राजनीति
-
२०८० मङ्सिर ८, शुक्रबार
रेशम चौधरीको कैद माफीविरुद्वको रिटमा कारण देखाऊ आदेश
काठमाडौं- टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो । सरकारले कैलालीको टीकापुरमा भएको हत्याकाण्डको योजनाकारका रुपमा जिल्ला अदालत, उच्च...
-
२०८० मङ्सिर ८, शुक्रबार
काठमाडौं महानगर उपमेयर सुनिता डङ्गोल अष्ट्रेलिया भ्रमणमा
काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल अष्ट्रेलिया गएकी छन् । शुक्रबार उपप्रमुख डंगोल अष्ट्रेलिया भ्रमणका लागि गएकी हुन् । भ्रमणमा अष्ट्रेलियाका विभिन्न सहरमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरूको अवलोकन लगायत स्थानको अवलोकन गर्ने महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् । उपप्रमुख डङ्गोलका अनुसार यस भ्रमणले आपसी हित...
-
२०८० मङ्सिर ८, शुक्रबार
माइतीघरमण्डलामा निषेधाज्ञा लगाएकोमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौं- सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा अदालतले कारण देखाऊ आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल...
-
२०८० मङ्सिर ८, शुक्रबार
प्रसाईँका समर्थकको धरपकडमा राप्रपा र राप्रपा नेपालकाे आपत्ति
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नजरबन्दमा राखेको तथा उनका समर्थकलाई धरपकड गरेपछि राप्रपा र राप्रपा नेपालले आपत्ति जनाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आज दुर्गा प्रसाईँका समर्थकलाई प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् । ‘शान्तिपूर्ण विरोध प्रदर्शन, जुलुस र सभा गर्न पाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाडौंमा जथाभावी धरपकड गर्ने, नजरबन्द गर्ने र...
-
२०८० मङ्सिर ८, शुक्रबार
दुर्गा प्रसाईंको समर्थनमा निस्किएका २६ जना तीनकुनेबाट पक्राउ
काठमाडौं- दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकालाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईँले प्रदर्शन स्थल घोषणा गरेको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर स्रोतले जानकारी दिएको छ । तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् । पक्राउ...
-
२०८० मङ्सिर ७, बिहिबार
माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव
काठमाडौं - निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ। बिहीबार माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरेिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्षलाई भेटेर मिति प्रस्ताव गरेको हो। प्रधानमन्त्रीले पनि आयोगले तोकेअनुसार नै...
-
२०८० मङ्सिर ७, बिहिबार
दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा २८ जना घाइते
काठमाडौं- बल्खुमा प्रहरी र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ पक्षबीच झडप हुँदा २८ जना घाइते भएका छन् । बिहीबार दिउँसो बल्खुमा प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि बल प्रयोग भएको थियो । सोही क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । झडपमा प्रहरीसहित २८ जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी...
-
२०८० मङ्सिर ७, बिहिबार
दुर्गा प्रसाईंको समूहले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने
काठमाडौं - व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलि (शुक्रबार) बाट तीनकुनेमा प्रदर्शन गर्ने भएको छ। अभियानको पहिलो दिन आज (बिहीबार) बल्खुमा प्रदर्शन गरेको सो समूहले भोलिबाट तीनकुनेमा प्रदर्शन हुने बताएको हो। प्रसाईंले भोलि ११ बजेबाट तीनकुनेमा प्रदर्शन गर्ने जानकारी दिए। ‘निरन्तर प्रदर्शन जारी रहन्छ, अब हामी तीनकुनेमा भोलि ११ बजे जम्मा हुन्छौं,’ उनले बिहीबार अपरान्ह भने...
-
२०८० मङ्सिर ७, बिहिबार
युवा संघको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन
काठमाडौँ - नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु रहेका छन् । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिबिरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर विरोध जनाएका छन् । सहभागी प्रदर्शनकारीहरुले...
-
२०८० मङ्सिर ७, बिहिबार
बल्खुमा प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा
काठमाडौं - काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ...
-
२०८० मङ्सिर ७, बिहिबार
बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप
काठमाडौं- बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । बल्खुमा विभिन्न ठाउँबाट...
-
२०८० मङ्सिर ६, बुधबार
प्रदर्शनीमार्गमा युवा संघको राँके जुलुस
काठमाडौं - नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौंको प्रदर्शनीमार्गमा बुधबार साँझ राँके जुलुस निकालेको छ । मंगलबार पनि युवा संघले तीनकुनेमा राँके जुलुस निकालेको थियो । भोलि बिहीबार युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ । त्यस्तै, दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले पनि बल्खुमा प्रदर्शन गर्दैछ । दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानलाई चुनौती दिँदै युवा संघले प्रदर्शन गर्न लागेको हो ।


