राजनीति
-
२०८० भाद्र ७, बिहिबार
नेता कार्कीको निधनमा कांग्रेसले दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने
काठमाडौैँ, नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उहाँको उपचारका क्रममा बुधबार निधन भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा...
-
२०८० भाद्र ६, बुधबार
संसद् सञ्चालन गर्न दलहरूबीच दुईबुँदे सहमति
काठमाडौं - संसद्को गतिरोध अन्त्यका लागि दलहरूबीच दुईबुँदे सहमति भएको छ ।बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरुबीचको बैठकले २ बुँदे सहमति जुटाएको हो । यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ । सुन प्रकरणमा सीआईबीको अनुसन्धान सकिएपछि एक महिनापछि मात्रै आयोग गठन गर्ने सहमति भएको हो । सिंहदरबारमा बसेको बैठकमा एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख...
-
२०८० भाद्र ५, मंगलबार
एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू हुने
काठमाडौं - अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई इआइएफ मिति तोकेको एमसीए नेपालले जानकारी दिएको छ । एमसिसी नेपाल...
-
२०८० भाद्र ५, मंगलबार
कोशीका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत
काठमाडौं - कोशीका प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत छन् । थापाले पक्षमा ४७ र विपक्षमा ३० मत पाए । उपस्थित सांसदको संख्या ७७ रहेको थियो । प्रदेशसभा बैठकको अध्यक्षता गरेका नेपाली कांग्रेसका सांसद इस्राईल मन्सुरीले पनि मतदान गरेपछि एमाले र राप्रपाका सांसदहरुले नाराबाजी गरेका थिए। नाराबाजीका बीच मन्सुरीले थापाले विश्वासको मत बहमुतले पाएको घोषणा गरे । साथै, आगामी बैठक भदौँ ६ गतेसम्मका...
-
२०८० भाद्र ५, मंगलबार
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन
काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ। ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो। श्रेष्ठले समिति समक्ष १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरेका थिए। यसअघि उनीविरूद्ध परेको उजुरीका विषयमा पनि आजै सुनुवाइ भएको थियो। उनीविरूद्ध तीनवटा...
-
२०८० भाद्र ४, सोमबार
ललिता निवास प्रकरण : माधव नेपालसँग सीआईबीले लियो बयान
काठमाडौं - सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालसँग सीआईबीले बयान लिएको हो । सीआईबीका अनुसार अध्यक्ष नेपाल नेपालसँग आइतबार राति बयान लिएको हो ।
-
२०८० भाद्र ४, सोमबार
बस्दै नबसी प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आजको बैठक स्थगित भएको र अर्को बैठक मंगलबार ३ बजे बस्ने सूचना प्रकाशित गरेका छन् । यसअघि आज अपराहन्न १ बजेका लागि बैठक तोकिएको थियो । सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ । संसदको अवरोध...
-
२०८० भाद्र ४, सोमबार
राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिए। बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका हुन् । संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा...
-
२०८० भाद्र १, शुक्रबार
निष्पक्ष अनुसन्धान गर्ने हो भने धेरै नेता जेल जान्छन् : रवि लामिछाने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अहिले नक्कली भूटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डमा आँखा चिम्लेर अनुसन्धान गर्ने हो भने देशका धेरै शिर्ष नेताहरू जेल जाने बताएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी झापा विर्तामोडको जनसभालाई सम्बोधन गर्दै यी तीनवटै काण्डमा कुनै नेता तथा पार्टीहरु अछुतो नरहेको बताउँदै निष्पक्ष छानबिन गर्ने हो भने, औंलामा गन्ने...
-
२०८० भाद्र १, शुक्रबार
सदनको अवरोध खुलाउन सभामुख र प्रधानमन्त्रीबीच छलफल
काठमाडौँ - प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल हुन लागेको हो । सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले...
-
२०८० श्रावण ३१, बुधबार
राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव...
-
२०८० श्रावण ३१, बुधबार
विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमकाबारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा...


