राष्ट्रिय
-
२०७७ आषाढ ८, सोमबार
एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना
सुरज भण्डारी टेक्सस गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिनुभयो । प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन...
-
२०७७ आषाढ ८, सोमबार
लकडाउनको पनि शुल्क बुझाउन निजी विद्यालयहरुकाे आग्रह, अनलाइन कक्षाकाे शुल्क लाग्ने !
काठमाडौं । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन-प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको...
-
२०७७ आषाढ ८, सोमबार
थप ५३५ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ९५६१ पुग्यो
काठमाडौं : सोमबार ५३५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार ३७१ र आरडीटी विधिबाट दुई लाख ६८ हजार १०३ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला पीसीआर विधिबाट ६ हजार १९८ जनाको नमुना परीक्षण गरिएको छ...
-
२०७७ आषाढ ७, आइतबार
अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन १६ उडान
काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएको थियो । विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो । शनिबारमात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका...
-
२०७७ आषाढ ७, आइतबार
आइतबार खण्डग्रास सूर्यग्रहण, तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट देखिने
आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाँले बताउनुभयो । शास्त्रीय मान्यताअनुसार असार ६ गते...
-
२०७७ आषाढ ७, आइतबार
नेपालमा काेराेना संक्रमितको संख्या ९ हजार नाघ्याे, मृत्यु हुने २३ जना
काठमाडौं : शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितको संख्या ९ हजार २६ पुगेको हो। याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा...
-
२०७७ आषाढ ७, आइतबार
बाँकेमा कोरोनासँगै बाढीको कहर
राँझा, ७ असार : कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरु भएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढेको छ । पहाडी भेगमा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि यहाँको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको नदी नजीकका बस्ती डुबानको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार...
-
२०७७ आषाढ ७, आइतबार
देशभर मनसुन सक्रिय
काठमाडौँ, ७ असार : केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यस वर्ष जुन १२ (जेठ ३०) गते नेपालको पूर्वी भू–भाग हुँदै मनसुन भित्रिएको थियो । महाशाखाले आगामी २४ घण्टा देशको धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै...
-
२०७७ आषाढ ७, आइतबार
दुई सातामै पक्की पुल भत्कियो
काठमाडाैं - रुपन्देहीको छपियामा ढलान सकिएको दुई सातामै पक्की पुल भत्किएको छ। सियारी गाउँपालिका वडा नम्बर ५ र मायादेवी गाउँपालिकालाई जोड्ने दानव खोलामाथिको उक्त पुल शनिबार साँझ करिब ६ बजे भत्किएको हो। २०७२/०७३ मा ठेक्का सम्झौता गरिएको उक्त पुल जेठ २६ गते प्रिस्ट्रेसिङ प्रविधिबाट ढलान गरिएको थियो। डिभिजन सडक कार्यालय बुटवलका प्रमुख ईन्जिनियर मेघराज मरासिनीले अरु पुलहरु ढलान गर्दा टेकाले अडाउने...
-
२०७७ आषाढ ७, आइतबार
राष्ट्रिय कविता महोत्सव स्थगित
काठमाडाैं - कोभिड–१९ का कारण नेपाल प्रज्ञा–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरेको छ । प्रतिष्ठानले आज सूचना जारी गरी कोभिड–१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरेको जनाएको हो । महोत्सवका लागि समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता जेठ २५ गतेसम्म पठाउन...
-
२०७७ आषाढ ७, आइतबार
चीन र भारतबीचको द्वन्द्वकाे समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न नेपालको आग्रह
काठमाडाैं - सरकारले चीन र भारतबीच उत्पन्न पछिल्लो द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्र राष्ट्रहरुबीचको द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नेपालको स्थापित मान्यता रहेको स्पष्ट गर्दै सरकारले नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको बताएको छ । छिमेकी मित्रराष्ट्र भारत र चीनबीच गलवान उपत्यका क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम असल...


