STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८२ भाद्र २६, बिहिबार

    जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्‍यो, हजारबढी घाइते

    काठमाडौं - जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो । समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ६१ जना घाइते उपचाररत छन् । मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६,...

  • २०८२ भाद्र २६, बिहिबार

    सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै भद्रकालीस्थित जंगीअड्डा पुगे युवाहरू

    काठमाडौँ - सेनासँग जेनजीको वार्ता चल्दै गर्दा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा असन्तुष्टि पोखेका छन् ।  उनीहरुले जेनजीको नेतृत्व बालेन शाह र हर्क साम्पाङ जस्ता युवा गर्नुपर्ने माग गरेका हुन् । जेनजीहरुको तर्फबाट नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको नाम अगाडि आएपनि उनीहरुले बालेन र हर्क जस्ता युवाहरू अगाडि आउनुपर्ने धारणा...

  • २०८२ भाद्र २६, बिहिबार

    जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं, कार्की तयार, बालेनको पनि समर्थन

    काठमाडौं - जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीयज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा भइरहेको छ ।’ सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ । बुधबार दिनभर जनेजी युवाले...

  • २०८२ भाद्र २५, बुधबार

    नयाँ नेतृत्वका लागि सुशिला कार्कीलाई बालेन्द्र शाहको समर्थन

    काठमाडौं - आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् । जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव...

  • २०८२ भाद्र २५, बुधबार

    प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश कार्की सिफारिस, जेनजीले अघि सारे साझा माग

    काठमाडौँ - डिस्कोर्डमा प्रायः दिनभर चलेको जेन जी युवाहरूको छलफलबाट आगामी अन्तरिम सरकारको नेतृत्वमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्ने सहमति जुटेको छ । भोटिङ पोल मार्फत सर्व स्वीकार्य नेतृत्वको रूपमा कार्कीको नाम टुङ्ग्याइएको हो । जेन जी आन्दोलनकर्मीहरूले आजै कार्कीको नाम प्रधान सेना पति समक्ष सिफारिस गर्ने बताइएको छ । प्रधान सेनापतिले देशको अन्तरिम प्रधानमन्त्री नियुक्तिका...

  • २०८२ भाद्र २५, बुधबार

    झलनाथ पत्नी बोल्नसक्ने अवस्थामा

    काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए । त्यसवखत झलनाथ घरबाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै थिइन् । घरबाट समयमै बाहिर...

  • २०८२ भाद्र २५, बुधबार

    जेनजीको एउटा समूह वृहद भर्चुअल वैठकमा

    काठमाडौं - राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले जेन जीहरू आफ्नो एजेन्डाहरू बनाउन भर्चुअल छलफलमा जुटेका छन् । डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका हुन् । छलफलमा उनीहरूले अब कसरी अगाडि बढ्ने रु शासकीय स्वरूप कस्तो हुने रु कार्यकारीको शासन अवधि कति हुने रु भन्ने लगायतका विषयमा छलफल गरिरहेका छन् । यस्तै, उनीहरूले वार्ताका लागि कसलाई पठाउने, नेतृत्वमा कसलाई...

  • २०८२ भाद्र २५, बुधबार

    प्रधानसेनापतिसँग सैद्धान्तिक कुरा नमिलेपछि जेनजीसँग सहमति जुटेन

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापतिसँगको जेन जीका प्रतिनिधिको पछिल्लो छलफलमा सहमति नजुटेको बताइएको छ। प्रधानसेनापतिसँगको छलफलबाट बाहिर निस्केको भन्दै जेन जी प्रतिनिधि रक्षा बमले केही सैद्धान्तिक कुरा नमिलेको बताएकी छन्।  म आजको छलफलबाट बाहिर निस्किसकेँ है, उनले भनेकी छन्, हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ। यसअघि गए राति पनि उनै बमसहित जेन जीका ९ प्रतिनिधि र...

  • २०८२ भाद्र २५, बुधबार

    सुन्धारा कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पनि भागे

    काठमाडौं - सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो । त्यसैगरी महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका छन् । भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी पनि भागेको स्रोतले...

  • २०८२ भाद्र २५, बुधबार

    टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा ३ दिन नि:शुल्क

    काठमाडौं । नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो । नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि प्रदान गरिएको जानकारी दिए । यो सुविधाका लागि ग्राहकहरूले डेटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा...

  • २०८२ भाद्र २५, बुधबार

    देशभर निषेधाज्ञा र कर्फ्यु

    काठमाडौँ - नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ।  नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ। नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि भाद्र २६ गते...

  • २०८२ भाद्र २५, बुधबार

    आज जेनजीसँग वार्ता हुँदै, सेनाले माग्यो प्रतिनिधिको नाम

    काठमाडौं - वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। बिहान ८ बजेभित्र नाम दिन सेनाले जेनजी समूहसँग आग्रह गरेको हो। सेनाको यो सन्देश प्राप्त गरेपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको छ। उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन्। हामी नेपाल समूहमा केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

Pages