उपत्यका
-
२०७७ फाल्गुण १०, सोमबार
मातृभाषाको माध्यमबाट भइरहेको पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न
फेब्रुअरी २१ तारीखको दिनलाई संसारभर अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउँदै आईरहेको छ भने सोही अवसर पारेर आईतबार नेवाः पत्रकार राष्ट्रिय दबूले नेपालभाषाको पत्रकारिताको वर्तमान स्थीतिलाई लिएर काठमाडौंमा आयोजना गरेको छ भने सो अन्तरक्रिया कार्यक्रममा उपस्थित मातृभाषि पत्रकार, संचारकर्मिहरुले समुदायको विकासको लागि संचार क्षेत्रको विकास हुनुपर्ने र यसको लागि समुदायको सहकार्य हुनुपर्ने विचार...
-
२०७७ फाल्गुण ५, बुधबार
खुल्लामन्चलाई खुल्ला गर्न डोजर चल्यो
काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले वीर अस्पताल र दरबार...
-
२०७७ फाल्गुण ४, मंगलबार
सत्यमोहन जोशी लोक साहित्य भवनको उदघाटन सम्पन्न
वाङ्मय शताब्दी पुरुष विशिष्ट संस्कृतिविद् डा. सत्यमोहन जोशीको निवास परिसरमा उहाँले नै प्रदान गर्नुभएको जग्गामा निर्मित सत्यमोहन जोशी लोक साहित्य भवन समुद्घाटन समारोह आज सम्पन्न भएको छ । प्रदेश सांसद ज्ञानेन्द्र शाक्य र विघटित प्रतिनिधि सभाका सांसद कृष्णलाल महर्जन द्वारा संयुक्त रुपमा उदघाटन गर्नु भएको हो । लोक साहित्य परिषदका अध्यक्ष प्रेमशान्ति तुलाधर को सभापतित्वमा सम्पन्न सो उदघाटन समारोहमा...
-
२०७७ फाल्गुण ४, मंगलबार
माधवनारायणका वर्तालुले गरे पनौतीमा पूजा आराधना
काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका वर्तालु माधवनारायण भगवान्लाई काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौतीमा राखेर पूजा आराधना गरेका छन् । प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका वर्तालु शंखरापुर नगरपालिकास्थित साँखुमा रहेको शालीनदीबाट पनौती जाने प्राचीन कालदेखिको परम्परा छ । आइतबार दिउँसो पनौती हिँडेका वर्तालु भक्तपुर हुँदै बेलुकी काभ्रेपलाञ्चोकको पनौती...
-
२०७७ फाल्गुण ३, सोमबार
राजमानको नेतृत्वमा खपिन्छेँ टोल सुधार समिति
खपिन्छेँ टोल सुधार समितिको अधिवेशनले राजमान अवालेको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । ललितपुरको ऐतिहासिक बस्ती मानिने खपिन्छेँ टोल सुधारको जिम्मेवारी राजमान अवालेको काँधमा आएको छ । निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा तुल्सी महर्जन र सचिवमा नेपालभाषाको कलाकारिता क्षेत्रका लोकप्रिय गायक तथा अभिनेता सुरज ब्यञ्जनकार रहनुभएको छ । यस्तै गरी कोषाध्यक्षमा...
-
२०७७ फाल्गुण ३, सोमबार
‘प्रबज्या सम्बर’ (बरे छुइगु परम्परा)बारे प्रवचन
नेवार समुदायभित्र बज्राचार्य एवं शाक्य जातिले गर्दै आएको विहार (संघ) प्रवेश गराउने परम्परा प्रबज्याभिषेक अर्थात् प्रवज्या सम्बर (बरे छुइगु) बारे प्रा.डा नरेशमान बज्राचार्यले भन्नु भइ अनुसार यो परम्पराबारे ज्ञानको कमी हुन थालेको र यसकारण परम्परा निरन्तरतामा समेत चुनौती थपिएको देखिन्छ । उहाँले यो कुरा जिसि आजु गुठी, रत्न केतु महाविहार झ्वाःबाहालले यस विषयमा अायोजना गरेको कार्यक्रममा बताउनु भएको हो...
