STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८० श्रावण ३०, मंगलबार

    नेपाल र भट्टराईमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनु आश्चर्यजनक : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतको आदेशप्रति आश्चर्य प्रकट गरेका छन्। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएपछि उनले आश्चर्य प्रकट गरेका हुन्। मंगलबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले अनुसन्धान प्रक्रियाबाटै सरकारले त्यस ठाउँमा पुग्ने तयारी गरिरहेको बताए। 'ललिता...

  • २०८० श्रावण २९, सोमबार

    नवनियुक्त मन्त्री अनितादेवीको प्रतिबद्धता : सुशासनयुक्त प्रभावकारी सेवा

    काठमाडौँ - नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने  बताएकी छन् । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढङ्गले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताइन् । मन्त्री अनितादेवीले सङ्घीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा...

  • २०८० श्रावण २९, सोमबार

    सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने गठबन्धनको निर्णय

    काठमाडौँ । सत्तारुढ दलहरुको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको हो । नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । तर सत्ता गठबन्धनको...

  • २०८० श्रावण २९, सोमबार

    सुन तस्करीको छानबिन सीआईबीबाटै गर्नुपर्ने कांग्रेसको निष्कर्ष

    काठमाडौं– प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी एमालेसहितका केही दलले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले भने सीआईबीबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो । संसदीय दल बैठकले...

  • २०८० श्रावण २८, आइतबार

    ओलीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

    ललितपुर - प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । उनले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले...

  • २०८० श्रावण २८, आइतबार

    निर्माण व्यवसायीहरू आन्दोलित, सडक र सिँचाइ विभागमा ताला

    काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन आइतबारदेखि सुरु भएको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिएर ताला लगाएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा ताला लगाएको थियो भने वरिष्ठ उपाध्यक्ष ई. आङ दोर्जी लामा (ए.डी.) नेतृत्वको टोलीले सिंचाई विभागमा ताला...

  • २०८० श्रावण २८, आइतबार

    जनमतकी अनिता देवी सामान्य प्रशासनमन्त्री, सपथ सोमबार बिहान १० बजे

    काठमाडौं - नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह नियुक्त हुने भएकी छन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी गरिएको छ । जनमतले अनिता देवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस...

  • २०८० श्रावण २८, आइतबार

    सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी निर्णय

    काठमाडौं - जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्री मोदी फिर्ता भएसँगै जनमतबाट उक्त मन्त्रालयको जिम्मेवारी अनिता देवी साहले सम्हाल्न लागेकी छन् । मोदी मोरङ क्षेत्र...

  • २०८० श्रावण २८, आइतबार

    ओलीको बोली र प्रचण्डको गोली मन नपराउने बालेन

    काठमाडौँ - काठमाडौँ महानगरमा मेयर बालेन शाहले नेताहरुलाई व्यंग्य गरेका छन् । शनिबार एक पोष्ट गर्दै बालेनले आफुलाई नेता मन नपर्ने उल्लेख गरेका छन् । कविता शैलीमा एक पोष्ट गर्दै बालेनले केपी ओलीको बोली मन नपर्ने, शेरबहादुर देउवाको टोली मन नपर्ने र प्रचण्डको गोली मन नपर्ने लेखेका छन् । उनले लेखेका छन्ः मलाई नेता मनपर्दैन , तिमीलाई नि त मनपर्दैन , मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन , तिमीलाई...

  • २०८० श्रावण २८, आइतबार

    समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमै फर्कियो

    काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर आज पूर्ववत् पार्टी नेकपा (एमाल)मा फर्किएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटामा प्रवेश गराएका हुन् । तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि हुनुहुन्छ । सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी थिए ।...

  • २०८० श्रावण २६, शुक्रबार

    नक्कली प्रमाणपत्र प्रकरण : पक्राउ परेका सांसदलाई थुनामुक्त गर्न अदालतको आदेश

    काठमाडौं- नक्कली प्रमाणपत्र प्रकरणमा बिहीबार पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । थुनामा राख्नका लागि शुक्रबार म्याद लिन पुगेको सरकारी वकिललाई अदालतका न्यायधीश दन्डपाणी शर्माकाे इजलाशले शर्मालाई थुनामा राख्न नपर्ने आदेश दिएकाे हाे । अदालतले थुना बाहिर राखेर नै शर्मालाई अनुसन्धान गर्न पनि आदेश दिएको छ। प्रहरीको केन्द्रीय...

  • २०८० श्रावण २३, मंगलबार

    संसद्मा एमालेको अवरोध जारी, अर्को बैठक बुधबार बस्ने

      काठमाडौं - गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आफ्नो भनाइ राखेलगत्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु सिटबाट जर्याकजुरुक उठेर पुनः विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले सांसदहरुलाई आफ्नो सिटमा बसेर बैठकलाई अघि बढाउन आग्रह गरे पनि एमालेका सांसदहरुले आफ्नो माग पूरा नभएसम्म बैठक अघि नबढ्ने अडान यथावत नै राखेको छ । सुन तस्करी प्रकरणमा एमालेले उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म बैठक अघि...

Pages