STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७६ मङ्सिर १३, शुक्रबार

    सागका लागि सिङ्गारियो रङ्गशाला

    तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको तेह्राँै दक्षिण एशियाली खेलकूद साग तयारीका लागि नेपालको एक मात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशाला बेहुलीझैँ सिङ्गारिएको छ । सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रङ्गशालामा बलेको झिलीमिली बत्तीले माहोललाई उत्साहित बनाएको छ । आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ । रङ्गशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती...

  • २०७६ मङ्सिर १२, बिहिबार

    तेह्रौँ साग ः पोखरा रङ्गशालाभित्र मेडिकल सेन्टर

    आसन्न १३ औँ दक्षिण एशियाली खेलकूदसाग लाई लक्षित गरेर पोखरा रङ्गशालाभित्र मेडिकल सेन्टर स्थापना गरिएको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेलको दौरान चोटपटक लागेको खण्डमा आकस्मिक रुपमा स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले बहुउद्देश्यीय कभर्डहलभित्र चिकित्सकसहितको मेडिकल टोली सेन्टरमा उपलब्ध रहनेछ । साग स्वास्थ्य उपसमितिका संयोजक डा पदमबहादुर खड्काले...

  • २०७६ मङ्सिर १२, बिहिबार

    तेह्रौँ सागलाई ऐतिहासिक, भव्य र सभ्य बनाइने

    सरकारले १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद प्रतियोगिता सागलाई ऐतिहासिक, भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरेको छ । काठमाडाँ पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रङ्गशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नुहुनेछ । नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरवमाथि उठाउने हिसाबले प्रतियोगितालाई...

  • २०७६ मङ्सिर ११, बुधबार

    साग भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य

    तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० को औपचारिक उद्घाटनको चार दिन अगाडि नै भलिबल खेल शुरु हुने भएको छ । औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुनेछ तर महिला र पुरुष भलिबल खेल भने आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को कभर्डहलमा हुन लागेको हो । नेपालको पुरुष र महिला भलिबल टोलीले आजै समूहचरणको पहिलो खेल खेल्दैछन् । सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको महिला भलिबल टोलीले...

  • २०७६ मङ्सिर १०, मंगलबार

    १३औँ साग ः फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार

    दक्षिण एशियाली राष्ट्रहरुबीचको खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता १३औँ दक्षिण एशियाली खेलकूद साग शुरु हुन पाँच दिन बाँकी रहँदा अझै केही महत्वपूर्ण खेलका पूर्वाधार निर्माणका चरणमा छन् । नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागअन्तर्गत आठ खेल पोखरामा खेलाइने तय भए पनि महिला फुटबल, क्रिकेट र बिच भलिबलको खेलस्थल तयार भइसकेको छैन । यसअघि पोखरामा नौ खेल खेलाउने योजना रहे पनि नेपालबाहेकका...

  • २०७६ मङ्सिर १०, मंगलबार

    साग बिच भलिबल ः स्वर्ण पदकको आश

    यही मङ्सिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एशियाली खेलकूद साग मा बिच भलिबल खेल पहिलोपटक समावेश गरिएको छ । पोखरास्थित फेवाताल किनारको बाराहीघाटमा हुने प्रतियोगितामा सहभागी राष्ट्रका लागि प्रतियोगिता पहिलो अनुभव रहनेछ । बालुवा बिछ्याइएको भलिबल कोर्टमा खेल हुने भएकाले यसलाई बिच भलिबल भनिएको हो । महिला तथा पुरुष दुई विधामा गरी दुई स्वर्ण, दुई रजत र दुई कास्यका लागि...

  • २०७६ मङ्सिर ९, सोमबार

    बिडिसिए कपः तीन टोली सुपर सिक्समा

    यहाँ जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सुपर सिक्समा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । लिग चरणका खेलबाट पाटन भ्याली क्रिकेट क्लब, वासुलिङ क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब सुपर सिक्समा पुगेका हुन् । निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न खेलमा भ्यालीले महामाया क्रिकेट क्लबलार्ई ४६ रनले हराएको हो । टस जितेर ब्याटिङ गरेको भ्याली २० ओभरमा १८३ रनमा समेटियो । उसका लागि राहुल भण्डारीले ४७...

  • २०७६ मङ्सिर ९, सोमबार

    साग–कृष्णसारको आकृतिमा मस्कट तयार

    नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद साग मा समावेश २६ साग–कृष्णसारको आकृतिमा मस्कट तयार भएको छ । राष्ट्रिय खेलकूद परिषद् राखेप ले कृष्णसारको आकृतिमा २६ खेलको मस्कट तयार गरेको हो । यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागमा समावेश भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन,...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    सागको ओलम्पिक टर्च ¥याली शुरु

    दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको १३औँै दक्षिण एशियाली खेलकूद साग को ओलम्पिक टर्च ¥याली स्वयम्भूबाट शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज स्वयम्भूमा ओलम्पिक टर्च प्रज्वलन गरी ओलम्पियन समूहलाई हस्तान्तरण गर्नुभयो । सागको महत्वबारे देश भरी फैल्याउने उद्देश्यले टर्च ¥यालीलाई सातै प्रदेशको मुख्य शहरमा पु¥याउने कार्यक्रम रहेको छ ।...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    जसलाई राजा वीरेन्द्रले अँगालो मार्दै भने ओहो, हाम्रो देशको हिरो

    गत साताको भेटमा धावक बैकुण्ठ मानन्धरले ३२ वर्षअघिको एउटा चुम्बनको कथा सुनाए। सन् १९८७। एसियाली महासंघ खेलकुद साफ भारतको कलकत्तामा हुँदै थियो। नेपाली एथ्लेटिक्स टिम प्रशिक्षणमा जुट्यो। पोखरामा बन्द प्रशिक्षण थियो। अघिल्ला दुई साफमा लगातार स्वर्ण जितेका म्याराथन धावक बैकुण्ठ प्रशिक्षणका आकर्षण थिए। सधैं उनको अघिपछि कि खेलाडी हुन्थे, कि फ्यान। जनतामाझ पनि प्रभाव जमाएका बैकुण्ठसँग प्रशिक्षक भने...

  • २०७६ मङ्सिर ५, बिहिबार

    साग खेलकूदका आवश्यक पूर्वाधार एक हप्ताभित्र तयार हुने

    यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुने १३ आँै दक्षिण एशियाली खेलकूद सागका निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार द्रुतगतिमा निर्माण भइरहेका छन् । यसै साताभित्र ती सबै पूर्वाधार निर्माण भइसक्ने जनाइएको छ । उद्घाटन र समापनका लागि मुख्यस्थलका रुपमा रहेको दशरथ रङ्गशाला, सातदोबाटोको पौडी पोखरी र पोखरा रङ्गशाला निर्माणको सम्पूर्ण काम यही मङ्सिर १२ गतेभित्र सम्पन्न हुने युवा...

  • २०७६ मङ्सिर ३, मंगलबार

    गोदावरीमा राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता हुँदै

    नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीको आयोजनामा गोदावरी नगरपालिका–९ छम्पीमा ‘राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता–२०७६’ हुने भएको छ । आउँदो पुस ४ र ५ गते छम्पी खेल मैदानमा राष्ट्रव्यापी प्रतियोगिता हुने नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिनुभयो । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने मूल...

Pages