STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८० कार्तिक १६, बिहिबार

    पक्राउ परे रिगल, पुनः कारागार चलानको तयारी

    काठमाडौं- सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको डीएसपी नारायण डाँगी जानकारी दिए । सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै रिगल मोबाइल स्वीच अफ गरेर भाग्ने तयारीमा रहेको...

  • २०८० कार्तिक १४, मंगलबार

    प्यालेस्टाइनको समर्थनमा ललितपुरमा प्रदर्शन

    काठमाडौं- प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणको विरोधमा ललितपुरमा प्रर्दशन भएको छ ।  पाटन दरबार स्क्वाएरमा जम्मा भएका विभिन्न जनजाति अगुवाहरूले, प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमण रोकिनु पर्ने भन्दै प्लेकार्डसहित प्रर्दशन गरेका हुन् ।  कार्यक्रममा सहभागीहरूले कविता मार्फत शान्ति स्थापनाको आग्रह गरेकासमेत गरेका थिए ।

  • २०८० कार्तिक १४, मंगलबार

    ६२ औं बिराट सम्मेलनमा मल्ल के. सुन्दरलाई सम्मान

    भक्तपुर । बिराट नेपालभाषा साहित्य सम्मेलन गुथिको ६२ औं साहित्य सम्मेलन बीच नेवाः अग्रज साहित्यकार मल्ल के. सुन्दरलाई एक लाख रुपियाँ नगद सहित सम्मान गरेको छ । यो वर्ष मात्रै स्थापना भएको बिराट पूर्ण पुरस्कारको एक लाख रुपियाँ र नगद प्रदान गरी मल्ल के. सुन्दरलाई सम्मान गरेको हो । बिराटका सल्लाहकार स्वर्गीय पूर्ण बैद्यको स्मृतिमा स्थापित कोषबाट पहिलोपल्ट यो पुरस्कार प्रदान गरिएको हो । प्रमुख अतिथि...

  • २०८० कार्तिक १३, सोमबार

    काभ्रेमा डेङ्गुको सङ्क्रमण बढ्दै

    काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा अनिता खनालले जानकारी दिनुभयो ।  उहाँका अनुसार अझै केही दिन डेङ्गु सङ्क्रमण...

  • २०८० कार्तिक ५, आइतबार

    काठमाडौंमा भूकम्पको धक्का महसुस

    काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँसहित गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।  

  • २०८० कार्तिक ३, शुक्रबार

    पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

    काठमाडौं - दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार...

  • २०८० कार्तिक ३, शुक्रबार

    ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

    काठमाडौं - ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका...

  • २०८० कार्तिक ३, शुक्रबार

    मध्यपुर थिमिको सहकारी नियमावलीको प्रारुप अन्तिम चरणमा

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी नियमावलीको  प्रारुपको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा उपप्रमुख श्रेष्ठले सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नियमावली बनाएको बताएका हुन् । नगरपालिकाले गतवर्ष सहकारी ऐन जारी गरेको थियो ।  कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं ८...

  • २०८० आश्विन २५, बिहिबार

    काठमाडौं महानगरले गर्‌याे दुई महिनामा एक अर्ब राजस्व असुल

    काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४...

  • २०८० आश्विन २३, मंगलबार

    काठमाडौँका करिब छ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान  सुरु गरेको  हो ।     आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्ध खोप दिने योजना  रहेको...

  • २०८० आश्विन २२, सोमबार

    इजरायलमा मारिएकाहरुको सम्झना

    काठमाडौँ, शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु ९क्रान्तिकारी० केन्द्रीय समितिले आज साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।  दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति  श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले...

  • २०८० आश्विन २२, सोमबार

    चाडवाडमा काठमाडौँमा सुरक्षा निगरानी बढाइयो

    चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको  काठमाडौँ उपत्यका...

Pages