उपत्यका
-
२०७६ चैत्र २०, बिहिबार
रातो मछिन्द्रनाथको रथायात्रा हुने
विजयरत्न असंबरे ललितपुर – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि अहिले देशभर लकडाउनको अवस्था छ । यस अवस्थालाई मध्यनजर गर्दै काठमाडौंमा पाहांचःह्रे जात्रा, सेतो मछिन्द्रनाथको रथयात्रालगायत धेरै जात्रापर्व स्थगित भइसकेका छन् । तर ललितपुरमा भने आवश्यक प्रबन्ध मिलाएर रातो मछिन्द्रनाथ (बुंगःद्यः)को महास्नान (न्हवं)लगायत रथयात्राको लागि रथ निर्माण सुरु...
-
२०७६ चैत्र १५, शनिबार
नगरपालिकाको अनुरोधमा कीर्तिपुरका बैंकहरु खुल्ने
काठमाडौं– कोरोना भाइरस संक्रमण रोमकथाको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको समय कीर्तिपुर नगरपालिकाले बैंकहरुलाई सेवा दिन अनुरोध गरेको छ । नगरपालिकाको अनुरोधमा बैकहरु आफ्ना सेवा दिने भएका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणको कारण नेपाललगायत विभिन्न देशहरु लकडाउनको स्थितिमा रहेका छन् । यस सन्दर्भमा कीर्तिपुर नगरपालिकाले नगरबासीको सुविधालाई ध्यानमा राखी नगर...
-
२०७६ चैत्र १५, शनिबार
कामपाका सबै स्थानमा नियमित फोहर संकलन हुने
काठमाडौँ महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहर व्यवस्थापनको काम भइरहेको जनाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले रासससँग कुरा गर्दै कोरोना भाइरसको संक्रमणको कारण व्यवस्थापनमा समस्या हँुदा फोहर नउठे पनि आगामी दिनमा नियमित फोहर संकलन हुने दृढता व्यक्त गर्नुभयो । केही दिनअघि बानेश्वर, कोटेश्वर, अनामनगरलगायत स्थानमा नियमित फोहर नउठेको स्थानीय गुनासो आएपछि...
-
२०७६ चैत्र १४, शुक्रबार
काठमाडौँ महानगरपालिकाले फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै
काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो । नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्याङ्क लिनका लागि ३२ वटै वडा कार्यालयलाई पत्राचार गरिसकेको छ । कामपाको प्रशासन विभाग प्रमुख नवराज ढकालले वडाध्यक्षलाई पठाएको पत्रमा...
-
२०७६ चैत्र १४, शुक्रबार
काठमाडौं २४ वडामा कीटनाशक औषधि छरियो
काठमाडौं– कोरोना भाइरस संक्रमणबाट बच्न काठमाडौं महानगरपालिका २४ वडा कार्यालय तथा महादेव मखन क्लबको सहयोगमा वडाका टोलहरुमा कीटनाशक औषधि छरिएको छ । २४ वडाका वडासदस्य एवं महादेव मखन क्लबका अध्यक्ष विनोद तुलाधर र क्लबका सचिव इन्द्रमणि कपालीको सक्रियतामा कीटनाशक औषधि छरिएको थियो । कोरोना भाइरस संक्रमणबाट सचेत एवं सतर्क रहँदै औषधि छर्ने कार्यलाई निरन्तरता दिइने तथा जनचेतनात्मक कार्यक्रम पनि अघि बढाइने...
-
२०७६ चैत्र ११, मंगलबार
नगरवासीलाई केही समस्या आइपरे आफ्ना जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न सक्ने
काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज अपिल जारी गरी महामारी नियन्त्रणका लागि सरकारले चालेको कदम स्वागतयोग्य छ भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर नआउन अनुरोध गर्नुभएको हो । महामारी रोकथाम र निर्मूल गर्न सरकारले २०७६ चैत ११ गते बिहान ६ बजेदेखि १८ गते...
-
२०७६ चैत्र ११, मंगलबार
पाटनमा आज घोडेजात्रा पर्व मनाइएन
चैत कृष्ण औँसी घोडेजात्रा पर्वका दिन पाटनमा आज घोडेजात्रा पर्व मनाइएन । मुलुक कोभिड–१९ को उच्च जोखिम रहेकाले सरकारले आजदेखि लकडाउनको घोषणा गरेसँगै पाटनमा उक्त जात्रा नमनाइएको हो । सोमबार पाटन दरवार क्षेत्र परिसरमा अवस्थित भीमसेन मन्दिरमा पूजा गरी जात्रा नगर्ने निर्णय गरिएको बलखुटोल भीमसेन गुठी च्यो खलः का अध्यक्ष शङ्कर महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले लकडाउनको घोषणा गरेसँगै...
