STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ बैशाख २७, शनिबार

    नेवार पत्रकार र कीर्तिपुरका मेयरबीच छलफल (भिडियोसहित)

    ललेन्द्र शाक्य कीर्तिपुर – नेवार पत्रकार र कीर्तिपुरका मेयर रमेश महर्जनबीच विविध विषयमा छलफल भएको छ । कीर्तिपुर नगरपालिकाको भवनमा शुक्रबार भएको छलफलमा नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीहरु उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, केन्द्रीय सचिव सुनिल महर्जन, केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठलगायत नेवाः एफएम १०६.७ का प्रबन्ध निर्देशक वीरेन्द्र विनु शाक्य विविशा, कीर्ति अनलाइनका म्यानेजिङ...

  • २०७७ बैशाख २१, आइतबार

    काठमाडौं १५ वडामा प्राचीन ढुङ्गेधारा भेटियो

    काठमाडौं – काठमाडौं महानगरपालिका १५ वडास्थित ब्यसल टोलमा प्राचीन ढुङ्गेधारा फेला परेको छ । प्राचीन ढुङ्गेधारा भेटिएको खबर प्राप्त भएपछि सम्पदा अभियन्ता यादवलाल कायस्थको नेतृत्वमा एक टोली सो स्थानमा पुगेको थियो । भेटिएको उक्त प्राचीन ढुङ्गेधाराबारे पुरातत्व विभागलाई जानकारी गराइसकेको कायस्थले जनजाति खबरलाई बताएका छन् । पानी सुकेको अवस्थामा फेला परेको ढुङ्गेधाराको मुहान र प्रणालीबारे चाँडै अध्ययन...

  • २०७७ बैशाख १९, शुक्रबार

    ललितपुरमा बुद्धजयन्ती कार्यक्रम स्थगित

    विजयरत्न असंबरे ललितपुर – कोरोना भाइरसको जोखिमका कारण ललितपुरमा यस वर्ष २५६४ औं बुद्ध जयन्ती समारोह औपचारिकतामा सीमित हुने भएको छ । ६८ वर्षदेखि निरन्तर बुद्ध प्रतिमासहित नगर परिक्रमा, ज्ञानमाला भजनलगायतका कार्यक्रम हुँदै आएकोमा यस वर्ष कोरोना संक्रमण रोकथामको लागि स्थगित गरिएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह समितिले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । समितिले यस वर्ष सामाजिक...

  • २०७७ बैशाख १७, बुधबार

    नेवार समुदायको लागि सस्तो दरको तरकारी बजार सञ्चालनमा

    काठमाडौैं – लकडाउनको समय काठमाडौंबासी नेवार समुदायलाई सस्तो दरमा तरकारी उपलब्ध गराउन काठमाडौं १७ वडामा ‘नेवाः गुहालि पुचः’का युवाहरुले तरकारी पसल सञ्चालनमा ल्याएको छ । लकडाउनको समय तरकारीको भाउदर समान हुन नसकेको र भित्री सहरका बासिन्दा तथा नेवार समुदायले बाध्य भएर महँगोमा तरकारी किन्नु परिरहेकोले सस्तो दरको तरकारी पसल सञ्चालनमा ल्याइएको हो । १७ वडा श्रीघ विहारबाहिर क्षेत्रपाटी जाने बाटोमा सो...

  • २०७७ बैशाख १६, मंगलबार

    बंगाली कालिगढहरुलाई राहत प्रदान

    विजयरत्न असंबरे ललितपुर– ललितपुर सुनचाँदी व्यवसायी संघले नेपालमा सुनचाँदीको गहना बनाई जीविकोपार्जन गर्दै आएका भारतीय मूलका बंगाली कालिगढहरूलाई राहत प्रदान गरेको छ । लकडाउन अवधि लम्बिएसँगै सुनचाँदीका काम गर्ने कालिगढहरूलाई दैनिकी चलाउन कठिनाई हुँदै गएपछि राहत वितरण गरिएको कुरा संघका कार्यवाहक अध्यक्ष मोतिमान शाक्यले जानकारी दिएका छन् । पाटन मंगलबजारको हःखा कोतपाटीमा सबै कालिगढहरूलाई बोलाएर खाद्य...

  • २०७७ बैशाख १४, आइतबार

    काठमाडौँ महानगरका पसल बिहान १० बजेसम्म खुल्ने

    विजयरत्न असंबरे काठमाडौं – काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५ औं कार्यपालिका बैठकमा सहभागी सबै वडाध्यक्षहरु यसमा सकारात्मक बनेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको...

