STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १६, सोमबार

    फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका कुरुम्बाङ विजयी

    पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गर्नुभएको हो । गए राति सम्पन्न मतपरिणामानुसार कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै समाजवादी...

  • २०७६ मङ्सिर १६, सोमबार

    पोखरामा नेकपाको विजयसभा

    नेपाल कम्युनिष्ट पार्टी नेकपाले कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जीत प्राप्त गरेपछि आज पोखरामा विजयसभाको आयोजना गरेको छ । सभामा नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित विद्या भट्टराईलाई बधाई दिनुभयो । उहाँले विकास र राष्ट्रियता बचाऊ अभियानमा कम्युनिष्ट पार्टीको विकल्प हुन नसक्ने...

  • २०७६ मङ्सिर १६, सोमबार

    दाङ क्षेत्र नं ३ ख मा नेकपाका ओली विजयी

    दाङ क्षेत्र नं ३ ख मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार विमलाकुमारी ओली विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । नेकपाकी उम्मेदवार खत्री ओलीले २४ हजार २८६ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार आचार्यले १९ हजार...

  • २०७६ मङ्सिर १६, सोमबार

    अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता

    आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए । श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा...

  • २०७६ मङ्सिर १६, सोमबार

    डडेल्धुरामा १३६ एचआइभी सङ्क्रमित

    डडेल्धुरामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । एचआइभी सङ्क्रमित हुनेमध्ये बढीजसो कामको सिलसिला र रोजगारीका लागि भारत जानेमा बढी भएको एक तथ्याङ्कले जनाएको छ । एचआइभी सङ्क्रमित १३६ जनामध्ये डडेल्धुरामा हालसम्म ९६ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन् । बाँकी सङ्क्रमितले पुनं कामका लागि अन्य स्थान वा भारत जाने–आउने क्रमले गर्दा नियमित औषधि सेवन नगरेको तथ्याङ्कले देखाएको छ । तीमध्ये आठ...

  • २०७६ मङ्सिर १६, सोमबार

    महोत्तरीका चार पद चार दलका पोल्टामा

    महोत्तरी जिल्लामा चार वटा विभिन्न पद चारै दलका पोल्टामा परेका छन् । उपनिर्वाचनमा जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टीे नेपाल र समाजवादी पार्टी एक एक पदमा निर्वाचित भएका छन् । पिपरा गाउँपालिकाका अध्यक्षमा नेकपा का विक्रम चौधरी तीन हजार २४९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम...

  • २०७६ मङ्सिर १६, सोमबार

    कास्कीमा १९ उम्मेदवारको जमानत जफत

    कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टीनेकपा र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका...

  • २०७६ मङ्सिर १६, सोमबार

    वडा कार्यालय भवन उद्घाटन

    विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताउनुभएको छ । विराटनगर वडा नं १७ को नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गर्नुभयो । रानीमा नवनिर्मित सो भवन रु ६३ लाख लागतमा निर्माण गरिएको हो । उन्नाइस वटा वडा रहेको महानगरपालिकामा वडा नं। ५, १५ र १८ का वडा कार्यालय...

  • २०७६ मङ्सिर १६, सोमबार

    उपनिर्वाचन २०७६ःपचास स्थानको नतिजा सार्वजनिक

    प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपा अग्रस्थानमा छ । हालसम्म घोषित ५० स्थानको मतपरिणाममा नेकपाले २९ स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले चार स्थानमा विजय प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी...

  • २०७६ मङ्सिर १६, सोमबार

    जनताको आशा र भरोसा टुट्न दिनेछैनः भट्टराई

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा उम्मेदवार विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिइने बताउनुभएको छ । मङ्सिर १४ गते सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेसँगै आइतबार साँझ पत्रकारसँग कुरा गर्दै उहाँले जनताले जुन उत्साहका साथ मतदान गरेर जिताउनुभयो अबको बाँकी समय तिनकै सेवक भएर बिताउँछु भन्नुभयोे । “राजनीतिमा अझै पनि धेरै चुनौती छन्...

  • २०७६ मङ्सिर १६, सोमबार

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

    उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोे छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेखनीय सुधार भएको जनाइएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

  • २०७६ मङ्सिर १६, सोमबार

    रक्षाको समीक्षा वित्तीय प्रगति कमजोर

    रक्षा मन्त्रालयमातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कमजोर देखिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार बसेको आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको पहिलो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा मातहतका निकायबाट सञ्चालित कार्यक्रम र आयोजना प्रगतिबारेमा गहन...

Pages