-
२०७६ चैत्र १०, सोमबार
सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित भएपछि क्षमापूजा गरिने
काठमाडौं– कोरोना भाइरस संक्रमणबाट बच्ने पूर्वतयारीको लागि सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित भएपछि धार्मिक विधिअनुरुप क्षमापूजाको आयोजना हुने भएको छ । सेतो मछिन्द्रनाथका पुजारी एवं २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यले दिएको जानकारीअनुसार चैत १९ गते अष्टमीको दिन क्षमापूजा गरिनेभएको छ । यसको लागि मछिन्द्रनाथका पु्जारीहरुसँग आवश्यक छलफल भइरहेको छ । वर्षेनी चैत शुक्ल अष्टमीदेखि ३ दिनसम्म हुने रथयात्रा...
-
२०७६ चैत्र १०, सोमबार
बाजा नसुनिएको पाहांचःह्रे जात्रा
काठमाडौं– पाहांचःह्रे जात्रा... काठमाडौंको टोल, गल्लीमा बाजा बजाएर गरिने देउताको खटजात्रा । देउता चिनाउने रातो, निलो, पहेँलो, सुन्तला विविध रङका टोपी लगाएकाहरु खट बोक्दै, खट वरिपरि बाजा बजाउँदै, भजन गाउँदै होहल्लाकासाथ हुने पाहांचःह्रे जात्रा । तर यस पटक पाहांचःह्रेको जात्रामा कतै पनि सुनिएन बाजा, होहल्ला र देउटाको खटजात्रा । कारण... कोरोना भाइरस संक्रमणबाट बच्ने पूर्वतयारी । सोमबार (चैत १० गते)...
-
२०७६ चैत्र १०, सोमबार
कोरोनाबारे नेपालभाषामा प्रचार सामग्री
काठमाडौं– काठमाडौं महानगरपालिका सहरी स्वासथ्य महाशाखाले कोरोना भाइरसबाट बच्नको लागि काठमाडौंका जनतालाई सुसूचित गर्न नेपालभाषा (नेवार भाषा)मा प्रचार सामग्री प्रकाशित गरेको छ । काठमाडांैका ३२ वटै वडामा खस नेपालीसँगै नेपालभाषामा पनि प्रचारसामग्री वितरण भएको छ । ‘कोरोना भाइस ल्वय्’ शीर्षकमा प्रकाशित उक्त प्रचार सामग्रीमा चित्रसहित भाइरसबाट बच्ने विविध उपाय उल्लेख छ ।
-
२०७६ चैत्र ९, आइतबार
पाँचखाल क्षेत्रमा मूर्ति भेटिइँदै
पाँचखाल नगरपालिका–९ साठीघरमा सडक खन्ने क्रममा समुन्द्र देवताको मूर्ति भेटिएको छ । शुक्रबार भेटिएको २० इन्च उचाइको उक्त मूर्ति करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने बताइएको छ । ती मूर्ति प्रारम्भिक अुसन्धानले समुन्द्र देवताको टाउकोको केही भाग फुटेको तथा करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने पुरातत्व विभागका अधिकृत प्रकाश खड्काले जानकारी दिनुभयो । तर उक्त मूर्ति भग्नावशेषबाट बाहिर आएको...
-
२०७६ चैत्र ९, आइतबार
कोरोना भाइरसका कारण धर्मकीर्ति विहारका सम्पूर्ण कार्यक्रम स्थगित
काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) पूर्वनियन्त्रणको लागि काठमाडांै श्रीघःमा अवस्थित धर्मकीर्ति विहारले आफ्ना सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ । चैत ९ गते आइतबारदेखि धर्मकीर्ति विहार संरक्षण कोष, यसका सम्पूर्ण एकाईका पदाधिकारीहरु, सदस्यहरु, सम्पूर्ण उपासक, उपासिकाहरु र सम्बन्धित सबैमा एक सूचना जारी गरी आफ्ना कार्यक्रमहरु स्थगित भएको विहारले जनाएको छ । अब...


