STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८० श्रावण १५, सोमबार

    माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

    काठमाडौं - नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ। सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको सचिव डिलाराम आचार्यले बताए। उनले भने, ‘१७ गतेबाट बस्ने बैठकको हाम्रो पार्टीले आधिकारिक ढंगबाट लाइभ गर्छ। बैठकको सुरुआतदेखि अन्त्यसम्म सबै बैठक लाइभ गर्ने निर्णय भएको छ।’ केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि बालुवाटारमा आज पदाधिकारी बैठक बसेको...

  • २०८० श्रावण १५, सोमबार

    एमालेको अडानपछि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

    काठमाडौं - प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको छैन । यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो । सोमबार पनि एमालेले त्यही अडान राखेपछि...

  • २०८० श्रावण १५, सोमबार

    रास्वपाकै कारण सरकार भ्रष्टाचारीको फाइल खोल्न बाध्य : लामिछाने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् । सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि...

  • २०८० श्रावण १५, सोमबार

    सत्ता गठबन्धन पाँचै वर्ष जान्छ : प्रचण्ड

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । सोमबार साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जान्छ । त्यसमा दायाँबायाँ हुँदैन । अब ढुक्कसँग काम गर्नुस् बीचमा थोरै गठबन्धन के होला जस्तो भयो । अब सबै अन्योल हटेको छ ।’ प्रधानमन्त्रीले हिजोमात्र प्रधानमन्त्री...

  • २०८० श्रावण १४, आइतबार

    घरजग्गा हटाएर खाली गर्न सूचना टाँस पछि घरधनी र व्यापारी आन्दोलित

    हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि स्थानीय घरधनी तथा व्यापारी आन्दोलित भएका छन् । उक्त कार्यालयले बारा जिल्लाको पथलैयादेखि हेटौँडासम्म र हेटौँडादेखि नारायणगढसम्मको सडक चौडा र बिस्तार गर्न अतिक्रमित २५ मिटर...

  • २०८० श्रावण १२, शुक्रबार

    राष्ट्रिय सभा बैठकमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

    काठमाडाैँ - राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको छ । बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत संलग्नता रहेको आरोप लगाउँदै अनुसन्धानका लागि...

  • २०८० श्रावण १२, शुक्रबार

    कोशीमा नयाँ सरकार गठन गर्न ७ दिने म्याद

    काठमाडौं - मुख्यमन्त्री उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार महिनादिन नपुग्दै पुनः नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउने सर्वाेच्चले अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले अबको ७ दिन अर्थात साउन १७ गतेभित्र संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश जारी गरेको हो । सर्वाेच्चले अब कुनै पनि...

  • २०८० श्रावण ११, बिहिबार

    सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

    राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गरेको छ । बैठकको प्रारम्भमै एमाले सांसद देवेन्द्र दाहालले सो घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो । “यो प्रकरणको निष्पक्ष छानबिनका लागि...

  • २०८० श्रावण ११, बिहिबार

    कांग्रेस महासमिति बैठक मङ्सिर १३ देखि १५ गतेसम्म

    काठमाडौं - नेपाली कांग्रेसले आगामी मङ्सिर १३ देखि १५ गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा बोलाउने निर्णय गरेको छ । कांग्रेसको आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानबमोजिम नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी मङ्सिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक बोलाउने निर्णय गरेको हो । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको हो ।...

  • २०८० श्रावण १०, बुधबार

    एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं - प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ । आजको बैठकको आकस्मिक समय चलिरहेको बेला सो पार्टीका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरे। एमालेका सांसदहरू ‘सुन तस्करीलाई कारबाही गर’लगायत नारा लगाउँदै ‘रोष्टम’ घेर्न पुगेका थिए । त्यसपछि...

  • २०८० श्रावण १०, बुधबार

    सुन तस्करी प्रकरणमा गृहमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्छ : रवि लामिछाने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । साथै उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए । संसदको बुधबार बसेको बैठकमा समय लिएर बोलेका रास्वपा सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरे । ‘...

  • २०८० श्रावण १०, बुधबार

    सय केजी सुन प्रकरणबारे गृहमन्त्रीसँग जवाफ माग गर्ने एमालेको निर्णय

    काठमाडौँ - प्रमुख प्रतिपक्ष दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे जवाफ माग्ने भएको छ । बुधवार बसेको संसदीय दलको बैठकले उक्त प्रकरणबारे आफ्ना धारणा संसद्मा राख्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । ‘सुन प्रकरणबारे गहिराइसम्म पुगेर गम्भीरतापूर्वक छानबिन हुनुपर्छ । भरियालाई मात्र होइन सुन ल्याउने मान्छे को हो त्यसको जडसम्म पुग्नुपर्छ’,...

Pages