  • २०७७ बैशाख १३, शनिबार

    क्षेत्रपाटी चिकित्सालयमा सेनिटाइजर बुथ

    काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारी तथा निजी क्षेत्रहरुबाट विविध उपायहरु अपनाइरहेका छन् । यसैक्रममा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा पनि कोरोना संक्रमण रोकथामको लागि चिकित्सालय प्रवेशद्वारमा सेनिटाइजर बुथ राखिएको छ । चिकित्सालयमा आउने बिरामी तथा चिकित्सकहरुको स्वास्थ्यलाई मध्यनजर गरी उक्त सेनिटाइजर बुथ राखिएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जनजाति...

  • २०७७ बैशाख १३, शनिबार

    काठमाडौं १७ वडामा २०० वटा सडक बत्ती जडान

    काठमाडौं – काठमाडौं महानगरपालिका १७ वडाका विभिन्न क्षेत्रमा सडक–बत्ती जडान गरिएको छ । वागमती प्रदेशले ‘बाग्मती प्रदेश पूर्वाधार साझेदारी’अन्तर्गत आफ्ना सम्पूर्ण निर्वाचन क्षेत्रहरुको लागि सडक–बत्ती वितरण गरेको हो । वागमती प्रदेश निर्वाचन क्षेत्र ७ (क) का सांसद वसन्त मानन्धरले जनजाति खबरलाई दिएको जानकारीअनुसार १७ वडाका लागि २०० वटा सडक बत्ती प्राप्त भएको थियो । वडाका विभिन्न सडक तथा क्षेत्रमा ती...

  • २०७७ बैशाख १२, शुक्रबार

    भिडियो कन्फरेन्सबाट थुनुवाको म्याद

    दाङ–देउखुरी जिल्ला अदालतले बिहीबारदेखि भिडियो कन्फरेन्सका माध्यमबाट थुनुवाको म्याद थप शुरु गरेको छ । डिभिजन वन कार्यालय दाङले वन्यजन्तुको अवैध चोरीशिकार काममा पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरिएका चार जनाको भिडिओ कन्फरेन्सबाट म्याद थप गरेको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिनुभयो । वन कार्यालयको थुनुवा कक्षमा रहेका आरोपितसँग न्यायाधीश भीमलाल बेल्बासेले पालैपालो भिडियोमा...

  • २०७७ बैशाख १०, बुधबार

    राहतको लागि कीर्तिपुर उद्योग वाणिज्यको ५ लाख बढीको सहयोग

    काठमाडौं– कीर्तिपुर उद्योग वाणिज्य संघले कीर्तिपुर नगरपालिकालाई राहत वितरणको लागि ५ लाखबराबर खाद्यान्न वितरण गर्ने भएको छ । लकडाउनको समयमा नगरबासीलाई राहत दिन संघले उक्त खाद्यान्न सहयोग गर्न लागेको हो । वैशाख १० गते दिउँसो कीर्तिपुर नगरपालिकाको भवनमा खाद्यान्न हस्तान्तरणको कार्यक्रम रहेको संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यले जानकारी दिएकी छिन् । चामल, दाल, तेल, नुनजस्ता खाद्यान्न नगरपालिकालाई...

  • २०७७ बैशाख १०, बुधबार

    क्षेत्रपाटी चिकित्सालयलाई पिपिई सहयोग

    काठमाडौं – कोरोना भाइरस संक्रमणबाट बच्न क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कार्यरत चिकित्सकहरुको लागि सासा बेंक्वेटको आर्थिक सहयोगमा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) सहयोग दिइएको छ । सोनाम ब्राण्डले निर्माण गरेको २० वटा पिपिईलाई त्यही ब्राण्डका प्रमुख टासी शेर्पाले चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । वैशाख १० गते बुधबार चिकित्सालयमा आयोजिक एक कार्यक्रममा उक्त...

  • २०७७ बैशाख ८, सोमबार

    लकडाउन पालना गराउन स्थानीयको बैठक

    राजीव राजोपाध्याय काठमाडौं– काठमाडौं महानगरपालिका २७ र १८ वडाका स्थानीयबीच सोमबार साँझ इतुंबहालमा सामाजिक दूरी कायम गरी एक बैठक बसेको छ । कामपा २५, २७, १८ र २४ वडाका वडाध्यक्षहरु तथा जनसेवा प्रहरी वृतका सुरक्षा निकायको उपस्थिति रहेको बैठकमा आफ्नो टोलमा लकडाउनको पूर्ण पालनाको निम्ति अभियान सञ्चालन गर्ने र तरकारी पसललाई तोकिएको समयमा मात्र व्यवस्थित रुपमा खोल्न दिने विषयमा छलफल भएको थियो । टोलमा...

Pages