राष्ट्रिय
-
२०७७ आषाढ २, मंगलबार
३६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरूवा
काठमाडौं – प्रहरी प्रधान कार्यालयले असार १ देखि लागु हुनेगरी ३६ प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ । महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णय अनुसार उनीहरूले असार महिनाको तलब, भत्ता समेत सरूवा भएको ठाउँबाट खानेछन् । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानको पनि सरूवा भएको छ । उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा तानिएको छ । भक्तपुरमा अब नयाँ एसपीको रुपमा...
-
२०७७ आषाढ २, मंगलबार
श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै
काठमाडाैं असार २ - विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज बिहान कोलम्बो उडेको छ । नेपालबाट ४१ यात्रु लिएर कोलम्बो उडेको जहाज आजै उताबाट नेपाली लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ...
-
२०७७ आषाढ २, मंगलबार
असार मसान्तसम्म सवारी करमा जरिवाना नलाग्ने
काठमाडाैं - बाग्मती प्रदेशले चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने भएको छ। अनुमती पत्रको म्याद नाघेको जरिवाना, सवारी कर, अन्य दस्तुर तथा जरिवाना नलिने निणर्य भएको भौतिक पूर्वाधार विकाश मन्त्रालय, बाग्मती प्रदेशले जानकारी दिए। गत १ गते देखि यातायात कार्यालय खुलेपनि जरिवाना कती असुल गर्ने भन्नेबारे भन्ने अन्यौल भएको थियो। विभिन्न यातायात कार्यालयहरुले सूचना नै जारी...
-
२०७७ आषाढ २, मंगलबार
असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण
पूर्णप्रसाद मिश्र असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उहाँले बताउनुभयो ।...
-
२०७७ आषाढ २, मंगलबार
एकै दिन ३८० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्याे
काठमाडौं - मंगलबार एकै दिन तीन सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ३८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताएका छन् । योसँगै संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिलेसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा पाँच...
-
२०७७ आषाढ १, सोमबार
मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर लागु, चालकमात्रै बस्नुपर्ने पनि यथावत
काठमाडौं - अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ । सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएकाे थियाे । तर, पुन: ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएअनुसार प्रहरीलाई स्पष्ट निर्देशन दिइसकेकाे र अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर...
-
२०७७ आषाढ १, सोमबार
उपत्यकाका ५ जना सहित एकैदिन ४५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - सोमबार एकै दिन काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमितसहित ४५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ४५१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार २११...
-
२०७७ जेठ ३२, आइतबार
नेपालमा मनसुन भित्रियो
काठमाडौं – नेपालमा मनसुन भित्रिएको छ । सामान्यतयाः १० जुन मा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो । १२ जुनमा पूर्वी नेपालबाट...
-
२०७७ जेठ ३२, आइतबार
थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्याे
काठमाडौं - आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । आइतबार थप ६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या ९७४ पुगेको छ।...
-
२०७७ जेठ ३२, आइतबार
पर्वतको कुश्मामा पहिरो जाँदा ३ को मृत्यु, ६ बेपत्ता
काठमाडौं – पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको भने ६ जना बेपत्ता भएका छन् । पहिरोले दुईवटा घर पुरिएको छ । राति ९ बजे पहिरो गएको जनाइएको छ । प्रहरीले जनाएअनुसार मृत्यु हुनेहरुमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।...
-
२०७७ जेठ ३१, शनिबार
थप २७३ जनामा संक्रमण, कुल संक्रमित ५३३५ र १८ जनाकाे मृत्यु पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो । पर्सामा जेठ २८ गते एक पुरुषको...
-
२०७७ जेठ ३०, शुक्रबार
‘नेपाल–इजरायल कोरोना योजना’ गठन
विजयरत्न असंबरे कोराेनाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक चिकित्सकीय व्यवस्थापनका लागि नेपाल–इजरायल केरोना योजना (एनआइसीआई ) गठन गरेको कुरा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभएको छ । कोभिड–१९ को उपचार सम्बन्धी ज्ञान र अनुभव एकापसमा आदान–प्रदान गर्दै कोरोना सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल–इजरायल कोरोना योजना (एनआइसीआई) गठन भएको हो । गत...


