राजनीति
-
२०८१ जेठ १०, बिहिबार
सहकारी ठगी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन
काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिए। कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले...
-
२०८१ जेठ १०, बिहिबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आह्वान
काठमाडौं - सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आह्वान गरिएको छ । आज (बिहीबार) दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । सत्ता पक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरुबीच कार्यादेशमा सहमति नजुट्दा अघिल्ला बैठक निष्कर्षविहीन हुँदै आएका छन् । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षलाई कार्यादेशको...
-
२०८१ जेठ १०, बिहिबार
कुन मन्त्रीको सम्पत्ति कति ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार - सञ्चारमन्त्री रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको २० लाख रुपैयाँ सहकारीमा रहेको छ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखेको छ । उक्त विवरणअनुसार सञ्चारमन्त्री शर्मासँग एक लाख ७८ हजार...
-
२०८१ जेठ ९, बुधबार
कैलाश सिरोहिया पक्राउ पर्नुका ६ आधार
काठमाडौं- धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्नुका ६ आधार सार्वजनिक गरेको छ। मंगलबार सिरोहियालाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो। धनुषा प्रहरी अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाका नागरिकतामा देखिएका कैफियतपूर्ण तथ्यहरू यसप्रकार उल्लेख गरिएको छ। १. कैलाशप्रसाद सिरोहियाले...
-
२०८१ जेठ ७, सोमबार
लामिछानेलाई कारबाही माग गर्दै तरुण दलको मसाल जुलुस प्रदर्शन
काठमाडौं - नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले सहकारीको रकम हिनामिनामा संलग्न गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ। तरुण दलका नेता-कार्यकर्ताले नाराबाजी गर्दै सोमबार साँझ पुरानो बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन्। तरुण दलका काठमाडौं सचिव दिनेश विक्रम शाहले सहकारी ठगलाई जोगाउने सरकार र आफ्ना नेताहरूलाई संगीन आरोप लगाउने गृहमन्त्रीविरुद्ध मसाल...
-
२०८१ जेठ ७, सोमबार
उपेन्द्र यादवको रिट हेर्न भ्याइएन
काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । निर्वाचन आयोगको निर्णय यथावत् राखी फरक दलका रूपमा काम नगर्न/नगराउने माग गर्दै यादवले आइतबार दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो । इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो । यादवको रिट ढुंगानाको इजलासको अन्तिम नम्बर...
-
२०८१ जेठ ७, सोमबार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र दलको संयुक्त बैठक
काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । जेठ ९ गते बिहान ११ गते पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति र दलको संयुक्त बैठक बोलाएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्मा अवरोध गरी रहेका कांग्रेसले...
-
२०८१ जेठ ७, सोमबार
बालेनको चेतावनीपछि काठमाडौं महानगरका गाडी चालक रिहा
काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहोरको गाडी चलाउने चारजना चालक रिहा भएका छन्। सोमबार प्रहरीले पक्राउ गरेका चालकलाई मेयर बालेन्द्र शाह (बालेन)को चेतावनीपछि सरकारले रिहा गरेको हो। प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा माओवादी केन्द्रको मुख्यालयमा थुपार्न चार ट्रक फोहोर लैजानेक्रममा चालकलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि मेयर बालेनले सिंहदरबार र नेताका...
-
२०८१ जेठ ७, सोमबार
विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा...
-
२०८१ जेठ ७, सोमबार
संसद्मा कांग्रेसको अवरोध जारी, बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक अघि बढाउन खोजेपछि कांग्रेस सांसद वेल घेर्न पुगेका थिए । उनीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’...
-
२०८१ जेठ ६, आइतबार
प्रहरीले गृहमन्त्रीलाई सोध्न नसकेपछि छानबिन समिति चाहिएको हो : गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अस्तिसम्म सांसदमात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका कारण संसदीय छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताएका छन्। उनले सांसदमात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सीआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानबिनका सबै कामहरू रोकिएको बताए। आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकार...
-
२०८१ जेठ ६, आइतबार
सोमबार बिहानसम्म छानबिन समिति नबने कांग्रेसले संसद् अवरुद्ध गर्ने
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार बिहान ११ बजेसम्म संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभा बैठकपछि आइतबार बेलुकी संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै कांग्रेस महामन्त्री गगन थापाले सोमबार बिहानसम्म संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेका हुन्। ‘हामी संसद ठिक ढंग सँग चलोस् भन्ने चाहन्छौँ, संसद ठिक ढंगले चल्नका निम्ति...


