STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ आषाढ ३०, बिहिबार

    प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसालकाे मनाेनयन दर्ता

    काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । सत्ता गठबन्धनका तर्फबाट उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन् । माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् । मनाेनयन दर्ताकाे समय दिउँसाे १ बजेसम्म छ । चुनाव हार्ने लगभग निश्चित भएपछि एमालेले उपसभामुखमा उम्मेदवार तय...

  • २०७९ आषाढ २९, बुधबार

    संसदीय विशेष समितिद्वारा अर्थ मन्त्रालयको निरीक्षण

    काठमाडौं - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानवीन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ । बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटिभीको संरचना, कन्ट्रोल...

  • २०७९ आषाढ २९, बुधबार

    तेस्रोपटक सभापति बन्छु : देउवा

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई काम गर्न नदिइएको खण्डमा फेरि तेस्रोपटक पार्टी सभापति हुने बताएका छन् । बुधबार केन्द्रीय समिति बैठकमा डा. शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गरेपछि सभापति देउवाले आफूलाई काम गर्न नदिइएको खण्डमा फेरि पार्टी सभापति बन्ने बताए । उनले भने, ‘‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने...

  • २०७९ आषाढ २९, बुधबार

    देउवा सरकारको एक वर्ष पूरा, ४२ उपलब्धि सार्वजनिक

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ। दुईपटक संसद विघटनलाई बदर गरेको सर्वोच्च अदालतको परमादेशमा देउवा २०७८ असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। देउवाले केपी ओलीलाई विस्थापन गर्दै सत्ता सम्हालेको बुधबार एक वर्ष पुगेको हो। प्रधानमन्त्रीको सचिवालयले देउवाको एक वर्षे कार्यकालमा भएका ४२ वटा उपलब्धि सार्वजनिक गरेको छ। देउवा सरकारले एक...

  • २०७९ आषाढ २९, बुधबार

    पहिचानका आधारमा प्रदेशको नाम नराखिए सशस्त्र संघर्ष : गोपाल किराती

    काठमाडाैं - माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षण गोपाल किरातीले प्रदेश १ को नामाकरण पहिचानका आधारमा नभए बन्दुक उठाउने चेतावनी दिएका छन् । एक विज्ञप्ति जारी गर्दै विगतमा पनि आफूले हतियार उठाएर सशस्त्र संघर्ष गरेको र फेरि परेको खण्डमा संघर्ष गर्न तयार रहेको चेतावनी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ– ‘पहिचान विरोधी शासकहरु गोर्खाली अन्धराष्ट्रवाद कायम राख्ने अपराध नै गर्दछन् भने हामीले महान...

  • २०७९ आषाढ २९, बुधबार

    उपसभामुखको निर्वाचन शुक्रबार हुने

    काठमाडौं - झण्डै तीन वर्षदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुने । सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन् । सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख चयनबारे सूचना प्रकाशित गर्न समेत निर्देशन दिएका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उक्त पद...

  • २०७९ आषाढ २८, मंगलबार

    जसपाभित्र बाबुराम पक्षकाे केन्द्रीय समिति बैठक सम्पन्न

    काठमाडौँ – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरी आज सञ्चालन समेत गरेका छन् । जडीबुटीस्थित एक पार्टी प्यालेसमा आज आयोजित पार्टीको विस्तारित बैठकमा उनले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई विभिन्न सात बुँदामा आरोप लगाएका छन् । उनले पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष यादवका...

  • २०७९ आषाढ २८, मंगलबार

    पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना ल्याउनेछु : मन्त्री श्रेष्ठ

    काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन् । काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाईमा होटल खोलेर गिनिज बुक अफ द वल्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा...

  • २०७९ आषाढ २८, मंगलबार

    लिउ र ओलीबीच भेटवार्ता

    काठमाडाैँ - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले भेट गरेका छन् । आज मंगलबार बालकोटस्थित ओलीकै निवासमा पुगेर चिनियाँ नेता लिउले  शिष्टाचार भेट गरेका हुन् । लिउ आफ्नाे प्रतिनिधिमण्डल सहित मंगलबार बिहान बालकोट पुगेका थिए । भेटवार्ता जारी रहेको जनाइएको छ । साे वार्तामा अध्यक्ष ओलीसँगै एमाले  उपमहासचिवद्वय...

  • २०७९ आषाढ २८, मंगलबार

    सम्पादकहरूसँग ओली : नेपाल श्रील‍ंकाकै हालतमा पुग्नसक्ने ओलीको चिन्ता

    काठमाडौं-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधिका कारण नेपाल पनि श्रीलंकाको जस्तो संकटग्रस्त हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग छलफल गर्दै ओलीले भने, 'अधोगतिमा ब्रेक लगाइन भने त्यो भन्दा उधो खस्न सक्छ,अहिले नै सतर्क हुनुपर्छ।' बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजनजस्ता विषयले पनि नेपाललाइ...

  • २०७९ आषाढ २८, मंगलबार

    उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने

    काठमाडौँ - काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट मा पारित गरिएको छ । सदनमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सदनमा सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयकमाथिको दफाबार छलफलपछि राज्य...

  • २०७९ आषाढ २८, मंगलबार

    लिउ र दाहालबीच भेटवार्ता : नेपाल सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेकाे दाहालकाे धारणा

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । सोमबार प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डलाई भेट्न लिउ टोलीसहित पुगेका हुन् । भेटवार्तामा दुईबीच विविध विषयमा कुराकानी भएको छ । भेटवार्तामा प्रचण्डले नेपाल सरकार र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका छन्...

Pages