STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ श्रावण ११, बुधबार

    माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने राप्रपाकाे चेतावनी

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा बढ्दो महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका...

  • २०७९ श्रावण १०, मंगलबार

    राष्ट्रियसभाको बैठकबाट नागरिकता विधेयकमा विचार प्रस्ताव स्वीकृत

    काठमाडौँ– राष्ट्रियसभाको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष...

  • २०७९ श्रावण ७, शनिबार

    नागरिकता विधेयकको विरोधमा राँके जुलुस

      काठमाडौं - राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठनहरूले संसदबाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्‌याउँने भन्दै राँके जुलुस प्रदर्शन गरेका छन् । शनिबार साँझ पार्टी सम्बद्ध युवक, विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताले नागरिकता विधेयकका बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्र हित विपरीत भएको भन्दै राँके जुलुस प्रदर्शन गरेका हुन्...

  • २०७९ श्रावण ७, शनिबार

    गठबन्धनको नाममा कांग्रेस बलजफ्ती : नारायणकाजी श्रेष्ठ

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसले निरन्तर बलजफ्ती गरेको आरोप लगाएका छन् । शनिबार सोसल मिडिया फेसबूकमार्फत् नेता श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तर बलजफ्ती गरेको आरोप लगाएका हुन् । साथै आफूहरुलाई सँधै कांग्रेसको बलजफ्ती स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् । नेता श्रेष्ठले भनेका छन्, ‘नेपाली कांग्रेसले गठबन्धनको नाममा...

  • २०७९ श्रावण ७, शनिबार

    वामपन्थीहरूबीच एकताको प्रयास भइरहेको छ : प्रचण्ड

    काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयास भइरहेको बताएका छन्। पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धनभित्र रहेको सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र छिट्टै सकारात्मक परिणाम आउने उनको भनाइ छ।...

  • २०७९ श्रावण ७, शनिबार

    गठबन्धनको डम्फूमात्रै बजाएर बस्न सकिँदैन : माधव नेपाल

    काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका छन् । पार्टीको सङ्गठन विस्तारको काम अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । आगामी मङ्सिर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब गठबन्धनको ‘डम्फु बजाउने काम’ छोडेर पार्टीको सङ्गठन सुदृढीकरणको काममा जुट्न पार्टीका नेता, कार्यकर्तालाई...

  • २०७९ श्रावण ६, शुक्रबार

    फाष्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गर्नु देशको हितमा छैन : प्रेम सुवाल

    काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता सम्बन्धी संशोधन विधेयकमाथि दफावार छलफल सुरु भएको छ । संसद सचिवालयले आजको लागि सम्भावित कार्यसूचीमा राखिएका अन्य विषय हटाएर नागरिकता विधेयकलाई मात्रै कायम राखेको थियो । प्रतिनिधिसभाको आजको बैठक सुरु भएर उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो । ‘फास्ट ट्रयाक’मार्फत नागरिकता विधेयक पारित गराउने संसदको उद्देश्य रहेको देखिन्छ । यसैका लागि कार्यसूचीबाट...

  • २०७९ श्रावण ५, बिहिबार

    पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न समितिलाई एक हप्ताको समय थप

    काठमाडौं - बजेट निर्माण गर्दा बिचौँलिया प्रवेश गराइएको विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद एक हप्ताका लागि थपिएको छ । १० दिनभित्र पूर्वअर्थमन्त्रीमाथि छानबिन गर्न समय दिइए पनि उक्त समयमा अनुसन्धान गर्न नसकिएपछि एक हप्ताका लागि समय थप गरिएको हो । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव...

  • २०७९ श्रावण ५, बिहिबार

    प्रचण्ड र बाबुरामबीच दिनहुँ घनीभूत् छलफल

      काठमाडौं - जनता समाजवादी पार्टीबाट अलग्गिएपछि डा. बाबुराम भट्टराई अहिले दिनहुँजसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्तामा व्यस्त छन् । भेटघाट बाक्लो चलिरहेकै क्रममा बिहीबार हात्तीवनस्थित प्रचण्डका भान्जाको निवासमा दुई नेताबीच घनीभूत छलफल भएको बताइएको छ । कुनै समयका सहयोद्धाद्वयबीच आगामी दिनमा कसरी बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । छलफलमा प्रचण्डले माओवादीमै...

  • २०७९ श्रावण ५, बिहिबार

    ‘नाम राख्ने जिम्मा अर्काे संसदलाई दिउँ’ : प्रदेश १ मुख्यमन्त्री

    काठमाडौं - प्रदेश १ को नाम राख्नका लागि दलहरुले आन्तरिक गृहकार्य गरिरहेका बेला प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नाम राख्ने जिम्मा अर्काे संसदलाई दिन प्रस्ताव गरेका छन् । बहुपहिचानका आधारमा नाम राख्नुपर्ने बताउँदै आएका मुख्यमन्त्री राईले राम्रो नाम दिन नसके  अर्काे संसदलाई नाम राख्ने जिम्मा दिन प्रस्ताव गरेका हुन् । प्रदेशका ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भूगोलका आधारमा नाम...

  • २०७९ श्रावण ५, बिहिबार

    नेविसंघले जलायाे गभर्नरको पुत्ला

    काठमाडौं - ​​​​​​​​​​​​​​सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी (नेवि) संघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पुत्ला जलाएका छन् ।   एमालेको आर्थिक तथा योजना विभागमा एम. अधिकारीको नाम आएपछि उक्त व्यक्ति गभर्नर अधिकारी भएको दाबी गर्दै नेवि संघले उनको पुत्ला जलाएका हुन् ।  बिहीबार संघमा आवद्ध विद्यार्थीहरुले भृकुटीमण्डपको सडकमा गभर्नर अधिकारीको कार्टुन बनाएर प्रदर्शनपछि पुत्ला...

  • २०७९ श्रावण ४, बुधबार

    छानबिन समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने

    काठमाडौं - संसदीय छानबिन विशेष समितिले बिहीबार (भोलि) निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने दुई पत्रकार...

Pages