STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८२ भाद्र २५, बुधबार

    झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले लगाए आगो

    झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मंगलबार प्रदर्शनकारीले आगो लगाएका हुन्। अहिले भ्यू टावरबाट धुवाँको मुस्लो निस्किरहेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा राज्यको सम्पत्ति खर्च गरेर भ्यू टावर निर्माण गर्न लगाएको भन्दै उनी आलोचित थिए। 

  • २०८२ भाद्र २५, बुधबार

    आन्दोलनका नाममा हुने लुटपाट अस्वीकार्य • आज वार्तामा बस्ने जेनजीको घोषणा

    काठमाडौँ - भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्ध उर्लिएको जेनजी आन्दोलनका कार्यक्रम संयोजकले नेपाल निर्माणको उद्देश्य नजिक पुगेको दाबी गर्दै आफ्नो आन्दोलनका क्रममा केही तत्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै ध्यानाकर्षण गराएको छ। साथै आज बुधबार सम्बन्धित पक्षहरूसँग वार्ताको चरणमा प्रवेश गर्ने जानकारी पनि दिएका छन् । केहीबेर अघि जारी गरिएको एक विज्ञप्तिअनुसार...

  • २०८२ भाद्र २५, बुधबार

    प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ र महाराजगञ्जमा एकजना प्रहरीको मृत्यु

    काठमाडौँ - जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौँको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् । आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । कोटेश्वर प्रभागमा कार्यरत ३ जना प्रहरीहरू हताहती भएको सूचना आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।...

  • २०८२ भाद्र २५, बुधबार

    रवि लामिछाने जेलबाट निस्केको भन्दै विरोध • टिकटकमा चलाए 'नो रवि ट्रेन्ड’

    काठमाडौं- जेनजी आन्दोलनको फाइदा उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेलबाट निस्केको भन्दै विरोध हुन थालेको छ । आफूलाई पछिल्लो आन्दोलनको हिस्सा मान्ने केही जेनजी उमेर समूहका युवाहरूले नै टिकटकमा 'नो रबि' ट्रेन्ड चलाएका छन् । उनीहरूले रवि बेदाग नरहेको भन्दै उनको रिहाइको विरोध गरेका छन् । रविका कारण जघन्य अपराधका अरु अपराधीसमेत भागेकोमा जेनजीहरू रुष्ट छन् । 'हामी रवि...

  • २०८२ भाद्र २४, मंगलबार

    पशुपतिनाथमा अराजक समूह पुगेपछि खटियो सेना

    काठमाडौं - पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको अनलाइनखबरसँग पुष्टि गरे। जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्। एक जेनजी प्रदर्शनकारीले भने, ‘खासमा यति धेरै आगजनी राति अबेरसम्म यस्तो स्थिति बनाउने हाम्रो...

  • २०८२ भाद्र २४, मंगलबार

    जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

    काठमाडौं -  राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्।  मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका हुन्। उनले जेन्जीका प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्तामार्फत् मार्ग खोज्न सकिने विश्वास व्यक्त गर्दै...

  • २०८२ भाद्र २४, मंगलबार

    आगजनीमा परी झलनाथ पत्नी रविलक्ष्मी चित्रकार घाइते, अवस्था चिन्ताजनक

    काठमाडौं - प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सघ्त घाइते भएकी छन् । उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको खबर प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

  • २०८२ भाद्र २४, मंगलबार

    राष्ट्रपति भवन र पूर्व राष्ट्रपति भण्डारीको घरमा आगो लगाइयो

    काठमाडौं - जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण भएको छ।  प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको घर जलाए यसैगरी जेनजी प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन्...

  • २०८२ भाद्र २४, मंगलबार

    राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्केको सुरक्षा स्रोतले पुष्टि गरेको छ । अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता नेपाली सेनाको सुरक्षामा अज्ञात स्थानमा रहेको स्रोतले जनाएको छ । भैंसेपाटी निवासबाट हेलिकप्टरबाट उद्धार गरिएका उपप्रधानमन्त्री विष्णु पौडेलसहित अधिकांश मन्त्रीहरू सेनाकै सुरक्षामा छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर...

  • २०८२ भाद्र २४, मंगलबार

    सर्वोच्च अदालत जलेर तहसनहस

    काठमाडौं- जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत र त्यहाँ रहेका कागजात पनि जलाइदिएका हुन् । उनीहरूले सिंहदरवारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयलगायतका अन्य मन्त्रालयहरूमा पनि आगजनी गरेका छन् । अहिले प्रदर्शन झनै उग्र बन्दै गइरहेको छ ।

  • २०८२ भाद्र २४, मंगलबार

    प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

    काठमाडौं - प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

  • २०८२ भाद्र २४, मंगलबार

    राष्ट्रपतिको बोहराटारस्थित घर तथा गगन थापाको घरमा आगजनी

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन्। सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको...

Pages