STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ ३०, शुक्रबार

    जोर–बिजोर उल्लङ्घनमा तीन सय बढी कारबाहीमा, चालकमात्र चढ्न भन्नु 'अव्यावहारिक'

      काठमाडाैं - मोटरसाइकललगायत दुई पांग्रे सवारीमा चालकमात्र चढ्न दिनु अव्यावहारिक भएको गुनासो सर्वसाधारणले गरेका छन् । जोर–विजोर लागु भएको आज पहिलो दिन यस नियमको उल्लंघन गर्ने सयौं सर्वसाधारण कारबाहीमा परेका छन् । योबाहेक चालकलाई मात्र चढ्न दिएकाले मोटरसाइकललाई जोर बिजोर लागु हुने नहुने भन्ने अन्योल पनि सर्वसाधारणमा परेको देखिन्छ । जसले गर्दा शुक्रबार उपत्यकाका सडकमा जोरबिजोर दुवै नम्बर प्लेटका...

  • २०७७ जेठ ३०, शुक्रबार

    एकै दिन संक्रमित बढ्नेमा रेकर्ड, शुक्रबार ४४८ जनामा स‌ंक्रमण पुष्टि, स‌ंक्रमणबाट मृत्यु हुने १६ पुग्याे

    काठमाडौं - नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमितमध्ये ८७७ जना उपचारपछि निको भएका छन् । शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर...

  • २०७७ जेठ २९, बिहिबार

    असार १ देखि सरकारी कार्यालयहरु पनि खुल्ने

    काठमाडाैं - बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले पसलहरु खोल्न दिने तथा काठमाडौं उपत्यकालगायतका कोरोना भाइरसको संक्रमण कम देखिएका क्षेत्रमा जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । सरकारले लकडाउन मोडालिटी बनाउँदै स्थिति हेरी लकडाउन खुकुलो बनाउने...

  • २०७७ जेठ २९, बिहिबार

    बालुवाटारकाे आजकाे विरोध प्रदर्शनमा अश्रुग्यास र पानीकाे फाेहरा

    काठमाडौं - सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।...

  • २०७७ जेठ २९, बिहिबार

    सरिता गिरीकाे अहम् - ‘पार्टीको कारवाही मञ्जुर तर विधेयक फिर्ता लिन्नँ’

    काठमाडौँ - समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सचिवालयबाट विधेयक फिर्ता लिन आग्रह गर्न नेताहरु उनकै घरमै पुगेका छन् । समाजवादी पार्टीको संसदीय दलले विधेयक फिर्ता लिन दिएको निर्देशन पत्र बुझाउन हिजो सांसद गिरीलाई पटक–पटक फोनबाट सम्पर्क गर्दा फोन उठेको थिएन । पछि गिरीको फोन नै अफ भएपछि पार्टीका नेताहरु निवासमै पुगेका हुन् । पत्र लिएर संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया पुगेका थिए ।...

  • २०७७ जेठ २९, बिहिबार

    थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    काठमाडाैं - बितेको २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको...

  • २०७७ जेठ २९, बिहिबार

    लकडाउन खुकुलाे : अझै के के गर्न राेक लगाइएकाे छ त !

    काठमाडौं - सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा अर्थ र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसअनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् । यसैगरी सबै...

  • २०७७ जेठ २९, बिहिबार

    जोरविजोर प्रणालीमा निजी सवारी, मोटरसाइकलमा चालकमात्र बस्नुपर्ने

    काठमाडौं - सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो...

  • २०७७ जेठ २९, बिहिबार

    असारभित्रै विद्यार्थीलाई एसईईको प्रमाणपत्र

    काठमाडाैं - मन्त्रीपरिषद्को बुधबार सम्पन्न बैठकले विद्यालयले आन्तरिक मुल्याङकनको आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको थियो । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले असार महिनाभित्र एसईईको सबै काम सक्नेगरी तयारी भैरहेको बताउनुभएको छ ।  गत चैतमा ५ गते स्थगित भएको २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नहुने भएपछि मन्त्रालयले कार्यविधि निर्माण शुरु गरेको छ...

  • २०७७ जेठ २८, बुधबार

    थप २७९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ४३६४ पुग्याे

    काठमाडौँ – नेपालमा बुधबार २७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २५७ जना पुरुष र २२ जना महिला गरी नयाँ संक्रमितको संख्या २७९ रहेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ड भएका छन् भने १५ जनाले...

  • २०७७ जेठ २८, बुधबार

    अब पसलहरु खुल्ने, जाेरबिजाेरमा गाडी चलाउन पाउने, एसईई परीक्षा नहुने (सुचीसहित)

    काठमाडाैं - सरकारले सबै पसल र निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । यो निर्णय बिहीबारदेखि नै लागू हुने...

  • २०७७ जेठ २७, मंगलबार

    चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

    काठमाडाै‌ं - चितवनमा उपचाररत रहेका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८बर्सिय पुरुषको मृत्युु भएको हो।  उनलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो  । मंगलबार बिहान ७ बजेर ६ मिनेटमा उनको मृत्युु भएको अस्पतालले जानकारी दिएको छ। उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । 

Pages