STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १९, बिहिबार

    फिस्टुला रोगबारे अभिमुखीकरण

    महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’बारे अभिमुखीकरण तालीम दिइएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ । फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो । महिलामा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने...

  • २०७६ मङ्सिर १९, बिहिबार

    विद्यालय भवन बनेपछि पठनपाठन सहज

    तनहुँको भीमाद नगरपालिका–१ डुम्रीबेँसीस्थित शङ्कर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता आएको छ । पुरानो र जीर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयको चारकोठे नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत रु ७१ लाख ६१ हजार २६ को लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यमबहादुर श्रेष्ठले जानकारी...

  • २०७६ मङ्सिर १९, बिहिबार

    एकीकरण हँुदै सहकारी

    काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मकरूपमा कम गर्ने कार्य शुरु गरेको छ । हाल कामपामा एक हजार ८५६ सहकारी संस्था रहेका छन्, जसलाई घटाएर ७०० बनाउने योजनाको साथ कामपा लागिपरेको छ । संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना...

  • २०७६ मङ्सिर १९, बिहिबार

    राप्रपा अध्यक्ष थापा अमेरिकाका विभिन्न कार्यक्रममा

    संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा अन्तरराष्ट्रिय डेमोक्रेटिक युनियन९आइडियु०को अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । क्यानडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गर्नुभयो । । सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । नेपाली प्रतिनिधिमण्डलमा राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य...

  • २०७६ मङ्सिर १९, बिहिबार

    एक वर्षमा ९७२ ले गराए गर्भपतन

    पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् । जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिनुभयो । गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन...

  • २०७६ मङ्सिर १९, बिहिबार

    उनी बितेको दिन आज स्वरसम्राट नारायण गोपाल ।

    उनी बितेको दिन आज । अघिल्लो रात उनले आफैं मरेको सपना देखेकी देखेनन् कुन्नी  तर उनी सबैलाई भावविह्वल बनाई बिती गए । उनी अर्थात् स्वरसम्राट नारायण गोपाल । नेपाली सुगम संगीतका एक कालजयी शिल्पी, एउटा युग जसका अनगिन्ती गीतहरु आज पर्यन्त जीवित छन् र यो जग रहेसम्म जीवितै रहनेछन् । जीवित छँदा हामीले उनको महत्व सायदै बुझ्यौं र त उनी बरालिँदै बेहोसीमा हराए । नहाँसेरै जीउन मन पराए । नयाँ सडकका गल्लीहरुमा...

  • २०७६ मङ्सिर १९, बिहिबार

    सागले भ्रमण वर्षलाई सहयोग पु¥याउने विश्वास

    यतिबेला पोखरा सागमय बनेको छ । १३ आँै दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् । साग खेलका लागि ८४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् । पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिनुभएको छ । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको उहाँको भनाइ छ । मन्त्री लम्साल भन्नुभयो, “यतिबेला...

  • २०७६ मङ्सिर १९, बिहिबार

    सीमा रक्षाका विषयमा सबै दल एकजुट ः नेता खनाल

    पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारको मात्र...

  • २०७६ मङ्सिर १९, बिहिबार

    बगरमा गैँडाको खाग

    चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी इलाकामा आज बिहान बेवारीसे अवस्थामा एकसिङ्गे गैँडाको खाग फेला परेको छ । नवलपरासीको रजहरको दक्षिणतर्फ खोलाबगरमा खाग फेला परेको हो । निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वेदबहादुर खड्काले खाग फेला परेको जनाउँदै त्यस विषयमा अनुसन्धान थालिएको बताउनुभयो । सो क्षेत्रमा हात्तीसहितको टोलीले अनुगमन गरिरहेको खड्काले जानकारी दिनुभयो । दुई साताअघि एउटा गैँडाको खाग झरेको...

  • २०७६ मङ्सिर १८, बुधबार

    राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

    प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त...

  • २०७६ मङ्सिर १८, बुधबार

    प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण चिकित्सकको परामर्शमा निर्णय लिइने ः सचिवालय बैठक

    नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गौला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धूम्बाराहीमा आज बसेको सचिवालय बैठकले उहाँको मिर्गौलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसंग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । “...

  • २०७६ मङ्सिर १८, बुधबार

    ‘अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण’

    सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताउनुभएको छ । ‘समानताको पुस्ता  बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने...

Pages