STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८२ चैत्र १३, शुक्रबार

    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    काठमाडौं - सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो।  आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्रमन्त्री रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङलाई १० वर्ष जेलसजायसहित सरकारी उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको थियो ।

  • २०८२ चैत्र १३, शुक्रबार

    बालेन मन्त्रिपरिषद्‌‌मा प्रधानमन्त्रीसहित १० जना ४० वर्ष मुनिका

    काठमाडौँ - नव निर्वाचित प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषदमा १० जना ४० वर्ष मुनिका युवा छन् । शुक्रबार गठन भएको १५ सदस्यीय मन्त्रिपरिषदमा पहिलो पटक युवाहरूको वर्चश्व रहेको हो । प्रधानमन्त्री शाह आफैँ ३६ वर्षका छन् । देशले ५२ वर्षपछि ४० वर्ष मुनिको प्रधानमन्त्री पाएको हो । २०२० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा ३६ वर्षका थिए । शाहको मन्त्रिपरिषदमा सबैभन्दा कम उमेरको मन्त्री सस्मित...

  • २०८२ चैत्र १३, शुक्रबार

    महानायक राजेश हमाल र शाेले का निर्देशक बीच अन्तर्संवाद हुने

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको र १९ गतेबाट काठमाडौंमा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा भारतीय निर्देशक रमेश सिप्पी र नेपाली अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ । ‘निफ’को दोस्रो दिन (शुक्रबार) सिप्पी र हमालबीच संवाद कार्यक्रम राखिएको आयोजक समिति अध्यक्ष  के पि पाठकले जनाएको छ । कार्यक्रम दिउँसो ३ बजे भृकुटीभण्डपस्थित नेपाल पर्यटन...

  • २०८२ चैत्र १३, शुक्रबार

    बालेन शाह प्रधानमन्त्री नियुक्त

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनले आजै शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिनेछन्, जसमा विभिन्न विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ। काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान...

  • २०८२ फाल्गुण २४, आइतबार

    रास्वपा सभापति लामिछाने संसदीय भूमिकामा सामेल हुन नपाउने

    काठमाडौँ - चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रास्वपाका सभापति रवि लामिछाने संसदीय भूमिकामा सामेल हुन नपाउने भएका छन् । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको तीन वटा अभियोग लागेका कारण उनी सांसदका रूपमा निर्वाचित भएर पनि निलम्बनको अवस्थामा बस्नुपर्ने भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी फौजदारी कसुर अन्तर्गत रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा...

  • २०८२ फाल्गुण २४, आइतबार

    रास्वपा सभापति लामिछाने संसदीय भूमिकामा सामेल हुन नपाउने

    काठमाडौँ - चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रास्वपाका सभापति रवि लामिछाने संसदीय भूमिकामा सामेल हुन नपाउने भएका छन् । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको तीन वटा अभियोग लागेका कारण उनी सांसदका रूपमा निर्वाचित भएर पनि निलम्बनको अवस्थामा बस्नुपर्ने भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी फौजदारी कसुर अन्तर्गत रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा...

  • २०८२ फाल्गुण २४, आइतबार

    हर्क साम्पाङ जितेपछि बालेनले दिए सांकेतिक रुपमा बधाई

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हर्क साम्पाङलाई सांकेतिक रुपमा बधाई दिएका छन् । सुनसरी–१ बाट चुनाव जितेका श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङलाई बालेनले सांकेतिक रुपमा बधाई दिएका हुन् । साम्पाङ विजयी भएको तस्विरसहितको पोष्टमा बालेनले ‘धेरै धेरै माया’ लेखेर कमेन्ट गरेका छन् । बालेनले हर्क साम्पाङलाई सांकेतिक रुपमा बधाई दिएका छन् । बालेनले...

  • २०८२ फाल्गुण २३, शनिबार

    ५०हजार मतान्तरले बालेनले हराए ओलीलाई

    काठमाडौँ - प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग ओली पराजित भएका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे...

  • २०८२ फाल्गुण २३, शनिबार

    समानुपातिक तर्फ पनि रास्वपाको पक्षमा लहर

    काठमाडौँ - प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ रास्वपाको उत्साहजनक नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणनामा पनि उस्तै लहर देखिएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो एकीकृत विवरणअनुसार रास्वपाले अन्य स्थापित र पुराना दलहरूलाई निकै पछाडि पार्दै निकै अग्रता कायम गरेको छ। हालसम्म कुल ३३ हजार ३ सय ८९ मतको गणना हुँदा रास्वपा एक्लैले १९ हजार २५ मत प्राप्त गरेको छ ।  रास्वपालाई पछ्याइरहेको...

  • २०८२ फाल्गुण २३, शनिबार

    महावीर पुनको जित पक्का

    म्याग्दी - म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा महावीर पुनको जित पक्का भएको छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको बेनीस्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मतगणना जारी छ । मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले २० हजार २०८ मत सहित अग्रता कायम गरेको मुख्य...

  • २०८२ फाल्गुण २३, शनिबार

    काठमाडौं ३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्  । यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।  काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । राजुनाथ पाण्डेसँग...

  • २०८२ फाल्गुण २२, शुक्रबार

    भावी ३ प्रधानमन्त्रीमध्ये बालेन जिततर्फ, ओली र गगन पछाडि नै

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापा–५ मा मतगणनाको प्रारम्भमै अग्रता बढाएका छन्। उनको मत पाँच हजार २५४ पुगेको छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक हजार २४८ मत पाएका छन्। श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत पाएका छन् र अन्य उम्मेदवारहरूले दुई अंकको योगफल जोड्न सकेका छैनन्। २२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र...

Pages