राजनीति
-
२०८० पौष ५, बिहिबार
मन्त्री किरातीको स्पष्टीकरण : म सबै धर्म मान्नेको अभिभावक हुँ
काठमाडौं- आफ्नो भाषण विवादित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू सबै धर्म मान्नेको अभिभावक भएको स्पष्टीकरण दिएका छन् । बुधबार काठमाडौं उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टियन महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले गरेको भाषण विवादित बनेपछि उनले आज सामाजिक सञ्जालमार्फत ‘सबै धर्मको सम्मान गर्नुपर्ने’ बताएका हुन् । मन्त्री किरातीले हिजो भाषण गर्ने...
-
२०८० पौष ५, बिहिबार
मन्त्री किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति सङ्गठनले आन्दोलन गरेको छ । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका छन् । बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई स्वीकार नगर्नेहरू...
-
२०८० पौष ४, बुधबार
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।
-
२०८० पौष ३, मंगलबार
वीर अस्पतालका निर्देशक डा. सन्तोषलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं -सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । यो आदेशसँगै निर्देशक डा.पौडेल पुनर्वहाली हुनेछन् ।
-
२०८० पौष ३, मंगलबार
एनसेलबाट कर असुल्न र शेयर कारोबार रोक्न संसदीय समितिको निर्देशन
काठमाडौँ - सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समिति–२०८० को प्रतिवेदनसमेतलाई आधार लिई राज्यलाई बुझाउनुपर्ने कर रकम एनसेलबाट असुल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार...
-
२०८० मङ्सिर २४, आइतबार
एनसेलको सेयर खरिद बिक्रीबारे समितिले छानबिन थाल्यो
काठमाडौं - सरकारले एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न बनाएको 'एनसेलको सेयर खरिद बिक्री अध्ययन तथा छानबिन समिति'लाई ३० दिनको समयसीमा दिएको छ। मन्त्रिपरिषदको मंसिर २१ गतेको बैठकले एनसेलको सेयर खरिद बिक्री छानबिन गर्न समिति बनाउने निर्णय गरेको थियो। सरकारले समितिलाई ३० दिनभित्रमा प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको छ। अध्ययन समितिले आजैबाट औपचारिक रूपमा काम सुरु गरेको छ। सरकारले दिएको...
-
२०८० मङ्सिर २४, आइतबार
सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मंसिर २९ गते
काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरूले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो । अब प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ मंसिर २९ मा मात्र हुने प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेयले...
-
२०८० मङ्सिर २४, आइतबार
प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा
काठमाडौं - हरिबोल गजुरेलले दिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्। गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी त्यागेको बताएका छन्। उनले आफू थप छलफलमा रहेको पनि बताए। तर राजीनामा दिनुपर्ने कारणबारे उनले केही खुलाएनन्। नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका...
-
२०८० मङ्सिर २४, आइतबार
लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक
काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ । तर पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठकमा सहभागी नहुने बताएका छन् । लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ । तर पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय...
-
२०८० मङ्सिर २०, बुधबार
विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुत्ला दहन
काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको थाहा पाएपछि प्रहरी पुगेर पुतला नियन्त्रणमा लिनुका साथै सहभागीहरूलाई तितरबितर पारेको थियो । पुतला दहन गर्न अखिल क्रान्तिकारी नेताहरू नरेन्द्र सी,...
-
२०८० मङ्सिर २०, बुधबार
एनसेलको सेयर खरिद बिक्री रोक्न लेखाको निर्देशन
काठमाडौँ - संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको छ । यस सम्बन्धमा समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको छ । मंगलबार बसेको समितिको बैठकले दूरसञ्चार सम्बन्धी कानुन संशोधनका लागि आउँदो संसद अधिवेशनमा विधेयक पेश गर्न पनि निर्देशन दिएको छ ।


