STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८० मङ्सिर ६, बुधबार

    एमालेको संकल्प यात्राको कार्ययोजना पारित, ओलीले झुलाघाटमा उद्घाटन गर्ने

    काठमाडौं - नेकपा एमालेले १४ मंसिरमा मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार यो यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा राष्ट्रिय...

  • २०८० मङ्सिर ६, बुधबार

    भोलिको प्रदर्शन : ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि निगरानी

    काठमाडौं- बल्खु र तीनकुनेमा बुधबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ । बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ । त्यस्तै, नेकपा एमाले निकट युवा संघले तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी...

  • २०८० मङ्सिर ६, बुधबार

    शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा

    काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने...

  • २०८० मङ्सिर ५, मंगलबार

    दुर्गा प्रसाईंको प्रदर्शन बल्खुमा

    काठमाडौं- मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको हो ।  माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने...

  • २०८० मङ्सिर ४, सोमबार

    निषेधाज्ञापछि युवा संघको प्रदर्शनस्थल तीनकुनेमा

    काठमाडौं- युवा संघले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।  जिल्ला प्रशासन कार्यालयले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो...

  • २०८० मङ्सिर ४, सोमबार

    माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

    काठमाडौं- जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । प्रशासनको निर्णय अनुसार, पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै...

  • २०८० मङ्सिर ४, सोमबार

    भूकम्प प्रभावितका लागि घर बनाउने टोली पठाउने कांग्रेसको निर्णय

    काठमाडौं - नेपाली कांग्रेसले भूकम्पबाट प्रभावितहरूका लागि घर बनाउन जाजरकोट र रुकुम पश्चिममा दक्ष जनशक्तिसहितको टोली पठाउने निर्णय गरेको छ ।  सोमबार बिहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकले भूकम्प प्रभावितका लागि घर बनाइदिन इन्जिनियर र डकर्मीसहितको टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार भूकम्प प्रभावित जाजरकोट र...

  • २०८० मङ्सिर ४, सोमबार

    टिकटक प्रतिबन्धविरुद्ध प्रयोगकर्ता आन्दोलित

    काठमाडौं- सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध टिकटक प्रयोगकर्ताहरू आन्दोलित बनेका छन् । गत दुई महिनामा टिकटकको माध्यमद्वारा साइबर पीडित ५ सय ४८ जना रहेको साथै फेसबुकबाट ३ हजार ७ सय ७८ जना पीडित भएको तथ्याङ्क दिँदै प्रत्येक १०० जना साइबर पीडितमध्ये ७ जना टिकटक र ८० जना फेसबुक मार्फत पीडित देखिएको उनीहरूले उल्लेख गरेका छन् । उक्त तथ्याङ्कका आधारमा प्रतिबन्ध टिकटकमा होइन, फेसबुकमा लगाउनु...

  • २०८० मङ्सिर १, शुक्रबार

    टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं– भिडिओ सेयरिङ एप ‘टिकटक’ प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ ।  टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय फिर्ताको मागप्रति परेका रिट निवेदन दर्ता गरिएको सर्वोच्चले जनाएको छ ।  आज (शुक्रबार) उक्त एप प्रतिबन्धविरुद्ध ८ वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतले बताएको छ ।  सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि यहीँ मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । त्यसका...

  • २०८० कार्तिक २९, बुधबार

    टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

    काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन र आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को...

  • २०८० कार्तिक २९, बुधबार

    अब सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गरिने

    काठमाडौं - सरकारले नेपाल संवत् पनि सरकारी कागजताहरुमा उल्लेख गर्ने निर्णय गरेको छ ।  सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कातिक २८ गते नेपाल संवत् ११४४ नेपाल सरकारको डकुुमेन्टमा (कागजात)मा उल्लेख गर्ने निर्णय भएको सरकारका प्रवक्ता एंव सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन ।  राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात...

  • २०८० कार्तिक २९, बुधबार

    नेपाल संवत् सिङ्गो नेपाल र नेपालीको सम्पत्ति हो : सभामुख घिमिरे

    काठमाडौँ -  सभामुख देवराज घिमिरेले नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवत्ले नेपालीहरुबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत् ११४४ को अवसरमा आज शुभकामना दिँदै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं...

Pages