

    सत्यमोहन लोकसाहित्य भवनको जग शिलान्यास

    काठमाडौं– वाङमय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित लोकसाहित्य भवनको जग शिलान्यास सम्पन्न भएको छ । सत्यमोहन जोशीको घरलाई नै पुनर्निर्माण गरी लोकसाहित्य भवन बनाउन लागिएको हो । चैत ६ गते बिहीबार सम्पन्न शिलान्यास कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा लोक साहित्य परिषदका अध्यक्ष प्रा. प्रेमशान्ति तुलाधरले जग...

  • २०७६ चैत्र ६, बिहिबार

    काठमाडौं महानगरको आकस्मिक बैठक, भीडभाड हुने कार्यक्रम नगर्न अनुरोध

    काठमाडौं– विश्व्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस पूर्व नियन्त्रणको लागि काठमाडौं महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बिहीबार (चैत ६ गते) दिउँसो बसेको छ । नेपाल सरकारले बुधबार कोरोना भाइरस पूर्व नियन्त्रणका लागि गरेका विविध निर्णयपछि महानगरको उक्त बोर्ड बैठक बसेको हो । महानगरबासीलाई यस भाइरसबाट बचाउने विभिन्न उपाय अपनाउन अनुरोध गर्नको लागि उक्त बैठक बसेको हो । उक्त आकस्मिक बैठकले...

Pages