उपत्यका
-
२०७६ आषाढ ८, आइतबार
सडक मर्मत नभएको कारण स्थानीय आक्रोशित
थली–साँखु सडकखण्डमा पीच नगरेको कारण स्थानीय बासिन्दाले विरोध गरि सडक अवरुद्ध गरेका छन् । संघर्ष समितिले कागेश्वरी मनोहरा नगरपालिकां सडक स्तरोन्नती गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीय बासिन्दाले आइतवार पनि सडक अवरुद्ध गरेको हो । आज भन्दा अगाडिको दिनमा जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिका दुबै तत्काल सडकमा भएको हिलो हटाएर सरसफाई गरेर एकहफ्ता भित्र सडक गे्रडिङ गरि आवतजावत सहज...
-
२०७६ आषाढ ८, आइतबार
वर्षाले कर्णालीमा रोपाइँको सुरसार
ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका कर्णालीका किसान गएरातिदेखि निरन्तर वर्षा हुँदा खेतबारीमा ब्यस्त हुन थालेका छन् । गत वर्ष यतिबेला कर्णालीका अधिकांश किसानले रोपाइँ सकिसकेका थिए । यस वर्ष पानी नपर्दा सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले अझै पनि धानको ब्याडसमेत राख्न पाएका छैनन् । आकाशे पानीको भर परेका...
-
२०७६ आषाढ ७, शनिबार
घरघरमा बाहुनधाराको खानेपानी
खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका यहाँका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको छ । स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पु¥याइएको हो । गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०÷२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । घर नजिकै खानेपानीको...
-
२०७६ आषाढ ६, शुक्रबार
राजवंशी समुदायको ‘लोथापोथा’ पर्व शुरु
कोच राजवंशी समुदायको लोपोन्मुख अवस्थामा रहेको लोथापोथा पर्वको पूजा बिहीबारदेखि शुरु भएको छ । मोरङको रङ्गेली नगरपालिका–२ दौलतपुरमा राजवंशी समाज विकास समितिद्वारा यहाँ उक्त पूजा कार्यक्रमको आयोजना शुरु गरिएको छ । तराईमा बसोबास गर्ने आदिवासी जनजाति राजवंशी समुदायमा मनाइने यो पर्व ‘लोथापोथा गौर’ भन्नाले पर्वको शुरुआत हो भने वैशाख महीनाको शुरुमा मनाइने ‘सिरुवा और’ ले पर्वको समाप्त भन्ने बुझिन्छ ।...
-
२०७६ आषाढ ३, मंगलबार
लिम्बू समुदायमा ‘भाषा र संस्कृति’ प्रतिको प्रेम
पूर्वी नेपालमा लिम्बू भाषीले झण्डै एक दशकदेखि राज्यको लगानीविना कक्षा १ देखि ७ सम्म र ११, १२ मा लिम्बू भाषा पठनपाठन गराएर भाषा र संस्कृतिप्रति प्रेम देखाइरहेका छन् । आफ्नो भाषा र लिपिलाई जोगाउन राज्यपक्षबाट कुनै पनि लगानीविना विद्यालयमा पठनपाठन गराइरहेका छन् । लिम्बू भाषाको विकासका क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहनुभएका मलिसा याक्थुङबा लिम्बू भाषालाई सरकारले योग्यताको भाषा बनाउनुपर्ने...
-
२०७६ आषाढ ३, मंगलबार
कृषकलाई बोका वितरण
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका व्यावसायिक बाख्रापालक कृषकलाई बोका वितरण गरेको छ । व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका कृषकलाई बाख्रा उत्पादनका लागि सहयोग पु¥याउने उद्देश्यले बोयर क्रस जातको नौ बोका अनुदानमा वितरण गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सहकारी र समूहलाई एक÷एक बोका वितरण गरिएको छ भने सात बाख्रापालक कृषकलाई बोका...
-
२०७६ आषाढ २, सोमबार
गर्मीका कारण विद्यालय बन्द हुने
केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । यही असार ४ गतेसम्मका लागि सरकारी, निजी, सामुदायिक, धार्मिक विद्यालयका साथै मन्टेश्वरीमा गर्मी बिदा दिइएको बाणगङ्गा...
-
२०७६ आषाढ २, सोमबार
समूहको सक्रियतासँगै विपन्न महिला आत्मनिर्भर बन्दै
गाउँगाउँमा बचत समूह खुलेपछि सिरहाका दक्षिण सीमावर्ती गाउँ लक्ष्मीपुर पतारी गाउँपालिकाका विपन्न महिला आत्मनिर्भर बन्न थालेका छन् । समूहले विनाधितो न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेपछि दलित तथा विपन्न परिवारले स्वरोजगारमूलक व्यवसाय गरी आत्मनिर्भर बन्न थालेको स्थानीयवासी बताउँछन् । लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिण्डा पर्सास्थित रहेको नवदुर्गा हरबाचरबा समूहका मञ्जुदेवी राम प्रत्येक वडामा...
-
२०७६ आषाढ १, आइतबार
बालश्रममुक्त बनाउन घरदैलो अभियान
जिल्लाको जिल्ला दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरपालिकालाई बालश्रममुक्त बनाउनका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आफनो नगर क्षेत्रभित्रमा बालश्रमिक राख्नेलाई कडा कारवाही गर्ने अभियान चलाएको नगरपालिकाले पछिल्लो समय घरघरमा गएर बालश्रम नराख्न पोष्टर, पम्पलेट टाँस गर्न थालेको छ । नगरपालिकाभित्रका विभिन्न निजी घर, पसल तथा होटलमा बालश्रमिक राखिएको भन्दै यहाँको नगरपालिकाले बालश्रमिकलाई हटाउन थालेको...
-
२०७६ जेठ ३१, शुक्रबार
इन्धन खर्चको रकम बालबालिकालाई
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूले प्राप्त गरेको यातायात इन्धन खर्चबापतको रकम टुहुरा तथा अपाङ्गता भएका विद्यार्थी बालबालिकालाई वितरण गर्नुभएको छ । उहाँले गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकाभित्र रहेको विद्यालयहरुमा अध्ययनरत सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत अपाङ्गता र टुहुरा विद्यार्थीहरुको विवरण सङ्कलन गरी प्राप्त विवरणका आधारमा सो कार्य थालनी...
-
२०७६ जेठ २६, आइतबार
दुर्गम तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली
घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका–३ का खेमबहादुर खत्री खुशीले गदगद् हुनुहुन्छ । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ । “खानेपानीका लागि यो विद्युत् अनिवार्य थियो । अब पानी पनि आउने भयो”, खत्रीले भन्नुभयो, “बसाइँ सर्ने र विदेश जानेको क्रम पनि घट्ला ।” पाँचथरको दुर्गम मानिएको तुम्बेवा...
-
२०७६ जेठ २६, आइतबार
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित हुनुभएको हो । अध्यक्ष राणाले ३३३ मत प्राप्त गर्नुभएको थियो भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गर्नुभएको थियो । यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर...


