STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आषाढ ६, शनिबार

    उपत्यकामा थप ८ जनामा कोरोना पुष्टि, कुल स‌ंक्रमित ८६०५ पुग्याे

    काठमाडौं - काठमाडौंमा पनि दिनहुँ कोरोना संक्रमितको संख्या थपिदै गएका छन् । दुई दिन यता उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएकोमा शनिवार थप ८ जनामा कोरोना पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको संख्या थपिदै गएको बेलामा काठमाडौँ उपत्यकामा पनि संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो समय देशभरका अन्य क्षेत्रको तुलनामा काठमाडौँमा कम संक्रमित देखिए पनि पछिल्लो समय यो संख्या बढ्दै गएको हो। स्वस्थ्य तथा...

  • २०७७ आषाढ ६, शनिबार

    नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो तीन दिन लगाएर पन्छाइयो

    नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो । निरन्तर पानी...

  • २०७७ आषाढ ६, शनिबार

    सरकारद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

    सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको...

  • २०७७ आषाढ ५, शुक्रबार

    काेराेनाका कारण विदेशमा मृत्यु हुनेकाे शव ल्याइयो

    काठमाडाैं - काेराेना संक्रमणका कारण विदेशमा मृत्यु भएका नेपालीको शव काठमाडाैं आइपुगेका छन। खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै ती शव काठमाडाैं ल्याइएकाे हाे । विदेशमा मृत्यु भएका मानिसको शव उडान शुरु भएसँगै ल्याउन थालिएको हो। शुक्रवार बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा शव ल्याइएको थियो। कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र यूएईको दुबईबाट आएको नेपाल एअरलाइन्सले सिन्धुपाल्चोकका एक जनाको शव...

  • २०७७ आषाढ ५, शुक्रबार

    टोखाको हरेक वडामा व्यायामशाला बनाइने

    काठमाडौँ, ५ असार - टोखा नगरपालिकाले ‘एक वडा, एक व्यायाम शाला’ निर्माण गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ को तनावलाई मुक्त गर्न तथा नगरपालिकामा खेलकूद क्षेत्रको विकासका लागि व्यायामशाला निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ को तनावलाई कम गर्नका लागि युवा, महिला र बालबालिकालाई लक्षित गरेर व्यायामशाला...

  • २०७७ आषाढ ५, शुक्रबार

    असार १० र १२ मा बेलायतका नेपालीकाे उद्धार

    लण्डन, ५ असार - कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन् । लण्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारीअनुसार यही असार १० र १२ गते नेपालका लागि उडान भर्ने निश्चित भएको छ । उडान लण्डनको ग्याटविक विमानस्थलबाट जजिरा एरवेजमार्फत दुवै दिन अपराह्न ठीक २ः४५ मा गरिने दूतावासका...

  • २०७७ आषाढ ५, शुक्रबार

    काठमाडौंमा थपिए ३ जना नयाँ संक्रमित, कुल संक्रमित ८२७४ पुग्यो

    काठमाडौं – काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको हो। बिहीबार मात्र उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता गौतमकाअनुसार ४२६ जनाको...

  • २०७७ आषाढ ५, शुक्रबार

    राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध

    काठमाडौं - सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार...

  • २०७७ आषाढ ४, बिहिबार

    पहिराेले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

    काठमाडौँ - भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा बिहीबार बिहान पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ । भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउन डोरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी...

  • २०७७ आषाढ ४, बिहिबार

    काठमाडौं उपत्यकामा ६ जनासहित एकैदिन ६७१ जनामा संक्रमण पुष्टि, मृत्यु हुने २२ पुग्यो

    काठमाडौ – काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार एकै दिन ६७१ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ जना काठमाडौंका, १ जना ललितपुरका र ३ जना भक्तपुरका गरी ६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप दुईजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ । काठमाडौंमा १...

  • २०७७ आषाढ ३, बुधबार

    एकै दिन ५८६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७, मृत्यु हुने २० जना पुग्याे

    काठमाडौं - बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बुधबार पाँच सय ८६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७ सय ७२ र आरडीटी विधिबाट दुई लाख ३३ हजार ५ सय ४३ जनाको नमुना परीक्षण...

  • २०७७ आषाढ २, मंगलबार

    जोर–बिजोर लागु गर्न सवारी पास खारेज

    काठमाडौं – निजी सवारी साधनलाई दिएको सवारी पास गृह मन्त्रालयले खारेज गरेको छ । सोमबार जोर विजोर प्रणालीलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले पास खारेज गर्ने निर्णय गरेको हो । मंगलबारदेखि लागू हुने गरी जिल्ला प्रशासनले जारी गरेको पास खारेज गरिएको हो । सरकारले कोरोना भाइरस संक्रमण फैलिएपछि अत्यावश्यक सवारीलाई जिल्लाभित्र ओहोरदोहोरका लागि पास उपलब्ध गराएको थियो ।

Pages