उपत्यका
-
२०८० आश्विन २, मंगलबार
मनाइयो गणेश चतुर्थी पर्व
काठमार्डौँ, प्रथमपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश चतुर्थी पर्व मनाइएको हो ।...
-
२०८० भाद्र २७, बुधबार
गोकर्णेश्वर मेलाको तयारी पूरा
काठमाडौं - प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा यही भदौ २८ गते...
-
२०८० भाद्र २६, मंगलबार
काठमाडौँ महानगरले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने कामको सूची
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ...
-
२०८० भाद्र २४, आइतबार
संस्कृतिको सम्बर्द्धन गर्न मच्छेगाउँमा लाखे नाच
नेपाल साँस्कृतिक कला मन्दिर मच्छेगाउँ कोआयोजनामा हुने ‘लाखे नाच’प्रदर्शनी यसपटक आगामी असोज ५ र ६ गते हुने भएको छ । उक्तप्रदर्शनीमा देशभरका नेवार समुदायबाट प्रदर्शनीकालागि लाखे ल्याइने भएकोछ । चन्द्रागिरि नगरपालिका९, मच्छेगाउँमाआयोजनाहुने यस पटकको प्रदर्शनीमा ४२ समूहले लाखे नाच प्रदर्शन गर्ने आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिएका छन् । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवाजमातलाई...
-
२०८० भाद्र २४, आइतबार
विभिन्न मानन्धर समूहद्वारा धाः बाजा प्रदर्शन
देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा सघन बसोबास गर्दै आएका मानन्धरहरुले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । काठमाडौंको लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी,...
-
२०८० भाद्र २३, शनिबार
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
काठमाडौँ, २३ भदौ स् मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक परिमार्जन र...
-
२०८० भाद्र १५, शुक्रबार
;हकारीको ऋण समयमै चुक्ता गर्न दक्षिणकाली नगरपालिकाको आह्वान
काठमाडौँ, दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गर्नुभएको हो । सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा, ब्याज नतिर्दा बचतकर्ता शेयर सदस्यको रकम फिर्ता गर्न असहज भएको...
-
२०८० भाद्र १४, बिहिबार
घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियोे गाईजात्रा
भक्तपुर, १४ भदौ स् भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ । बुधबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । गाईजात्रा पर्वको अवसरमा भक्तपुर जिल्लाभर नेवार...
-
२०८० भाद्र १४, बिहिबार
बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ
मकवानपुर, बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो । काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उहाँले बताउनुभयो । प्रदेशको १३ वटै जिल्लाको स्थानीय...
-
२०८० भाद्र १३, बुधबार
काठमाडौंमा भदौ १५ गते सापारू मनाउन सार्वजनिक बिदा
काठमाडौं - काठमाडौं महानगरपालिकाले १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ । स्थानीय राजपत्रमा विदाको सूचना जारी गर्दै महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ । सूचना अनुसार शुक्रबार महानगरको क्षेत्र भित्र सार्वजनिक विदा हुने छ ।
-
२०८० भाद्र १३, बुधबार
गाईजात्राको दिन काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ । आज बुधबार एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो । सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–...
-
२०८० भाद्र ९, शनिबार
बागमतीमा र्याफ्टिङ
काठमाडौं - बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन र्याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो । नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको...


