राष्ट्रिय
-
२०७६ मङ्सिर ५, बिहिबार
प्रहरीद्वारा ४१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
भैरव नवदीप मावि रैनादेवी छहरा गाउँपालिका पाल्पाका ४१ विद्यार्थीलाई प्रहरीद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल पुस्तक तथा स्टेशनरी महासङ्घ पाल्पाको सहकार्यमा विद्यालयमा अध्ययनरत जेहेन्दार, गरीब, असहाय, विपन्न विद्यार्थीलाई सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार शैक्षिक सामग्री वितरण गरिएको हो । विभिन्न सङ्घसस्थाको सहयोगमा कापी, कलमलगायतका शैक्षिक...
-
२०७६ मङ्सिर ५, बिहिबार
किङ्घरियनको ‘किङ्गरी’ बजाउने पेशा हराउँदै
बाँकेको सदरमुकाम नेपालगञ्जबाट करीब छ किलोमिटर पूर्वको एउटा गाउँ, करीब अढाइ सय घरधुरी रहेको गाउँको अधिकांश घर माटोका गारो र फुसको छानाले बनेका छन् । गाउँभित्र मुस्किलले तीन मिटरको बाटो छ, बाटोमै जोडिने गरी घरहरु बनाइएका छन् । बिहानपख त्यही साँघुरो बाटोमा कोही भाँडा माझिरहेका हुन्छन्, कोेही दाँत माझिरहेका भेटिन्छन् । गाउँकै बीचमा रहेको सानो चोकमा बिहानैदेखि भीडभाड हुन्छ । चोकमै दर्जन बढी साना...
-
२०७६ मङ्सिर ५, बिहिबार
राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी हुने
चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । यही मङ्सिर ६ देखि ९ गतेसम्म चितवन उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो । प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्र तथा सेवाका बारेमा कृषकलाई जानकारी गराउने उद्देश्यका साथ यो प्रदर्शनी गर्न लागिएको हो । कृषि...
-
२०७६ मङ्सिर ५, बिहिबार
जिल्लाकै अनुपमस्थल केभहिल विकासको पर्खाइमा
म्याग्दीको बेनी नगरपलिका–५ गाजनेको धुरीमा अवस्थित केभहिल ऐतिहासिक महत्व र अपार पर्यटकीय सम्भावनाले युक्त हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेल परेको छ । ‘रामायण’का अनुसार विद्वान् महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीमा रहेको केभहिल प्राकृतिक सुन्दरता र हिमशृङ्खलाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । यहाँबाट...
-
२०७६ मङ्सिर ५, बिहिबार
उपनिर्वाचन २०७६ः भोजभतेरलाई प्रहरीले रोक्यो
मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा हुने वडाअध्यक्ष पदको उपनिर्वाचनमा उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन निर्वाचन आचारसंहिता जारी गरे पनि सोको विरोधमा त्यहाँ समाजवादी पार्टीको समर्थकले भोजभतेर गर्न तयारी गरिरहेको...
-
२०७६ मङ्सिर ५, बिहिबार
तीन वर्षभित्र घरघरमा बिजुली बल्छ ः सांसद राई
प्रतिनिधिसभाका सदस्य हेमकुमार राईले तीन वर्षभित्र सोलुखुम्बुको हरेक घरमा बिजुलीबत्ती पुग्ने बताउनुभएको छ । सोलुखुम्बुमा स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको उद्घाटन गर्दै सांसद राईले निर्वाचित भएदेखिनै निरन्तर रुपमा खटेर वितरण केन्द्र ल्याउन सफल भएको भन्दै अव “उज्यालो सोलुखुम्बु”को अभियान शुरु भएको बताउनुभयो । साथै उहाँले विगतको दिनमा सडक निर्माणको विवाद आउने गरेको जिल्लामा...
-
२०७६ मङ्सिर ५, बिहिबार
जातीय छुवाछूत गर्नेविरुद्ध मुद्दा दर्ता
जातीय भेदभाव तथा छुवाछूतका घटनामा डडेल्धुरामा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ । डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–१ ठूलाखेत बस्ने प्रकाशसिंह जोरा र उनका श्रीमती सीतादेवी जोराविरुद्ध सोही ठाउँ बस्ने दिलबहादुर कामीले जातीय भेदभाव तथा छुवाछूत ९कसूर र सजाय० ऐनअन्तर्गत जिल्ला अदालत डडेल्धुरामा मङ्गलबार मुद्दा दर्ता गरेका हुन् । गत कात्तिक १३ गते आफ्नै घरमा बोलाई त ९डूम० भनी गालीगलौज गरेर प्रकाश...
-
२०७६ मङ्सिर ५, बिहिबार
सीमाको विषयमा सरकार गम्भीर बन्नुपर्छ ः नेता बोहरा
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले भारतले सीमा मिचेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचेर नक्सा सार्वजनिक गरेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । “पहिलोपटक सर्वदलीय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो...
-
२०७६ मङ्सिर ५, बिहिबार
उपनिर्वाचन २०७६ ः मौन समयमा गाउँपालिका प्रवेशमा निषेध
जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका...
-
२०७६ मङ्सिर ५, बिहिबार
अब भोक मेट्नकै लागि काठमाडौँका सडकमा बस्नु नपर्ने
अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २९ गते २५औँ महानगर दिवसको दिन महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषण गर्ने निर्णय गरेसँगै उक्त बाध्यताको अन्त्य हुन लागेको हो । यही मङ्सिर ३ गतेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राससलाई जानकारी दिनुभयो ।...
-
२०७६ मङ्सिर ५, बिहिबार
भ्रमण वर्ष ः कर्णालीमा एक लाख पर्यटक भित्र्याइने
कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको दु्रत विकास तथा प्रवद्र्धनका क्रियाकलापमार्फत सन् २०२० भित्र एक लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको जानकारी दिनुभयो । भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१...
-
२०७६ मङ्सिर ५, बिहिबार
मलको कालोबजारी— किसान मारमा
सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेपछि पर्सागढी नगरपालिका–४ का किसान रामविनय चौधरी यसपाली पनि गहँुखेती प्रभावित हुने भयले चिन्तित हुनुहुन्छ । नगरपालिकाको सोही वडामा सरकारी अनुदानको रासायनिक मल बिक्री गर्ने तीन सहकारी संस्था रहेपनि चौधरीले रासायनिक मल नपाउनुको एउटै कारण हो सहकारी संस्थाले बढी मूल्यमा व्यापारीलाई उक्त रासायनिक मल बेच्नु र कालोबजारी हुनु हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा...


