STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ बैशाख १६, आइतबार

    कांग्रेसका खड्कालाई रोक्दै एमालेका नेम्वाङले लिए अग्रता

    इलाम- इलाम २ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिएका छन्। १,२ र ३ नम्बरमा कांग्रेसका डम्बर खड्काले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन्। वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत छ। त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बूले ३७९ मत पाएका छन्। ४२ मध्ये ४...

  • २०८१ बैशाख १६, आइतबार

    इलाम–२ मा ६० प्रतिशत मत खस्यो

    इलाम - इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । शनिबार बिहान ७ बजेदेखि अपराह्न ५ बजे भित्र कूल मतदाता १ लाख १५ हजार ८८ मध्येबाट ६० प्रतिशत मत खसेको हो । यसहिसावल कूल खसेको मत ६९ हजार २८७ हुन आउँछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् । राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी जम्मा १९ जना उम्मेदवार उपनिर्वाचनमा भिडेका थिए...

  • २०८१ बैशाख १६, आइतबार

    इलाम–२ मा बिहान ७ बजेदेखि मतगणना गरिने

    इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बाह्रखरीलाई जानकारी दिए । इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म...

  • २०८१ बैशाख १३, बिहिबार

    सहकारी ठगीको मुद्दा उचालेर ममाथि प्रहार गरियो : गृहमन्त्री लामिछाने

    इलाम - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् ।  कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथी सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम...

  • २०८१ बैशाख १२, बुधबार

    लुम्बिनी प्रदेश : बिना विभागीय ७ मन्त्रीले पाए मन्त्रालयको जिम्मा

    काठमाडौं - लुम्बिनी प्रदेशका सात जना बिनाविभागीय मन्त्रीलाई विभिन्न मन्त्रालयको जिम्मा दिइएको छ । मुख्यमन्त्री जोख महराले विना विभागीय मन्त्रीलाई ७ जना मन्त्रीलाई मन्त्रालयको जिम्मा लगाएका हुन् ।  आज (बुधबार) मुख्यमन्त्री महराले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भूमिश्वर ढकाललाई, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्जुन...

  • २०८१ बैशाख १२, बुधबार

    नेपाल र कतारबीच ८ बुँदे सम्झौता, लगानी एवं सहकार्य विस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी

    काठमाडौं - नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ। कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्लाएक्लै र द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सो समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा रुपक सापकोटाले राससलाई जानकारी दिए। ‘लगानी...

  • २०८१ बैशाख १२, बुधबार

    नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयमा सम्झौता

    काठमाडौं - नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयमा सम्झौता भएको छ। नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्तापश्चात सोल्टी होटलमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो। समझदारीपत्रमा नेपालका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी र कतारका समकक्षीबीच हस्ताक्षर गरेका हुन्। भेटवार्तापछि दुई...

  • २०८१ बैशाख १२, बुधबार

    इलाम निर्वाचन क्षेत्र नं. २ का जनतालाई नेवाः समुदायको अपिल

    इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्दै पहिचानवादी नेवाः समुदायले अपिल सार्वजनिक गरेको छ ।आजः बुधबार बिहान काठमाडौंको नेपाः ब्यांक्वेटमा पहिचानवादी नेवाः समुदायको बैठकबाट उक्त अपिल सार्वजनिक गरेको हो ।नेवाः अभियन्ता विष्णु चित्रकार, सुजीव बज्राचार्य, उमेश स्थापित, भगवान शाक्य, मचाराजा महर्जन लगायतका अभियन्ताहरुको उपस्थितिमा...

  • २०८१ बैशाख ११, मंगलबार

    सहकारी ठगीमा गृहमन्त्री मुछिएपछि चौतर्फी आलोचना

    इलाम - गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गर्ने बताएका छन् ।  इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् ।  उनले भने– ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानून...

  • २०८१ बैशाख ११, मंगलबार

    शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी...

  • २०८१ बैशाख १०, सोमबार

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

    काठमाडौँ - नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको छ । नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त सम्मानबाट सम्मानित गरेका हुन् । नेपालको महिला आन्दोलनको अग्रणी व्यक्तित्व, कम्युनिस्ट आन्दोलनको योद्धा, गणतन्त्र नेपालको दुई पटक निर्वाचित राष्ट्रपति भएकी...

  • २०८१ बैशाख ९, आइतबार

    भ्रष्ट र अनुशासनहीनलाई कारबाही गरिनुपर्ने प्रतिवेदन एमाले बैठकमा प्रस्तुत

    काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ । सो पार्टीक महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नु भएको पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका बारेमा पनि नैतिक प्रश्न गम्भीर आशङ्का पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानविन गरी कारवाही...

Pages