राष्ट्रिय
-
२०७६ मङ्सिर १५, आइतबार
खोटाङमा नेकपा र कपिलवस्तुमा राजपा विजयी
साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार शिवकला राई विजयी हुनुभएको छ । तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी हुनुभएको हो । मतगणनाको परिणामअनुसार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ र शुक्रबहादुरले ३७४...
-
२०७६ मङ्सिर १५, आइतबार
विश्व एड्स दिवस एचआइभी सङ्क्रमण दर घट्दो क्रममा
यहाँ एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ सङ्क्रमित पत्ता लाग्ने दर घट्दै गइरहेको हो । विगत ११ वर्षको तथ्याङ्कअनुसार जिल्लामा एचआइभी एड्सका नयाँ बिरामी फेला पर्ने दर निकै सुधारोन्मुख रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६४÷६५ मा ३४३ नयाँ सङ्क्रमित फेला परेकामा आर्थिक वर्ष ०७५÷७६ मा ४३ जना मात्रै नयाँ बिरामी पत्ता...
-
२०७६ मङ्सिर १५, आइतबार
कास्कीमा नेकपाको अग्रता कायमै
कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिनुभएको छ । उहाँले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका खेमराज पौडेलले तीन हजार ७०४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गर्नुभएको छ । पोखरा...
-
२०७६ मङ्सिर १५, आइतबार
पोथी चितुवा नियन्त्रणमा
चितुवा नियन्त्रणका लागि तनहुँको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर राखिएपछि आज बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि वडा नं ३ रिढीपानीस्थित कालिका सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । अन्दाजी १० वर्ष र ५० केजी तौल भएको पोथी चितुवा खोरमा परेर नियन्त्रणमा आएको...
-
२०७६ मङ्सिर १५, आइतबार
दाङमा मतगणना शुरु
उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ ख को मतगणना शुरु भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो । मतगणना वडागत रुपमा शुरु गरिएको छ । शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए ।
-
२०७६ मङ्सिर १५, आइतबार
कसले, कहाँ–कहाँ जिते
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी नेकपा २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी हुनुभएको छ । पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे,...
-
२०७६ मङ्सिर १५, आइतबार
प्रधानमन्त्री ओलीको घाउ निको हँुदै
एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उहाँको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ ।” उपचारमा सम्लग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक...
-
२०७६ मङ्सिर १५, आइतबार
आममाफी दिने गरी कानून बन्दैन अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उहाँले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने...
-
२०७६ मङ्सिर १५, आइतबार
किड क्विन नेपाल ट्यालेण्ट शो सम्पन्न
नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘किड क्विन नेपाल–२०१९’ का प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रस्ततु गरेका छन् । शनिवार प्रज्ञा भवनमा आयोजित ट्यालेन्ट शोमा २२ जना प्रतिस्पर्धिहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितामा सहभागि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुमध्ये अधिकांशले...
-
२०७६ मङ्सिर १५, आइतबार
भरतपुर विमानस्थल १० दिनका लागि बन्द
भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले...
-
२०७६ मङ्सिर १५, आइतबार
खुटिया र बिपीनगरदेखि ताक्लाकोटसम्मको सडक खण्ड पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया र बिपीनगर हुँदै बझाङको ताक्लाकोट जोड्ने सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । ताक्लाकोट सडक पु¥याउन सके मानसरोवर क्षेत्रमा आउने पर्यटकका कारण यहाँको विकास हुनसक्ने उहाँले बताउनुभयो । डोटीको जोरायल गाउँपालिका–५ मा रहेको महेन्द्र आधारभूत विद्यालयको ५८औँ वार्षिकोत्सवमा मुख्यमन्त्री भट्टले कैलालीको खुटियादेखि डोटीको दिपायल...
-
२०७६ मङ्सिर १५, आइतबार
उपनिर्वाचन २०७६ डोटीमा नेकपा विजयी
आदर्श गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ । उहाँले कूल ६८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका उम्मेदवार काशीराम ओझाले १५ तथा स्वतन्त्र उम्मेदवार भूमिसिंह खडकाले १९१ मत प्राप्त गर्नुभएको जनाइएको छ । कूल एक हजार ५९० मत खसेकामा ६० मत बदर भएका...


