उपत्यका
-
२०७७ माघ ४, आइतबार
लगनस्थित कीर्ति पुण्य महाविहार आगंछेँको मेयर शाक्यद्वारा शिलान्याश
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनटोलस्थित कीर्ति पुण्य महाविहार आगंछेँंको शिलान्यास गर्नुभएको छ । माघ २ गते विहान धार्मिक विधिअनुसार आयोजना गरिएको कार्यक्रममा शिलान्यास गर्नुभएको हो । सो अवसरमा बोल्नु हुँदै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र भएर लागेको बताउनु भएको छ । वडा नं. २१ स्थित लगन टोलमा...
-
२०७७ माघ ३, शनिबार
कमलपाेखरी पुनर्निर्माण : ढुंगा, कंक्रिटको प्रयोगमा स्थानीयकाे विरोध
काठमाडाैँ - कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै शुक्रबार स्थानीयले बिरोध जनाएका हुन् । कमलपोखरीको पुनर्निर्माणमा ढिलाई भएको तथा यसको महत्वलाई नै मास्नेगरी ढुंगा, कंक्रिटको प्रयोग गरी निर्माण गरिएको कारण विरोधमा उत्रिनुपरेको स्थानीयले बताएका छन् । पहिले देखाइएको डिजाइनभन्दा फरक...
-
२०७७ माघ १, बिहिबार
माघे संक्रान्तिमा चाकु नै किन खाने ?
माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९को प्रभावका कारण चाकुको माग कम छ । तर पनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ । काठमाडौंको टोखा चाकुका लागि प्रसिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्ति नजिकिएसँगै...
-
२०७७ पौष २९, बुधबार
कमलपोखरीको निर्माण रोक्न मेयर शाक्यलाई गगन थापाको पत्र
काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण कार्य तत्कालका लागि रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेखेका छन् । कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेको बेला सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद समेत रहेका थापाले पनि निर्माण रोक्न नगरप्रमुखलाई पत्र लेखेका हुन्...
-
२०७७ पौष २८, मंगलबार
राजा नरेन्द्रदेव लगायतको गलत मूर्ति बनाइएपछि रिट : भूगोलपार्कमा मूर्ति नराख्न अन्तरिम आदेश
काठमाडौं – लिच्छविकालीन राजा नरेन्द्रदेवलगायत नेपालमा बुंगम लोकेश्वर (रातो मछिन्द्रनाथ) भित्र्याउने ऐतिहासिक व्यक्तित्वहरुको मूर्ति भुगोलपार्कमा नराख्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । ऐतिहासिक व्यक्तित्वहरुको गलत मूर्ति बनाइएको, सामान्य प्रतिमा लक्षणसमेत उल्लंघन गरी ऐतिहासिकता नष्ट हुने देखिएपछि सर्वोच्चमा रिट परेको थियो । गत पुस २० गते अधिवक्ता पद्मबहादुर श्रेष्ठ, कर्माचार्य समाजलगायतले...
-
२०७७ पौष २७, सोमबार
काठमाडौं महानगर नगर सभाको अधिवेशनमा तीनवटा विधेयक प्रस्तुत
काठमाडौं महानगर नगर सभाको आठौं अधिवेशन आज सोमबारबाट सुरु भएको छ । आज सुरु भएको अधिवेशनमा तीन ओटा विधेयक पेश गरिएको छ । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक– २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक– २०७७’ पेश भएका हुन् । ती विधेयकहरु विभागीय प्रमुखहरु...
-
२०७७ पौष २७, सोमबार
११औं नेवाः एकता दिवस खोकनामा मनाइने
काठमाडौं – दश वर्षअघि दशरथ रंगशालामा नयाँ संविधानमा नेवाः स्वायत्त राज्य घोषणा गरिनुपर्ने मागसहित नेवार आन्दालनले नेवाः स्वायत्त राज्य घोषणा गरेको दिनको सम्झनामा वर्षेनी नेवाः एकता दिवस मनाउँदै आइरहेको छ । नेवाः देय् दबूलगायत विभिन्न संघसंस्था समाविष्ट आयोजकले यस वर्षको एघारौं नेवाः एकता दिवस यही माघ ९ गते खोकनामा मनाउने निर्णय गरेको छ । खोकनामा जुलुस एवं प्रदर्शन गरेपछि एक सभाको आयोजना गरिने...
-
२०७७ पौष २७, सोमबार
छ्याकते ढुंगामा 'पृथ्वीनारायण शाह'लाई थुक्न प्रहरीले रोके
हरेक वर्ष पृथ्वी जयन्तीका दिन कीर्तिपुरको छ्याकः ल्वहं (छ्याकते ढुंगा)मा कीर्तिपुरबासीहरुले थुक्दै आइरहेका छन् । पृथ्वीनारायण शाहले क्रूर तवरले आक्रमण गरी कीर्तिपुरलाई जितेको विरोधमा कीर्तिपुरबासीले सो छ्याकः ढुंगामा वर्षेनी थुक्दै आइरहेको हो । यसैक्रममा आज सोमबार पृथ्वी जयन्तीको दिन पारेर छ्याकः ढुंगामा स्थानीयबासीलाई थुक्नबाट रोक लगाउन प्रहरी तैथान गरिएको छ । जसको कारण आज कीर्तिपुरबासीले सो...
-
२०७७ पौष २५, शनिबार
अनाथ बालबालिकाको लागि कीर्तिपुरमा बा फाण्डेशन
कीर्तिपुर – अनाथ बालबालिकाको लागि सामाजिक संस्था बा फाउण्डेशन खोलिएको छ भने आज एक विशेष कार्यक्रमबीच सो फाण्डेशनको लोगो सार्वजनिक गरिएको छ । कार्यक्रममा एचआईभी पीडित बालबालिकाको संरक्षणमा लागिरहेको कीर्तिपुरको बेबी लाइफ होमलाई ५० हजार नगद आर्थिक सहयोगसँगै खाद्यान्न पनि सहयोग गरिएको छ भने एचआईभी पीडित २७ जना बालबालिकालाई गुड्डी ब्याग पनि वितरण गरिएको छ । कीर्तिपुरको ससः दि नेवाः टोलमा भएको सो...
-
२०७७ पौष २४, शुक्रबार
पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार धनुर्मास पूजा गरिने
पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । यही...
-
२०७७ पौष २३, बिहिबार
काष्ठमण्डप पुनर्निर्माण आउँदाे वैशाखसम्म सकाइने
काठमाडौं – काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ। बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ। निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ। त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताए। निर्माणका क्रममा काठको अभाव भएपछि दुई हजार घनफिट काठ रौतहटबाट...
-
२०७७ पौष २२, बुधबार
काठमाडौँको हिलो–धुलोमुक्त अभियानले मुर्तरुप प्राप्त गर्नेछ - मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताउनु भएको छ । काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो । समझदारी–पत्रमा काठमाडौं महानगरपालिका प्रमुख...


