खेलकुद
-
२०७६ पौष २८, सोमबार
क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो...
-
२०७६ पौष २७, आइतबार
शहीद स्मारक ए डिभिजन फुटबल थ्री स्टार फ्रेण्डससँग स्तब्ध
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्डस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेन्ड्सको यो पहिलो जित हो । फ्रेन्ड्सको जितमा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे । उनले खेलको १३औँ मिनेटमा विश्व अधिकारीको फ्रिकिक बलमा...
-
२०७६ पौष २४, बिहिबार
महानगर कप भलिबल ललितपुर र चन्द्रागिरि उपाधिका लागि भिड्ने
यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् । ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई ३–० सेटले नै पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनल खेलमा ललितपुरले गोकर्णेश्वरलाई २५–१३, २५–१३ र २५–१६ अङ्कले हराएर...
-
२०७६ पौष २३, बुधबार
माछापुच्छ«े प्रदेशस्तरीय फुटबल प्रतियोगिता आगामी माघ १ देखि
कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा गण्डकी प्रदेशस्तरीय खुला फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वस्थ नागरिकका लागि खेलकूद’ भन्ने नारासहित माछापुच्छ«े त्रिशक्ति युनाइटेड क्लबले स्थानीयस्तरबाटै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आगामी माघ १ देखि ६ गतेसम्म दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको जनाएको छ । महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने...
-
२०७६ पौष २३, बुधबार
महानगर कप भलिबल ः गोकर्णेश्वर र चन्द्रागिरि सेमिफाइनलमा
गोकर्णेश्वर नगरपालिका र चन्द्रागिरि नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मङ्गलबार भएको खेलमा गोकर्णेश्वरले टोखा नगरपालिकालाई २५–१५, २५–५ र २५–१५ अङ्कले पराजित गरेको हो । समूह ‘बी’ बाट गोकर्णेश्वर नौ अङ्कसहित पहिलो तथा विदुर नगरपालिका छ अङ्कका साथ दोस्रो हुँदै सेमिफाइनल प्रवेश...
-
२०७६ पौष २२, मंगलबार
महानगर कप भलिबल ललितपुर र चौतारा क्वाटरफाइनलमा
ललितपुर महानगरपालिका र चौतारा नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको खेलमा चौतारा नगरपालिकाले भक्तपुर नगरपालिकालाई ३–० सेटले पराजित ग¥यो । चौताराले भक्तपुरलाई २५–१४, २५–२१ र २५–२१ अङ्कले हराएको हो । समूह ‘ए’ मा रहेको चौतारा पहिलो भई छ अङ्कसहित क्वाटरफाइनलमा...
-
२०७६ पौष २२, मंगलबार
विश्व वरियतामा प्रिन्स चौधौँ स्थानमा
विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन् । जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै प्रिन्स १४ औँ स्थानमा पुगेका हुन । प्रिन्सले प्राप्त गरेको उक्त वरियता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो । यसअघि उनी विश्व वरियताको ३२ औँ स्थानमा थिए । लगातार अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी...
-
२०७६ पौष १८, शुक्रबार
शहीद स्मारक लिग ः चौथो चरणको खेल सकिँदा मनाङ शीर्ष स्थानमा
शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ १० अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको हो । तेस्रो चरण सकिँदासम्म शत प्रतिशत नतिजा निकालेको मनाङ चौथो चरणमा फ्रेन्डस् क्बलसित १–१ को बराबरी खेल्न पुगेको थियो । तीन खेलमा जीत तथा एकमा बराबरी खलेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ । मछिन्द्रले चौथो चरण...
-
२०७६ पौष १७, बिहिबार
स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत
कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागमा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा शाहीसहित छ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री...
-
२०७६ पौष १०, बिहिबार
महिला डबल लिग भलिबल च्याम्पियनसिप माघमा
ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ । आगामी माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलमा आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो । सो च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल...
-
२०७६ पौष ९, बुधबार
एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक
अखिल नेपाल फुटबल सङ्घ एन्फा ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र धनगढीमा दुई÷दुई प्रतियोगिता हुनेछ । यस्तै बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र...
-
२०७६ पौष ८, मंगलबार
पिपीएल धनगढी र पोखरा बाहिरिए
कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएको छ । पोखराले पाँच खेलमा एउटामा मात्र जित हात पा¥यो । अङ्क तालिकाको पुछारमा रह्यो । धनगढीले दुई खेलमा जित निकाले पनि अङ्क तालिकाको चौथो स्थानमा रहेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो । पहिलो स्थानमा रहेको चितवन राइनोज र तेस्रो स्थानमा रहेको काठमाडौँ गोल्डेन्सले आज...