-
२०७७ माघ ३०, शुक्रबार
तारकेश्वरमा बर्डफ्लु पुष्टि, सयाैंकाे संख्यामा कुखुरा र हाँस नष्ट
काठमाडौं – काठमाडौंको तारकेश्वर साङ्लेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमुना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको...
-
२०७७ माघ २९, बिहिबार
बटुवाको प्यास मेटाउन काठमाडौँ महानगरका पाँच स्थानमा जरुंहितिको रुपमा वाटर एटिएम
काठमाडौं उपत्यकाका तीन शहर लगायत नेवारहरुको बाहुल्यता रहेका स्थानहरुमा बाटो हिंड्ने बटुवाहरुकालागि पिउने पानीका लागि जरुंहिटी अर्थात् जलद्रोण राखिएको हुन्थ्यो भने यसै जरुंहिटी को नाममा आज खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नारालेखिएको बोर्डसँगै काठमाडौँ महानगरपालिकाका तीन विभिन्न स्थानमा वाटर एटीएमको उद्घाटन गर्नु भएको छ । सुरुमा रत्नपार्क...
-
२०७७ माघ २८, बुधबार
बिहिबार किपू बस सेवाको मेट्रो कार्ड उद्घाटन हुने
किपू बस सेवा प्रा.लि.ले भोलि माघ २९ गते बिहिबार मेट्रो कार्ड प्रणालीको उद्घाटन गरिने भएको छ । किपू बस सेवा प्रा.लि.का अध्यक्ष अर्जुन सिंहले भोलि बिहिबार दिउँसो ३ बजे कीर्तिपुर नगरपालिका ९ वडा पांगा जाने दोबाटो नयाँबजारस्थित कृष्ण क्याटरिंगमा हुने जानकारी दिनुभएको छ । कीर्तिपुरका जनसमुदायबाट संचालित किपू बस सेवा प्रा.लि.ले नेपाल सरकारको नीति नियम बमोजिम सार्वजनिक यातायातहरुमा पूर्ण रुपमा नगद रहित...
-
२०७७ माघ २६, सोमबार
लोडसेडिङविरुद्ध कीर्तिपुरका जनता : प्राधिकरणलाई ध्यानाकर्षण
दुई–तीनदिनदेखि निरन्तर लामो समयसम्म लोडसेडिङ गरी जनतालाई दुःख दिइरहेपछि कीर्तिपुर विद्युत् प्राधिरकणविरुद्ध कीर्तिपुरका जनता उठेका छन् । लोडसेडिङविरुद्ध कीर्तिपुरका जनसमुदायले आइतबार विद्युत् प्राधिकरण, कीर्तिपुर वितरण केन्द्रको कार्यालयमै पुगी ध्यानकर्षण पत्र हस्तान्तरण गरेका छन् । सो ध्यानकर्षण पत्र कीर्तिपुर नगरपालिकाको कार्यालय र महानगरीय प्रहरी वृत्त, कीर्तिपुरलाई समेत बोधार्थ गरिएको छ । सो...
-
२०७७ माघ २५, आइतबार
‘पञ्चवीर सिंह पुरस्कार’ प्रदान
बुद्ध धर्मसम्बन्धी उत्कृष्ट लेख लेख्नुभएका उपप्राध्यापक डा त्रिरत्न मानन्धर, पत्रकार हिमेश रत्न बज्राचार्य र शोभानानी शाक्यलाई शनिबार यहाँ ‘पञ्चवीर सिंह पुरस्कार’ प्रदान गरियो । नेपाल भाषा टाइम्स दैनिकमा वर्षभरि प्रकाशित लेखहरुमध्ये उत्कृष्ट लेखका लागि बुद्ध संवतको हरेक वर्ष एक पुरुष र एक महिला लेखकलाई युवा बौद्ध समूह, काठमाडौँले यो पुरस्कार प्रदान गर्दैआएको छ । लोचनतारा तुलाधर र सहप्राध्यापक...
-
२०७७ माघ २४, शनिबार
निष्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई मेयर शाक्यको आग्रह
काठमाडौँ महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरेको कोषका लागि रु १५ लाख सहयोग गरेको छ । शनिबार काठमाडौँ जिल्ला शाखाको २२ औँ साधारणसभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणपछि सो सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले...


