STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ बैशाख ९, आइतबार

    राजनीतिक दलका शिक्षकलाई बर्खास्त गर्न निर्देशन

    काठमाडौँ - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईहरूलाई निर्देशन दिएको हो । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका शाखा अधिकृत हरिबहादुर...

  • २०८१ बैशाख ९, आइतबार

    उपनिर्वाचनमा पैसा बाँड्नेलाई कडा कारबाही : गृहमन्त्री लामिछाने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् । शनिबार इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो–कोहीलाई कडा कारबाही गरिने बताएका हुन् । उनले पैसा...

  • २०८१ बैशाख ९, आइतबार

    आर्थिक–सामाजिक रूपान्तरणका लागि एमालेले राख्यो १३ बुँदे प्राथमिकता

    काठमाडौँ- नेकपा एमालेले जनचाहाना अनुरूप समाजवादउन्मूख आर्थिक–सामाजिक रूपान्तरणका लागि १३ बुँदे प्राथमिकता निर्धारण गरेको छ । एमालेले राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहितका ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने संकल्प गर्दै त्यसका लागि १३ बूँदे नीतिगत प्राथमिकता निर्धारण गरेको हो । शनिबारबाट सुरु भएको सो पार्टीको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्...

  • २०८१ बैशाख १, शनिबार

    माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो

    काठमाडौं- सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा-६ को उपदफा (३) (क) बमोजिम दुई महिनादेखि लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाएको जानकारी दिए।   काठमाडौंमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर-बानेश्वर क्षेत्रमा निषेधाज्ञाको आदेश गरेको...

  • २०८० चैत्र २९, बिहिबार

    सुदूरपश्चिम प्रदेशमा नाउपाले नेतृत्व लिने निश्चित

    काठमाडौं-  नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ । सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् । यस अघि ७ सांसद रहेकोमा अध्यक्ष  रञ्जिताले...

  • २०८० चैत्र २७, मंगलबार

    कर्णाली प्रदेशमा यमलाल कँडेल मुख्यमन्त्री नियुक्त

    काठमाडौं- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कँडेलले एमालेका ९, नेकपा (माओवादी केन्द्र)का १३ र नेकपा एकीकृत समाजवादीका १ गरी २३ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार अपराह्न मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आजसम्म...

  • २०८० चैत्र २७, मंगलबार

    राप्रपाको काठमाडौंमा प्रदर्शनमा झडप, ट्राफिक अस्तव्यस्त

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ। उसले संघीयता र गणतन्त्र विरोधी नारा लगाउँदै प्रदर्शन गरेको हो। व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपाले भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेको हो। प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ। घण्टौँ सवारी जाम भएको छ। देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट...

  • २०८० चैत्र २६, सोमबार

    कोशी सरकारबाट माओवादी बाहिरियो

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)बाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार नै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो । कांग्रेसका केदार कार्कीको...

  • २०८० चैत्र २६, सोमबार

    नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त, दलको नेता पनि हेरफेर

    काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्। सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो। सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना...

  • २०८० चैत्र २५, आइतबार

    गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ

    काठमाडौं - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए । अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय...

  • २०८० चैत्र २५, आइतबार

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र तीन विनाविभागीय मन्त्रीले लिए शपथ

    काठमाडौं - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । महरालाई आइतबार बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् । महराले आइतबार नै तीन विनाविभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिरिषद् विस्तार गरेका छन् । नेकपा (एमाले)का तर्फबाट चेतनारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट दीपेन्द्र कुमार पुन र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट...

  • २०८० चैत्र २३, शुक्रबार

    लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त

    काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। माओवादी संसदीय दलका नेता महराले शुक्रबार बिहान ४४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली...

Pages