उपत्यका
-
२०७६ चैत्र २९, शनिबार
लकडाउनः तर झोरमा रक्तदान
टोखा नगरपालिका झोरको पब्लिक इङलिस बोदिङ स्कुलमा ब्लड डोनर्स एशोसिएसन नेपाल ( ब्लोदान ) को आह्वानमा आज जम्मा ३६ जनाले रक्तदान गरेको छ । रक्तदान कार्यक्रममा सहभागीमा झोर नगरपालिकाका अध्यक्ष, का .म.पा.२४ वडाका सदस्य एवं ब्लोदानका केन्द्रीय सदस्य बिनोद तुलाधर, ब्लोदान काठमाडौं जिल्लाक इन्चार्ज,काठमाडौं जिल्लाका सचिब एवं काठमाडौं जिल्ला रक्तदान कार्यक्रम संयोजक अनिल रत्न तुलाधरज्यु, ब्लोदान...
-
२०७६ चैत्र २८, शुक्रबार
कीर्तिपुरका उपमेयर राहत वितरणको अनुगमनमा
ललेन्द्र शाक्य कीर्तिपुर – कीर्तिपुर नगरपालिकामा प्रत्येक वडाबाट भइरहेको राहत वितरणको अनुगमन गर्न उपमेयर सरस्वती खड्का रिजालको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । यस अनुगमन समितिले प्रत्येक वडामा भइरहेको राहत वितरणको अनुगमन पनि गरिरहेको छ । कोरोना संक्रमण रोकथामको लागि नेपाल सरकारले देशभर लकडाउन लागु गरेपश्चात् खाद्य सामग्री अभाव हुन नदिन नगरपालिका, गाउँपालिकामार्फत् राहत वितरण भइरहेको छ ।...
-
२०७६ चैत्र २८, शुक्रबार
उपत्यकाका काँठ क्षेत्रमा खाद्यान्नको मूल्यवृद्धि, अनुगमन सुस्त
बन्दाबन्दी (लकडाउन) सँगै कालाबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिले संस्थागत रुप लिएपछि घरभित्र बसेका मानिस खान नपाइने चिन्तामा परेका छन् । बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरलगायत उपत्यकाका नगरपालिकाका काठ क्षेत्रका विभिन्न स्थानमा बन्दाबन्दीका नाममा प्रहरीले अत्यावश्यक सेवाका पसल बन्द गर्न दबाब दिने गरेको व्यवसायीको भनाइ छ । प्रहरीले पसल बन्द गर्न भनेको भन्दै साहुले सटर...
-
२०७६ चैत्र २८, शुक्रबार
रातो मछिन्द्रनाथको रथयात्रा पनि स्थगित
काठमाडौं– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिको कारण ललितपुरमा मनाइने सबैभन्दा लामो रथयात्रा मछिन्द्रनाथको रथयात्रा स्थगित भएको छ । शुक्रबार (चैत २८) देखि सुरु हुने मछिन्द्रनाथको रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ । गुठी संस्थानका राजन भुजु र ज्यापु समाज यलका चन्द्र महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिले रथको...
-
२०७६ चैत्र २८, शुक्रबार
राहतको तस्बिर सामाजिक सञ्जालमा नहालौं : कीर्तिपुर मेयर
ललेन्द्र शाक्य कीर्तिपुर – लकडाउनको समय नगरपालिकाबाट वितरण भइरहेको राहत वितरणको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्न कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले अनुरोध गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनको समय नगरबासीको खाद्यान्न समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले राहत वितरण गरिरहेको छ । राहत वितरण प्रचारात्मक कार्य नभएको जनाउँदै मेयर महर्जनले भने, “नगरभित्र दैनिक...
-
२०७६ चैत्र २३, आइतबार
चापागाउँको चन्द्रभैरवको जात्रा स्थगित
कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा रहेको थियो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष...
