उपत्यका
-
२०७६ जेठ १०, शुक्रबार
सफाइ अभियानमा स्थानीयवासी
कैलालीका योग साधकहरुले शहर सफा राख्न सन्देश दिने उद्देश्यले डेढ वर्षअघि थालेकोे सफाइ अभियानमा स्थानीयवासीको सक्रियता बढ्न थालेको छ । योग साधकसँगै जनप्रतिनिधि, प्रहरी, कर्मचारी, शिक्षक, समाजसेबी र व्यापारीहरु सरसफाइ अभियानमा सहभागी हुन थालेका छन् । योग साधकहरुले कैलाली जिल्लाका विभिन्न बजारमा प्रत्येक शनिबार सरसफाइ गर्दै आएका छन् । उनीहरूले शुरुका दिनमा विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्तिहरुलाई...
-
२०७६ बैशाख २२, आइतबार
फलामखानी सञ्चालन हुने भएपछि स्थानीयवासी खुशी
सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने जनाएसँगै यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । सरकारका तर्फबाट संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलामखानीको व्यावसायिक उत्पादन थाल्ने घोषणा गर्नुएकामा आफ्नो क्षेत्रको विकास हुने आशमा यस क्षेत्रका बासिन्दा खुशी भएका हुन् । “...
-
२०७६ बैशाख ९, सोमबार
स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको छ । जिल्लाको मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकद्वारा उत्पादित उपभोग्य वस्तुको एकीकृतरुपमा बजारीकरण गर्नका लागि कोसेली घरअर्थात् सौगातगृह सञ्चालनमा ल्याइएको हो । मोदी गाउँपालिका–२ पातीचौर बजारमा पसल सञ्चालन गरिएको छ । स्थानीय घरेलु तथा साना उद्योगीद्वारा उत्पादित वस्तु अल्लो तथा...
-
२०७६ बैशाख ६, शुक्रबार
धुलो र धुवाँले सस्थानीय बासिन्दा आक्रोशित
धनगढीमा निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडकमा फैलिने धुलो र धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सडक आसपासका बासिन्दा आक्रोेशित भएका छन् । सडकबाट उडेको धुलोले छेउछाउका पसल र घरमा बस्नै कठिन भएकाले धनगढी उपमहानगरपालिका–२, ३, १३ लगायतका बासिन्दा आक्रोेशित भएका हुन् । हिजोआज धनगढीमा गर्मी बढेसँगै दिउँसो र साँझपख चल्ने हावाहुरी र सडकमा सवारी गुड्दा उड्ने धुवाँ र धुलोले उनीहरूलाई झन...
-
२०७६ बैशाख ६, शुक्रबार
राजविराजमा हनुमानजयन्ती
श्रीरामभक्त हनुमानका भक्तले आज राजविराजमा हनुमान जयन्ती मनाएका छन् । मारवाडी युवा मञ्चको अगुवाइमा भएको कार्यक्रममा सयौंँ भक्तले दिनभरि हनुमानको पूजाराधना गरी भजन, कीर्तन र नृत्य गरेर हनुमानजीको जन्मोत्सव मनाएका हुन् । प्राचीन हनुमान मन्दिरबाट रथसहित हातहातमा झण्डा लिएर निस्किएको जुलुसले नगर परिक्रमा गरी चकलेट र मिठाइ बाँड्दै शुभकामना आदानप्रदान गरे । हिन्दू तथा जैन धर्मावलम्बी मारवाडी समुदायले...
-
२०७६ बैशाख ५, बिहिबार
मारुनी नाच जोगाउँदै स्थानीय सरकार
मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने गर्रा अर्थात् मारुनी नाच डडेल्धुरामा लोप हुने अवस्थामा छ । समुदायका न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै मारुनी नाच नचाउने गरिन्छ । मारुनी नाचमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुर्सुङ्गे र ६ देखि १० जनासम्म गायक हुन्छन् । यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुर्सुङ्गेलाई एक मादलेसँग...
-
२०७६ बैशाख ३, मंगलबार
आलेख ः छलिया नर्तकहरुलाई जीवन धान्नै मुश्किल
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका श्याम दमाईले छलिया नृत्य देखाउन थालेको डेढ दशक भयो । नृत्य देखाएवापत मुश्किलले उहाँको महीनामा पाँच हजार रुपैयाँ जति कमाइ हुन्छ । कुनै महीना नृत्यका लागि माग नआए खाली हात घरमै बस्नु पर्ने हुन्छ । छलिया नृत्यमा सहभागी हुने दशजनाको टोली उहाँसँग छ । टोलीका सदस्यहरुमध्ये दुई जनाले नृत्य देखाउने, गीत गाउने र अरुले बाजा बजाउने गर्छन् । टोलीले छलिया नृत्य...
-
२०७५ चैत्र २७, बुधबार
स्थानीय सरकारप्रति गुनासो
स्थानीय सरकार बनेपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि झनै गुनासा बढेका छन् । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार प्रभावकारी ढङ्गबाट अघि बढ्न नसकेकामा सरोकारवाला निकाय चिन्तित बनेका छन् । पाल्पाको तिनाउ गाउँपालिकाले आव २०७५÷७५को सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सरकारद्वारा सम्पादित काममा सार्वजनिक चासोका विषयमा ढिलासुस्ती, शाखा प्रमुख कार्यालयमा भेट नहुनु, आयोजनास्थलमा होर्डिङबोर्ड...
-
२०७५ चैत्र १९, मंगलबार
पानी शुद्ध पार्ने सिमेन्टका फिल्टर
कञ्चनपुरको जोनापुरका महिला विपन्न परिवारलाई वितरण गर्न दातृ निकायको सहयोगमा तयार गरिएका पानी शुद्ध पार्ने सिमेन्टका फिल्टरमा पानी भर्दै । विपन्न परिवारका सय जनालाई सिमेन्टका फिल्डर उपलब्ध गराइएको छ ।
-
२०७५ चैत्र १८, सोमबार
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने
नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण कार्य शुरु भएको छ । जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिका, प्रहरी, प्रशासन र सरोकारवालाले...
-
२०७५ चैत्र १५, शुक्रबार
बसपार्क निर्माणले तुलसीपुरवासीमा खुशियाली
तुलसीपुरमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् । यात्रुलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको कार्यलाई तीब्ररुपमा अगाडि बढाएको छ । तुलसीपुर क्षेत्रमा अहिलेसम्म बसपार्क निर्माण नभएकाले यातायात सञ्चालन कार्य निकै चुनौतीपूर्ण र जटिल हुँदै आएको थियो । “बसपार्क निर्माण...
-
२०७५ चैत्र १५, शुक्रबार
बगरखेतीको भरमा बाढीपीडित
विसं २०६५ मा दोदा नदीमा लालझाडी गाउँपालिका–४ खल्लाजाइका करीब ३०० परिवार विस्थापित भए । दोदा नदीमा आएको बाढीबाट विस्थापित भएका अझै पनि गाउँको उत्तरतर्फ रहेको लालझाडी सामुदायिक वन क्षेत्रमा आश्रय लिइरहेका छन् । नदीले घरखेत कटान गरेपछि सामुदायिक वन ९डाँगाजाइ० मा बस्दै आएका बाढीपीडित दोदा नदीमै बगरखेती गरेर परिवारको खर्च टारिरहेका छन् । “दशकअघि उही दोदा नदीले उठिबास लगायो”, डाँगाजाइका स्थानीय...


