राष्ट्रिय
-
२०७६ मङ्सिर ४, बुधबार
उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार
जिल्ला सुरक्षा समिति दाङले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ । समितिले भूगोल, सञ्चार, दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको समेत वर्गिकरण गरेको छ । उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । कूल २६ मतदानस्थललाई संवेदनशील र दुई मतदानस्थललाई सामान्य सूचीमा...
-
२०७६ मङ्सिर ४, बुधबार
सार्वजनिक शौचालय निर्माणलाई तीव्रता दिइने
गत असोजमा खुला दिसामुक्त राष्ट्र घोषणा गरेसँगै सरकारले पूर्ण सरसफाइतर्फ जानका लागि सार्वजनिक शौचालय निर्माणलाई तीव्रता दिने योजना बनाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक शौचालयको सङ्ख्या बढाउँदै जाने योजना बनाएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । सार्वजनिक शौचालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारको भएकाले यसको निर्माणमा...
-
२०७६ मङ्सिर ४, बुधबार
श्वासप्रश्वास र आँखाका बिरामी बढ्दै
अत्यन्त चल्तीका मुख्य सडकमा धुलो उडेर स्वास्थ्य समस्या बढाएको छ । जिल्लाका बर्दिवास–जलेश्वर, जलेश्वर–बखरी–सम्सी, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर, लालगढ–भङ्गाहा, धर्मपुर–कुर्था–जनकपुर र बर्दिवास–रौजा–जलेश्वरसहितका सडकमा उड्ने धुलोले श्वासप्रश्वास र आँखाका बिरामी बढेका हुन् । जिल्लाको बर्दिवास–१ स्थित बर्दिवास आँखा अस्पतालमा गत कात्तिकमा मात्र ३०० भन्दा बढी आँखाको समस्याका बिरामीले जाँच गराएका...
-
२०७६ मङ्सिर ४, बुधबार
निःशुल्क आँखा शिविरमा पाँच सय बढी लाभान्वित
जलजला गाउँपालिका–३ मल्लाजमा सम्पन्न निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा पाँच सयभन्दा बढीको परीक्षण गरिएको छ । लायन्स क्लब अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको थियो । गाउँपालिकाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा न्यू होराइजन आवासीय मावि बेनी...
-
२०७६ मङ्सिर ४, बुधबार
चार वर्षमा २४ हजार नौ सय पटक डायलासिस
तनहुँको दमौली अस्पतालमा स्थापना भएको शत्रुघ्न मन्जु डायलासिस केन्द्रले मङ्गलबारबाट चार वर्ष पूरा गरेको छ । विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलासिस सेवा प्रदान गरिएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले...
-
२०७६ मङ्सिर ४, बुधबार
बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव
बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ र साना ७८ छन् भने बाँकेमा नौ सीमास्तम्भ गायव पारिएका छन् । जसमध्ये मुख्य चार र...
-
२०७६ मङ्सिर ४, बुधबार
विद्युतीय बसको सञ्चालन खर्च अत्यन्तै कम
विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने गरेको छ । डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक रु चार हजारसम्मको इन्धनमा खर्च हुन्छ । विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रु ७५० खर्च हुने...
-
२०७६ मङ्सिर ४, बुधबार
उपनिर्वाचन २०७६ ११६ सुरक्षाकर्मी खटिए
हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन हुनलागेको हो । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि सुरक्षालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्ला बाहिरबाट ११६ सुरक्षाकर्मी...
-
२०७६ मङ्सिर ४, बुधबार
चार स्थानीय तहमा आप्रवासी समस्या समाधान परियोजना लागू
जिल्लाका चार स्थानीय तहमा आप्रवासी समस्या समाधानका लागि विभिन्न सचेतनामूलक कार्यक्रम लागू गरिएको छ । वैदेशिक रोजगारका कारण भइरहेका घटना र सम्भावित जोखिमलाई ध्यानमा राख्दै पारिवारिक, आर्थिक तथा सामाजिक समस्या समाधानको प्रयास गरिनेछ । यसको काम र समन्वय गर्न जिल्लामा रहेको भिमापोखरा युवा क्लब ९बिवाइसी० बागलुङले जिम्मा पाएको छ । जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला...
-
२०७६ मङ्सिर ४, बुधबार
नगरपालिकाका प्रमुखविरुद्ध आन्दोलनको चेतावनी
मोरङको रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् । नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढङ्गले काम गर्ने गरेका र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु गरिएको हो । कार्यपालिकाका चार वडाध्यक्षसहित १२ सदस्यले नगरपालिकामै संंंयक्तरूपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढङ्गले नगरपालिका चलाएको आरोप लगाएका छन्...
-
२०७६ मङ्सिर ४, बुधबार
नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ नगरपालिका
नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले उक्त जग्गाको दुरुपयोग भएको र...
-
२०७६ मङ्सिर ३, मंगलबार
न्यून दृष्टियुक्त व्यक्तिका लागि अवसरको खाँचो
न्यून दृष्टियुक्त व्यक्तिसँग मनको आँखा हुन्छ । त्यो मनको चम्किलो आँखाले उनीहरुले पनि जगत हेरिरहेका हुन्छन्, अनुभूति गरिरहेका हुन्छन् । नेपालगञ्जका न्यून दृष्टियुक्त व्यक्ति विष्णु विश्वकर्माको अनुभूति त्यस्तै छ । आफू न्यून दृष्टियुक्त व्यक्ति भएकामा शुरुमा केही खिन्नता भए पनि विष्णुले पाएको अध्ययन, खेलकूद र अन्य रमाइला अवसरले उनले मनकै आँखाले जगत्लाई अहिले राम्ररी अनुभूति गरिरहेका छन् । ब्रेललिपी...


