राजनीति
-
२०७९ श्रावण ३, मंगलबार
सीसिटिभी फुटेज रिकभर गर्न फरेन्सिक ल्याबमा पठाइने
काठमाडौं - पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सीसीटीभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको हो। समितिका...
-
२०७९ श्रावण ३, मंगलबार
सत्ता गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने कांग्रेसकाे निर्णय
काठमाडाैं - नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूसँग आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको साेमबार सम्पन्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी आगामी सङ्घीय र प्रदेश तहको निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “...
-
२०७९ श्रावण १, आइतबार
तीन दिने भारत भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं - तीन दिने भारत भ्रमण सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भने पनि नभेटी आइतबार स्वदेश फिर्ता भएका हुन् । आइतबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भारत भ्रमणका...
-
२०७९ श्रावण १, आइतबार
गभर्नर विरुद्ध प्रदर्शनमा प्रहरीको हस्तक्षेप
काठमाडौँ - गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। उनीहरूले...
-
२०७९ आषाढ ३२, शनिबार
अब वाम तालमेल गरौँ : नारायणकाजी श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गरेका छन् । मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढनुपर्ने उनको तर्क छ । नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उनले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुक नै संकटमा पर्न भन्दै चिन्ता व्यक्त गरे । एमाले अध्यक्ष केपी...
-
२०७९ आषाढ ३२, शनिबार
प्रतिनिधिसभा उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
काठमाडौं - प्रतिनिधिसभाको शुक्रबारको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो । सांसद...
-
२०७९ आषाढ ३१, शुक्रबार
बालुवाटारमा गठबन्धनकाे बैठक बस्दै
काठमाडौं - पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन् । गठबन्धनको बैठकमा प्रचण्डले आजदेखि गर्ने भारत भ्रमणको विषयमा जानकारी गराएको एक नेताले बताए । त्यस्तै आजै ३ बजे हुने उपसभामुखको निर्वाचन, नागरिकता...
-
२०७९ आषाढ ३१, शुक्रबार
प्रचण्ड आज भारत भ्रमणमा जाँदै
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत भ्रमणमा जाँदैछन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा 'प्रचण्ड' आज नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन्। प्रचण्डको सचिवालयकाअनुसार माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ दिल्लीस्थित दीनदयाल उपाध्याय मार्गमा रहेको भाजपा मुख्यालयमा स्वागत गरिने छ। जहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा...
-
२०७९ आषाढ ३०, बिहिबार
रेणु यादवले दिइन् राजीनामा
काठमाडौं - जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । नेतृ यादवले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताउँदै राजीनामा दिएकी हुन्। उनले पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले आजकै मितिदेखि लागु हुने गरी पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको उनले अध्यक्ष उपेन्द्र यादवलाइ बुझाएकाे राजीनामा...
-
२०७९ आषाढ ३०, बिहिबार
उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता
काठमाडौं - संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गरेकी छन् । उनले बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गरेकी हुन् । भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (...
-
२०७९ आषाढ ३०, बिहिबार
'एम अधिकारी भनेकाे गभर्नर महाप्रसाद अधिकारी हाेइन' : एमाले
काठमाडौं - नेकपा एमालेले योजना तथा अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको छ । गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न भनेपछि एमालेकाे केन्द्रीय कार्यालयले भन्याे, 'एम अधिकारी तपाई हाेइन ।' एमालेले भनेको छ, ‘तसर्थ विभागमा उल्लेखित एम अधिकारी खोटाङ भनी उल्लेखित...
-
२०७९ आषाढ ३०, बिहिबार
जसपाबाट अध्यक्ष भट्टराईसहित ९ जना निष्कासित
काठमाडौं - जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ । बिहीबार वीरगन्जमा बसेकोअध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेकाे हाे ।साथै...


