राजनीति
-
२०८२ कार्तिक १९, बुधबार
प्रधानमन्त्रीमा कार्की नियुक्त विरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकियो
काठमाडौं - प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीसहितको संवैधानिक इजलासमा पेसी तोकिएको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा...
-
२०८२ कार्तिक १८, मंगलबार
विशेष महाधिवेशन नगर्न देउवाको निर्देशन
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् । गत आइतबारको केन्द्रीय...
-
२०८२ कार्तिक १७, सोमबार
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिबारे सबै मन्त्री र सचिवहरूसँग जानकारी लिएकी छन्। बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरेका थिए। विवरण सुनिसकेपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिव तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन्। यस्ता छन् १४ बुँदे निर्देशन १. गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम...
-
२०८२ कार्तिक ९, आइतबार
गणपतिलाल श्रेष्ठको शपथ रोकियो
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि उनको पनि प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो। श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको पनि शपथ रोकिएको थियो । यससँगै आज दुई मन्त्रीको मात्रै शपथ हुने भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ...
-
२०८२ आश्विन ३१, शुक्रबार
“ओलीको असक्षमता र असफलता : अरुलाई दोष दिएर उम्कन खोज्नु गलत पाईला” – डा. सुरेन्द्र मानन्धर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटीको बैठक असोज २९ गतेदेखि चलिरहेको छ भने आज असोज ३१ गते शुक्रबार समापन हुँदैछ । एमालेको उक्त दशौं केन्द्रीय कमिटीको बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य कीर्तिपुर निवासी डा. सुरेन्द्र मानन्धरले आफ्नो धारणा एवं राजनीतिक मत प्रस्तुत गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिएर एमालेका सहयोद्धाहरुलाई विश्वास...
-
२०८२ आश्विन ३०, बिहिबार
ओली–लेखक, सुदन–बालेनविरुद्धको उजुरीमा तत्काल कारबाही अगाडी नबढ्ने
काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनमा दमन गरेको भन्दै परेको उजुरी तामेलीमा राख्ने तयारी भएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उजुरी दर्ता गरेर तत्काल पक्राउ गर्न भनेपनि सुरक्षा प्रमुखहरूले तत्काल यसो गरे शान्ति सुरक्षाको अवस्था बिग्रने अडान लिएका थिए। ‘सुरुमा उहाँहरू उजुरी दर्ता गरेर तत्काल कारबाही अगाडी...
-
२०८२ आश्विन २९, बुधबार
कांग्रेसको नेतृत्वको कार्यकारी भूमिकाबाट शेरबहादुर देउवाको बिदाइ
काठमाडौँ - दशक लामो कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा भएका छन् । आगामी १५ औं महाधिवेशनमा विधानले उनलाई उम्मेदवार हुन दिनेछैन तर देउवा स्वयंले भने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मंगलबार अब आफू उम्मेदवार नहुने घोषणा गरे । पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्न देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापतिको...
-
२०८२ आश्विन २८, मंगलबार
वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दुर्गा प्रसाईंको दाबी
काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा राजाको आवश्यकता अपरिहार्य रहेको बताए। 'राजा भनेको सबैलाई जोडेर राख्ने हो,' उनले भने, 'धर्म भनेको देशको संविधान जस्तै हो। हामीलाई यस्तो संविधान चाहिँदैन।' उनले वर्तमान...
-
२०८२ भाद्र ३१, मंगलबार
जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा, मृतकका परिवारलाई १५ लाख रुपैयाँ दिने निर्णय
काठमाडौं - भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै आज बसेको बैठकले जेनजी सहिद घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने, असोज १ गते शोक मनाउने निर्णय भएको पनि जानकारी दिए। ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख...
-
२०८२ भाद्र २८, शनिबार
“जेन–जी युवापुस्ताको बलिदान र योगदानले देशमा परिवर्तन आएको छ”, बालेन भन्छन्
काठमाडौं/जेन–जी युवापुस्ताको बलिदान र योगदानका कारण देशले परिवर्तन पाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले बताएका छन् । मेयर बालेनले जेन–जी युवापुस्ताको योगदान अमूल्य रहेको पनि उल्लेख गरेका छन् । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेनले यस्तो लेखेका हुन् । मेयर बालेनले जेन–जी युवापुस्ताको योगदानले...
-
२०८२ भाद्र २७, शुक्रबार
सुशीला कार्कीलाई प्नधानमन्त्री बनाएपछि माओवादीको भर्त्सना
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीलाई बनाएकोमा नेकपा माओवादी केन्द्रले भर्त्सना गरेको छ । सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथ लिने तयारी गरिरहेको बेला शुक्रबार माओवादी केन्द्रकाे पदाधिकारीको भर्चुअल बैठकले भर्त्सना गरेको हो । 'जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार प्रमुख...
-
२०८२ भाद्र २५, बुधबार
रञ्जिता र सीके राउतले दिइन् सांसद पदबाट राजीनामा
काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद पदबाट राजीनामा दिएकी छन् । मंगलबार उनले राजीनामा घोषणा गर्दै ‘जेनजी’को प्रदर्शनप्रति ऐक्यबद्धता जनाएकी छन् । उनले लेखेकी छन्, “उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता केवल शब्दमा सीमित नरहोस भन्ने गम्भीर जिम्मेवारीको अनुभूति गर्दै म आजको मितिबाट प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउँदछु,” । सीके राउतले दिए...


