STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८० पौष ६, शुक्रबार

    काठमाडौं महानगरभित्रका स्कुलले अब डीआई राख्न नपाउने

    काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत भनेका छन् । 'विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव...

  • २०८० पौष ४, बुधबार

    २८ दिनभित्रमा मेलम्चीको पानी काठमाडौं झर्ने

    काठमाडौं- मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ ।  आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौंका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो । समितिले...

  • २०८० पौष ४, बुधबार

    काठमाडौंका मुख्य पाँच स्थल निषेधित क्षेत्र

    काठमाडौं- काठमाडौंका मुख्य पाँच वटा स्थल आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद् भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६...

  • २०८० पौष २, सोमबार

    ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा सुरु

    काठमाडौं- ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । महानगरको १०५ औं स्थापना दिवसको अवसरमा सोमबार महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो । दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरे ।  २०७२ चैत्र २५ गते पहिलो पटक कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । लगत्तै यो कार्यक्रम देशभर लागू गरिएको हो ।  स्वास्थ्य...

  • २०८० पौष २, सोमबार

    काठमाडौँ महानगरमा साङ्केतिक भाषाको दोभासे राख्ने निर्णय

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले काठमाडौँ प्लाजामा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय गरेको छ । सोमबार बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । केसीले कार्यालयमा उपलब्ध गराउने सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि दिने बताइएको छ । समितिको बैठकमा अधिकारीहरूले लघु उद्यम विकास सम्बन्धी सिप विकास तालिम, गरिब घर परिवार...

  • २०८० पौष २, सोमबार

    दीक्षान्तका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त

    काठमाडौं - त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम सुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो । त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तिनकुने तथा कोटेश्वरबाटै ठूला...

  • २०८० मङ्सिर २८, बिहिबार

    प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पसलहरूमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ । काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरूको अनुगमन सुरु गरेको हो । महानगरपालिकाले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार बिहान मात्रै महानगर...

  • २०८० मङ्सिर २८, बिहिबार

    पार्किङ शुल्कसम्बन्धी काठमाडौं महानगरको कानुन बदर

    काठमाडौं - सर्वोच्च अदालतले व्यापारिक कम्प्लेक्स र निजी भवनमा पार्किङ शुल्क तोक्ने काठमाडौं महानगरपालिकाको निर्णय बदर गरिदिएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०८० मार्फत व्यवसायिक भवनमा सेवाग्राहीले पार्किङ शुल्क तिर्न नपर्ने व्यवस्था गरेको थियो । त्यस्तै व्यवसायिक रुपमा पार्किङ सञ्चालन गर्नेहरुले लिन पाउने शुल्क पनि महानगरपालिकाले तोकेको थियो । २० मंसिरको संवैधानिक इजलासले महानगरपालिकाको...

  • २०८० मङ्सिर २७, बुधबार

    काठमाडौं महानगरमा आजदेखि धूमपान र सुर्तीजन्य पदार्थ बेच्न निषेध

    काठमाडौं - काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको छ । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न पाइने छैन । महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागू हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग सहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा...

  • २०८० मङ्सिर २५, सोमबार

    ललितपुरमा फुटपाथ व्यापार गर्न नदिएको निर्णयमा पुनर्विचार गर्न ईःको अनुरोध

    ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्। सोमबार फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ई: ले अनुरोध गरेका हुन्।  'सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,' उनले लेखेका छन्, 'सहरको आत्मा मार्दै रात र बिहानका...

  • २०८० मङ्सिर २४, आइतबार

    ललितपुर महानगरपालिकाले हटाए फुटपाथ पसल

    ललितपुर महानगरपालिकाले मंगलबजारदेखि महानगरको प्रमुख बसपार्क एवं बजार बन्दै आएको लगनखेलसम्मको बाटोमा जथाभावी रुपमा फुटपाथ पसल राख्दै आउँदा पैदल यात्रु लगायत सवारी साधनको यातायातमा समेत व्यवधान पुगेको गुनासो चर्किन थालेपछि अाज अाइतबार देखि त्यी स्थानहरुबाट फुटपाथ पसल हटाउन शुरु गरेको छ । ललितपुर महानगरपालिका १९ वडाका अध्यक्ष राजेन्द्र महर्जनले ऐतिहासिक एवं सांस्कृतिक महत्वको यी स्थानको सुन्दरता...

  • २०८० मङ्सिर १८, सोमबार

    काठमाडौँ महानगरभित्र दुई बसपार्क

    =काठमाडौँ, १८ मङ्सिर : मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् । जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर...

Pages