उपत्यका
-
२०७६ जेठ २५, शनिबार
नेवार समुदाय सिथि नखः पर्व मनाउँदै
– लक्ष्मी गारु नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी...
-
२०७६ जेठ २४, शुक्रबार
माडीमा चक्लाबन्दी खेती शुरु
प्रदेश नं ३ सरकारको सहयोगमा माडी नगरपालिका–८ कान्तिपुरमा रहेको सूर्योदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती शुरु गरेको हो । संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार ६८ जना कृषकको १२० बिगाहा जमीनमा चक्लाबन्दी खेती शुरु गरिएको छ । कृषकलाई वार्षिक रुपमा एक कट्ठा जग्गाको एक मुरी धान दिने गरी १५ वर्षका लागि भाडामा लिएर सो खेती शुरु गरिएको हो । पौडेलले आम्दानीपछि बचत भएको...
-
२०७६ जेठ २१, मंगलबार
सडक पुगेपछि स्थानीयवासीको आयस्तरमा वृद्धि
सडकले गाउँ जोडेपछि रम्भा गाउँपालिका–४ का स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयवासीको सक्रियतामा वडा नं ४ को लोरेङ्ग गाउँमा सडक पुगेको छ । सडकको ट्र्याक यसअघि नै खोलिए पनि स्तरोन्नति गर्न नसक्दा सवारी साधन गाउँमा जान सकेका थिएन । सडक सञ्जालले पछाडि परेको यस गाउँमा हालसालै मात्र सडकको स्तरोन्नतिको काम सम्पन्न भएपछि अहिले साना तथा ठूला सवारी साधन जान थालेका छन् । साना सवारी साधन गुड्न मुस्किल...
-
२०७६ जेठ २१, मंगलबार
बालविवाह न्यूनीकरणका लागि किशोरीको घरमा झण्डा
बैतडीको पुर्चौंडी नगरपालिकाले २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राख्न थालेको छ । बालविवाह न्यूनीकरणका लागि २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राखिएको नगरउपप्रमुख जानकी ऐर बमले बताउनुभयो । बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि बालविवाह नरोकिएकाले किशोरीहरुकै सक्रियतामा १० वटै वडामा घरमा झण्डा राख्ने काम भएको हो । बिहेवारि २० वर्षपारि भन्ने कुरा किशोरीहरुलाई सिकाउन र उनीहरुका...
-
२०७६ जेठ २१, मंगलबार
विद्यालयलाई सौर्यबत्ती
जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयमा सौर्यबत्ती वितरण गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आठ आधारभूत र चार माविलाई दुई चिम, एक पाता, व्याट्रीसहित १० वाटको सौर्यबत्ती विद्यालयलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अधिकृत पदमवहादुर भण्डारीलगायत गाउँपालिका टोलीले विद्यालयमै पुगेर बत्ती प्रदान गर्दै...
-
२०७६ जेठ २१, मंगलबार
गाउँको विद्यालयमा कम्प्युटर शिक्षा
बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् । कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्छन् । कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको थियो । “हरेक दिन ४५ मिनेटको कम्प्युटर कक्षा हुन्छ”, प्रधानाध्यापक रामबहादुर केसीले भन्नुभयो, “विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै रुपमा सिक्छन् ।” कम्प्युटर...
-
२०७६ जेठ १९, आइतबार
दोस्रोपटक आँखा देख्न पाएकामा खुशी
छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने हुनुभएको छ । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाड्नुभएका उहाँ अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी हुनुभएको हो ।नाति छ महीनाको हुँदा आँखा देख्न छाडेपछि उसको आवाज मात्र सुन्न पाएको थिएँ तर अहिले १२ वर्षको उ विद्यालय गएर फर्कने गरेको देख्न पाउँदा खुशीको सीमा नै नरहेको सिंहले बताउनुभयो । आँखा देख्न सकेको खुशीयालीमा घर...
-
२०७६ जेठ १९, आइतबार
नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य उमेश स्थापितका बुबा रहेनन्
नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य तथा नेवाः आन्दोलनका सक्रिय कार्यकर्ता एवं फिल्मीकर्मी उमेश स्थापितका बुबा प्रथमाञ्जलि स्थापित (नाती दाई) रहेनन् । नाती दाईको जेठ १९ गते आइतबार दिउँसो करिब २ः३० बजे काठमाडौंको छाउनीमा स्थित सैनिक अस्पतालमा मृत्यु भएको थियो । ८६ बर्षीय नाती दाई नेपालभाषाका अभियन्ता पनि हुनुहुन्छ भने उहाँका श्रीमतीसंगै दुई छोरा तथा तीन छोरी हुनुहुन्छ । स्वर्गीय प्रथमाञ्जलि...
-
२०७६ जेठ १७, शुक्रबार
रकम उठाएर कमैया बस्तीमा विद्यालय
कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् । युवाहरुले एक वर्षमा भवन निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन् । युवाले बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँच सदस्यीय...
-
२०७६ जेठ १७, शुक्रबार
हटेन खानेपानीको सङ्कट
डडेल्धुरामा एउटा यस्तो गाउँ छ जहाँ हरेक घरमा नीलो रंगको ‘जर्किन’ राखिएको हुन्छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं १ अन्र्तगत पर्ने कोटेलीको सुनकोट गाउँवासी हरेकले आफ्नो घरमा एउटा भए पनि नीलो रंगको जर्किन राखेका छन् । उनीहरुले त्यो जर्किन भारतबाट किनेर ल्याएका हुन् । सुनकोट गाउँमा दलित समुदाय बस्ने गर्दछन् । हरेक दिन दिउँसोतिर बस्तीका महिला नीलो जर्किन बोकेर गाउँमाथि रहेको खानेपानी ट्याङ्कीमा...
-
२०७६ जेठ १६, बिहिबार
कम्प्युटरले विद्यार्थीको आकर्षण बढायो
मेलौली नगरपालिका–१ मा रहेको जनचेतना आधारभूत विद्यालयमा कम्प्युटरको माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा कक्षा २ देखि ५ सम्म नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय कम्प्युटरको माध्यमबाट पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक वीरसिंह नायकले जानकारी दिनुभयो । यसका लागि पाँच शिक्षकलाई तालीमसमेत दिइएको छ । विसं २०७३ देखि...
-
२०७६ जेठ १६, बिहिबार
मिथिलाका लोकप्रिय नाच लोप हुने अवस्थामा
मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको दुई दर्जनभन्दा बढी परम्परागत लोक नाच अहिले लोप हुने अवस्थामा पुगेका छन् । साताँै तथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली, राजा विकटमारी, शैलेन कुमार, गुगली घटमा, रुनाझुना, विजय सिंह, सीत वसन्त, राजा सलहेश, जङ्गली बादशाह, गोपिचन्द, कमला मैया, सुन्दर वन मे सुन्दर...


