राजनीति
-
२०८० पौष १३, शुक्रबार
बालकुमारी घटनामा दुई युवाको मृत्यु
काठमाडौं- बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका प्रवक्ता कुवेर...
-
२०८० पौष १२, बिहिबार
हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर
काठमाडौँ - धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् । उनले हिजो (बुधवार) सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसबारे पूर्व घोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् । उपमहानगरपालिकाका प्रवक्ता सूर्य बहादुर भट्टराईले नगर प्रमुखले कार्यकक्षबाट राष्ट्रपति...
-
२०८० पौष १२, बिहिबार
गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट
शैक्षिक योग्यतामा प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर गभर्नर अधिकारीको योग्यता चार्टर्ड...
-
२०८० पौष ११, बुधबार
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस
काठमाडौं- राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मङ्गलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको...
-
२०८० पौष १०, मंगलबार
कांग्रेस कोसीबाट राष्ट्रियसभा सदस्यका लागि सुजातासहित नौ जना सिफारिस
आशन्न राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उम्मेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ। प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाई केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो। सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री भइसकेका चार जना परेका छन्। पार्टीका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद...
-
२०८० पौष १०, मंगलबार
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सुनाए एक वर्षे उपलब्धि
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे । प्रचण्डले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै ८० को दशकलाई विकासको दशक बनाउने पनि बताए । प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् । केही पूर्वनिर्धारित र...
-
२०८० पौष १०, मंगलबार
सरकारको एक वर्ष : जनतामा जागेन आशा
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज मंगलबार एक वर्ष पूरा भएको छ । दाहाल गतवर्ष मंसिर ४ को निर्वाचनपछि तत्कालीन चुनावी गठबन्धन तोड्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेपनि दाहालले...
-
२०८० पौष १०, मंगलबार
प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौँ - प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। ‘पुस १० गते साँझ ठिक ५ बजे प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष...
-
२०८० पौष ९, सोमबार
कोइरीको सांसद पद निलम्बन फुकुवा
काठमाडौं- नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । कोइरी गत वैशाख १९ गते निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो । २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका...
-
२०८० पौष ९, सोमबार
संघीय सांसदत्रय खनाल, पराजुली र शाहद्वारा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना
काठमाडौं - काठमाडौं क्षेत्र नं. ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनाल, ७ बाट निर्वाचित गणेश पराजुलीका र समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य असिम शाहको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ‘जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै काठमाडौं नयाँ बसपार्कस्थित बिजी ब्यांक्वेटमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै समानुपातिक सांसद असिम...
-
२०८० पौष ६, शुक्रबार
प्रधानमन्त्रीले दिए मन्त्रिमण्डल पुनर्गठनको संकेत
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन हुने संकेत गरेका छन् । सरकारको एक वर्ष पुग्नै लागेको बेला दाहालले पार्टी पदाधिकारी बैठकमा मन्त्रालयको काम अपेक्षा गरेअनुसार नभएको उल्लेख गर्दै मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका हुन् । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले सरकारको कार्यशैली परिवर्तन गरी आक्रामक ढंगले काम गर्ने बताएको जानकारी...
-
२०८० पौष ५, बिहिबार
नवनियुक्त ६ जना न्यायाधीशहरुले लिए शपथ
काठमाडौँ - सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरूलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद...


