राष्ट्रिय
-
२०८१ कार्तिक १, बिहिबार
रासस नेपाल भाषा समाचार सेवा’ सुरु भएकामा स्वागत
काठमाडौँ, नेपाल भाषा समुदाय र सम्बद्ध विभिन्न सङ्घसङ्गठनले राष्ट्रिय समाचार समितिबाट ‘नेपाल भाषा समाचार सेवा’ आरम्भ भएकामा खुसी व्यक्त गर्दै स्वागत गरेका छन् । नेवा देय् दबु, नेपाल भाषा एकेडेमी, काठमाडौँ महानगरपालिका, भाषा आयोग, विराट् नेपाल भाषा सम्मेलन, न्हूदँ समारोह समिति, मङ्का खलःका प्रतिनिधि, सञ्चारकर्मी, पूर्वमन्त्री तथा भाषिक आन्दोलनका अगुवाले रासस कार्यालयमा उपस्थित भएर यसको...
-
२०८१ आश्विन ३०, बुधबार
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
काठमाडौँ, देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु...
-
२०८१ आश्विन ३०, बुधबार
मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी
महोत्तरी, मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् । असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई ‘कोजगरा’ (कोजाग्रत) भनिएको पाका मैथिल बताउँछन् ।...
-
२०८१ आश्विन ३०, बुधबार
राससले मैथिली र नेपाल भाषामा शुभारम्भ गरेकामा स्वागत
धनुषा, राष्ट्रिय समाचार समिति ९रासस०ले मङ्गलबारदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गरेकामा जिल्लास्थित विभिन्न सङ्घसंस्थाले स्वागत गरेका छन् । मुलुकमै नेपाली भाषापछि बढी बोलिने मैथिली भाषामा राससले समाचार सेवा सुरु गरेपछि मधेस प्रदेशमा खुसियाली व्यक्त गरिएको छ । विसं २०८० माघमा अवधी भाषामा समाचार सेवा थालनी गरेको राससले सोमबारदेखि परीक्षणका रुपमा मैथिली र नेपाल भाषामा समेत...
-
२०८१ आश्विन ३०, बुधबार
रेडियो नेपालमा दनुवार भाषा भाषा समाचार सेवा शुभारम्भ
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुुरुङले राज्यका निकायमा समावेशी प्रतिनिधित्व भएपछि मात्र समग्र विकासले गति लिने बताउनुभएको छ । रेडियो नेपालमा ‘दनुवार’ भाषाको आज शुभारम्भ गर्दै मन्त्री गुरुङले द्वन्द्वरहित समाज स्थापित गर्न र सुशासन कायम राख्नका लागि पनि समावेशी प्रणाली अपनाउनुपर्ने धारणा राख्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङका अनुसार नेपाल सानो भए पनि...
-
२०८१ आश्विन २९, मंगलबार
मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण
काठमाडौँ, आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गर्दैछ । आजसाँझदेखि ती दुवै भाषामा समाचार सेवा परीक्षणको रुपमा सुरुआत गर्न लागिएको हो ।गत माघदेखि स्थानीय ‘अवधी’ भाषा समाचार सेवा सञ्चालन गरिसकेको राससले आजबाट मैथिली र नेपाल भाषामा पनि समाचार सेवा प्रारम्भ गर्न लागेको हो । संविधानमा व्यवस्था भएअनुरुप राससले समावेशी चरित्रको रुपमा मातृभाषामा समाचार सेवा दिन सुरु गरिसकेको छ ।...
-
२०८१ आश्विन २८, सोमबार
नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी
काठमाडौँ, आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् । आफन्त टाढा हुनेका लागि...
-
२०८१ आश्विन २६, शनिबार
विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
काठमाडौँ,पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताउनुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताउनुभयो । “देशमा विद्यमान परिवर्तित राजनीतिक...
-
२०८१ आश्विन २३, बुधबार
रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै
राँझा (बाँके),नेपालगञ्जमा ऐतिहासिक संस्कृतिका रुपमा रहेको रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा सञ्चालन भइरहेको रामलीला मञ्चनको १५७औँ संस्करण हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । भारतको वृन्दावनबाट आएका कलाकारले गर्ने रामलीला मञ्चन हेर्न नेपालगञ्जवासी र टाढाटाढाबाट हरेक दिन राति सयौँको सङ्ख्यामा भक्तजन आउने गरेको रामलीला सञ्चालक समितिका...
-
२०८१ आश्विन २३, बुधबार
मिथिलामा आज दोस्रो दिन पनि ‘बेलनौत’
२३ असोजः मधेसको मिथिलाक्षेत्रमा आज दोस्रो दिन पनि यता दशहारा भनिने दसैँ पर्वको ‘बेलनौत’ गरिँदैछ । परम्परागत रुपमा शारदीय नवरात्रको छैटौँ दिन षष्ठी (खस्टी) तिथिका दिन गरिने यो उत्सवमय विधि यसपालि तिथिको घटबढले ठाउँठाउँमा अघिपछि परेको हो । मङ्गलबार बिहान ७ बजेर १० मिनेटपछि सुरु भएर आज बिहान ७ बजेर ३३ मिनटसम्म षष्ठीको भोग मिथिलामा प्रचलित विद्यापति र मिथिला पञ्चाङ्गले देखाएका छन् । सामान्यतया...
-
२०८१ आश्विन २१, सोमबार
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार
काठमाडौँ, प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे...
-
२०८१ आश्विन १७, बिहिबार
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
गोरखा- गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ। नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको...


