राजनीति
-
२०८१ जेठ ६, आइतबार
खसी, बोका र बाख्रा पाल्नेको पनि छानबिन गरौँ : रवि लामिछाने
काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गरेर बाहिर पठाउनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले प्रमाण जुटाएर कारबाही गर्ने आँट गरे हुने पनि बताए। ‘प्रमाण जुटाएर कारबाही गर्ने आँट गर्नुभएको भए हुन्थ्यो। सहकारी ठगी गर्नेलाई मात्रै होइन, कृषि अनुदानको रकम हिनामिना गरेर...
-
२०८१ जेठ ३, बिहिबार
संसदीय छानविन समिति नबन्ने रास्वपाको घोषणा
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानविन समिति नबन्ने घोषणा गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविनको माग गर्दै संसदीय समितिको माग राख्दै कांग्रेसले धकेलाधकेलको स्थिती बनाएपछि समिति नबन्ने घोषणा गरेको हो । रास्वपाका सांसद मनिष झाले भने, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं तर, अब समिति बन्दैन । त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै...
-
२०८१ जेठ ३, बिहिबार
संसदमा झडपको स्थिति, सांसदहरूबीच धकेलाधकेल र भनाभन
काठमाडौं- प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको समयमा सभामुखले कार्यसूची अगाडि बढेपछि नेपाली कांग्रेसले संसदीय मर्यादाको नारा लगाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूची पढ्न थाले। त्यसपछि कांग्रेस सांसदले ‘संसदीय मर्यादा कायम गर, जबरजस्ती बन्द गर’ भन्दै नाराबाजी गरे। यस्तै ‘संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’ जस्ता...
-
२०८१ जेठ ३, बिहिबार
गृहमन्त्रीविरुद्ध नेविसंघ प्रदर्शनमा
काठमाडौं - सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सडक प्रदर्शनमा उत्रिएको छ । उक्त संघले गृहमन्त्री उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै सडक आन्दोलनमा उत्रिएको हो । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले सहकारी पीडितले न्याय पाउनुपर्ने भन्दै आज (बुधबार) बिहान त्रिचन्द्र क्याम्पस अगाडिको सडक प्रदर्शनमा उत्रिएका हुन्...
-
२०८१ जेठ १, मंगलबार
नीति तथा कार्यक्रमले उत्साह भर्न सकेन : रमेश लेखक
काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका छन्। उनले यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका सहकारी लगायतका मुद्दालाई समेत सम्बोधन गर्न नसकेकाले यसले कुनै नयाँ उत्साह भर्न नसकेको जिकिर गरे। मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै प्रमुख सचेतक लेखकले सञ्चारकर्मीमाझ...
-
२०८१ जेठ १, मंगलबार
राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौं - संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारको आगामी आवको नीति तथा कार्यक्रम पेस गरेका थिए । राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने...
-
२०८१ जेठ १, मंगलबार
उपेन्द्र यादव सर्वोच्चमा
काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई बदर गर्न माग गरिएको छ । जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो । रिटमा पार्टी फुटाउन ४०६ सदस्यीय केन्द्रीय समितिको ४० प्रतिशत सदस्य हुनुपर्ने भएपनि त्यो नभएकाले आयोगको...
-
२०८१ बैशाख ३१, सोमबार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिए । कांग्रेसका सांसद बैठकमा सहभागी भएनन् । मुख्यमन्त्री कार्कीको पक्षमा ९३ र विपक्षमा मत परेन । दिन्न भन्नेमा ५ मत प्राप्त भएको छ ।
-
२०८१ बैशाख ३१, सोमबार
मधेस सरकारबाट एमाले बाहिरियो, मुख्यमन्त्री अल्पमतमा
काठमाडौं - सत्तारूढ दल नेकपा (एमाले) पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । आज (आइतबार) केहीबेरअघि मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्री निवासमा पुगेर एमालेका चारजना मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् ।
-
२०८१ बैशाख ३१, सोमबार
जसपाबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवले लिए शपथ
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त गरेका थिए। नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसअघि जनता समाजवादी पार्टी...
-
२०८१ बैशाख ३१, सोमबार
उपेन्द्र यादवद्वारा रकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (सोमबार) मन्त्रीबाट राजीनामा दिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सत्ता साझेदार दल जसपा नेपालले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभित्र संसदबाट...
-
२०८१ बैशाख २६, बुधबार
गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयबाट ‘क्लिन चिट’
काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिना प्रकरणमा आफू संलग्न नरहेको भनी महान्यायाधिवक्ताको कार्यालयबाट लिएको पत्र ‘क्लिन चिट’ले थप संशय पैदा गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले वैशाख १० मा लेखेको पत्रको जवाफमा सोमबार महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको हो । सहकारीको रकम हिनामिनाबारे रुपन्देही, चितवन र कास्कीका...


