राष्ट्रिय
-
२०७६ कार्तिक २९, शुक्रबार
सिकलसेलले थला परेका थारु समुदाय
दाङ तुलसीपुर उपमहानगरपालिका– ११ कटाहाकी ५० वर्षीया जुमरामी चौधरी लमो समयदेखि सिकलसेल एनिमिया रोगले पीडित हुनुहुन्छ । हाडजोर्नीमा कडा खालको दुखाइ हुँदा घरको कुनै पनि काम गर्न नसकिने पीडा सुनाउँदै उहाँ भन्नुहुन्छ, “जोर्नीहरू बेस्सरी दुख्छन्, घरमा खाना पकाउनसमेत सकिँदैन्, अरु काम गर्न त झन् के सक्नु रु” त्यस्तै सोही वडाकी २५ वर्षीया रूपाकुमारी थारूलाई पनि सिकलसेल भएकै कारण यो उमेरमा पनि केही पनि काम...
-
२०७६ कार्तिक २९, शुक्रबार
कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’
बा¥ह मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पोल्ने पर्व पनि लिएर आएको गाउँका अगुवाहरु बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरु अर्गलमा आई खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती’ भन्दै गीत गाउँदै आएको कथन छ । पछिल्लो समय भुस पोल्ने पर्वकै अवसरमा अर्गल खेलकूद विकास...
-
२०७६ कार्तिक २९, शुक्रबार
उपनिर्वाचन २०७६ ः त्रिपक्षीय भिडन्त
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने अध्यक्ष पदको उपनिर्वाचनमा पाँच जना उम्मेदवारले उम्मेदवारी दिए पनि सत्तारुढ दल नेकपा, सत्ता साझेदारी दल समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सबै दलले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी र टोल...
-
२०७६ कार्तिक २९, शुक्रबार
किलागल महोत्सव शनिबार
भ्रमण वर्षलाई लक्षित ‘शुभकामना साँझ तथा किलागल महोत्सव’ यही कात्तिक ३० गते किलागलमा गरिने भएको छ । काठमाडौँ महानगरपालिका–१८ ले आयोजना गर्ने उक्त महोत्सवमा त्यस क्षेत्रका परम्परागत संस्कृति, पुराना बाजा तथा सङ्गीत एवं सम्पदाका चित्र प्रदर्शनीका साथै यमरी, बारा, समयबजीलगायत नेवारी परिकार खरीद बिक्रीको व्यवस्था छ । किलागल क्षेत्रका विभिन्न गुठी, सङ्घसंस्थाले परम्परागत धाबाजा, बाँसुरी, धीँलगायत बाजा...
-
२०७६ कार्तिक २९, शुक्रबार
डम्पिङसाइट व्यवस्थित नहँुदा सास्ती
डडेल्धुरा सदरमुकाम क्षेत्रमा जम्मा भएको फोहर फाल्नका लागि व्यवस्थित स्थान नहुँदा नगरको सौन्दर्य बिग्रनाका साथै दुर्गन्धको समस्या बढ्न थालेको छ । अमरगढी नगरपालिका–७ को कुयली गाउँमा निर्माण गरिएको डम्पिङसाइटमा फालिएको फोहरको दुर्गन्ध सदरमुकामसम्म फैलिएको छ । झण्डै १५ वर्ष पहिले स्थानीय बासिन्दाको जमीन भाडामा लिई निर्माण गरिएको डम्पिङसाइटमा खुलारुपमा फोहर फाल्ने गरिएको छ । फोहरका कारण नजिकै रहेको...
-
२०७६ कार्तिक २९, शुक्रबार
महसुल उठाउन लाइन काट्दै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ । बाँकी रहेको महसुल तिर्न सूचना प्रवाह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको तिहारपछि तीव्रगतिमा लाइन काट्न शुरु गरेको हो । गत वर्षको मङ्सिरदेखि नै बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने काम शुरु गरिए पनि तिहारपछि दिक्तेल बजारमा मात्रै ४० ग्राहकको लाइन काटिएको केन्द्र प्रमुख रामदिनेशराय यादवले...
-
२०७६ कार्तिक २८, बिहिबार
प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन
प्रदेशसभाअन्तर्गत भौतिक पूर्वाधार विकास समितिले प्रमुख आयोजनालाई बहुवर्षीय आयोजनाको रूपमा अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको उपस्थितिमा बुधबार बसेको समितिको बैठकले मन्त्रालयअन्तर्गत विभिन्न चार महाशाखा प्रमुखहरुलाई उक्त निर्देशन दिएको हो । बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रममा निर्धारण गरिएको बजेट खर्च, वित्तीय एवं भौतिक...
-
२०७६ कार्तिक २८, बिहिबार
राष्ट्रपति हमिद पोखरामा
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद आज पोखरा आउनुभएको हो । काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद आउनु भएको हो । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक...
-
२०७६ कार्तिक २८, बिहिबार
पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे
अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू नौ महिनामा यो नाका भएर एक हजार ७२७ जना...
-
२०७६ कार्तिक २८, बिहिबार
प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिनुभएको छ ।नेपाल प्रेस युनियन झापा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुङ्गिने भएकाले प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग बार्ता गर्नुपर्ने बताउनुभएको हो । विवाद समाधानका लागि सरकार अघि...
-
२०७६ कार्तिक २८, बिहिबार
विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा
नारी साहित्यकारहरुको संस्था आँचल साहित्यकला पुञ्जले यस वर्ष प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको छ । संस्थाले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ बाट काठमाडौँकी समाचालोक÷कवि डा विन्दु शर्मा, प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ बाट तनहुँकी प्रभा भट्टराई, ईश्वर...
-
२०७६ कार्तिक २८, बिहिबार
निजामतिमा उमेर हद साठी वर्ष बनाउन सहमति
लामो छलफल र बहसपछि निजामति सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपालीको औसत आयु वृद्धि भएको, न्याय, स्वास्थ्य र प्राध्यापन सेवामा ५८ भन्दामाथि उमेर हद रहेको तथा अन्तर्राष्ट्रिय अभ्याससमेतलाई ध्यान दिएर उमेर हद वृद्धि गर्ने प्रस्तावमा सहमति भएको हो । समितिबाट पारित...