-
२०७६ चैत्र २१, शुक्रबार
कोरोनाको कारण कीर्तिपुरमा सहिद दिवस स्थगित
काठमाडाैं – विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले लकडाउनको निर्णय लिएपछि कीर्तिपुरमा मनाइने सहिद दिवस पनि स्थगित गरिएको छ । ‘सहिद स्मारक व्यवस्थापन समिति’ आयोजनामा वर्षेनी चैत २० गते कीर्तिपुरमा सहिद दिवस मनाउँदै आइरहेको थियो । कोरोना भाइरस संक्रमितबाट बच्न भीडभाड नगर्ने सरकारको आह्वानको कदर गर्दै समितिले यस वर्ष सहिद दिवस स्थगित गरिएको...
-
२०७६ चैत्र २०, बिहिबार
रगतको अभाव भएपछि दातादाई रेडक्रसको आह्वान
रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ । सोसाइटीका झापा अध्यक्ष लोकराज ढकालले तत्काल रक्तदान अभियान सञ्चालन नगरिने हो भने जिल्लामा रगतको हाहाकार हुनसक्ने बताउनुभयो । सरकारले अस्पतालको ओपिडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक...
-
२०७६ चैत्र २०, बिहिबार
लकडाउनमा अवधिभर ललितपुरमा घुम्ती पसल
ललितपुर– लकडाउनको समय किराना पसलहरु बन्द भएको बेला ललितपुरमा घुम्ती पसल सञ्चालनमा ल्याइएको छ । ललितपुर बुद्ध जयन्ती कोषले विहीबार (चैत २० गते) घुम्ती पसल सञ्चालनमा ल्याएको हो । यसका लागि कोषले ललितपुर महानगरपालिका १६ सँग सहकार्य गरेको छ । घुम्ती पसल नकबहिलबाट शुरु गरिएको थियो । त्यसपछि धलायचामा राखियो । किन्न आउनेहरू धैरै भएकाले कोबहालमा पसल राख्न बिहीबार भ्याएन । पसलबाट प्रति परिवारले चामल...
-
२०७६ चैत्र २०, बिहिबार
रातो मछिन्द्रनाथको रथायात्रा हुने
विजयरत्न असंबरे ललितपुर – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि अहिले देशभर लकडाउनको अवस्था छ । यस अवस्थालाई मध्यनजर गर्दै काठमाडौंमा पाहांचःह्रे जात्रा, सेतो मछिन्द्रनाथको रथयात्रालगायत धेरै जात्रापर्व स्थगित भइसकेका छन् । तर ललितपुरमा भने आवश्यक प्रबन्ध मिलाएर रातो मछिन्द्रनाथ (बुंगःद्यः)को महास्नान (न्हवं)लगायत रथयात्राको लागि रथ निर्माण सुरु...
-
२०७६ चैत्र १५, शनिबार
नगरपालिकाको अनुरोधमा कीर्तिपुरका बैंकहरु खुल्ने
काठमाडौं– कोरोना भाइरस संक्रमण रोमकथाको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको समय कीर्तिपुर नगरपालिकाले बैंकहरुलाई सेवा दिन अनुरोध गरेको छ । नगरपालिकाको अनुरोधमा बैकहरु आफ्ना सेवा दिने भएका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणको कारण नेपाललगायत विभिन्न देशहरु लकडाउनको स्थितिमा रहेका छन् । यस सन्दर्भमा कीर्तिपुर नगरपालिकाले नगरबासीको सुविधालाई ध्यानमा राखी नगर...
-
२०७६ चैत्र १५, शनिबार
कामपाका सबै स्थानमा नियमित फोहर संकलन हुने
काठमाडौँ महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहर व्यवस्थापनको काम भइरहेको जनाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले रासससँग कुरा गर्दै कोरोना भाइरसको संक्रमणको कारण व्यवस्थापनमा समस्या हँुदा फोहर नउठे पनि आगामी दिनमा नियमित फोहर संकलन हुने दृढता व्यक्त गर्नुभयो । केही दिनअघि बानेश्वर, कोटेश्वर, अनामनगरलगायत स्थानमा नियमित फोहर नउठेको स्थानीय गुनासो आएपछि...


