राष्ट्रिय
-
२०७६ कार्तिक २९, शुक्रबार
सीमा सुरक्षाका विषयमा लिखित जवाफ माग
सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा छुट्टाछुट्टै दायर गर्नुभएको रिट निवेदनमा सो आदेश जारी गरेको हो । दुवै रिट निवेदनलाई अग्राधिकार दिएर सुनुवाइ गर्ने र सीमा सुरक्षाका विषयमा भएका...
-
२०७६ कार्तिक २९, शुक्रबार
उपनिर्वाचन २०७६ ः चुनावी चहलपहल बढ्दै
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका राजनीतिक दलले उम्मेदवारी दर्ता गरेसँगै चुनावी चहलपहल बढाउन थालेका छन् । जिल्लाको आदर्श गाउँपालिका–२ मौवामा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काङ्ग्रेसले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । दुईवटै पार्टीबीच कडा प्रतिस्पर्धा...
-
२०७६ कार्तिक २९, शुक्रबार
समाचार महोत्सव मङ्सिर १ देखि
नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना गरी सम्पादक र पत्रकारहरुबीच बृहत छलफल हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी मङ्सिर १ गतेदेखि ३ गते सम्म चल्ने लुम्बिनी समाचार महोत्सव¬ ९न्यूज फेस्टिभलको० क्रममा देशका छापा, रेडियो, टिभी र अनलाइन मिडियाका सम्पादक तथा देशैभरबाट आउने पत्रकारबीच विभिन्न सत्रमा छलफल गर्नेगरी तयारी गरेको...
-
२०७६ कार्तिक २९, शुक्रबार
‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’
वरिष्ठ पत्रकार भैरव रिसालले भारत र नेपालबीचको सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर रहेको बताउनुभएको छ । संवाद डलबीले आज आयोजना गरेको सीमा सुरक्षा कार्यक्रममा उहाँले जनताको भावनामा चोट आए राम्रो नहुने भन्दै सीमा सुरक्षाका विषयमा धेरै कुरा उठे पनि यसको समाधान कुनै पनि सरकारले गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार कमजोर बन्दै जानु पनि सीमा अतिक्रमणको प्रमुख कारण हो ।” सन् १९८१ देखि २०१८...
-
२०७६ कार्तिक २९, शुक्रबार
गौराती मेला सम्पन्न
धार्मिक एंव पर्यटकीय रूपले परिचित सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई द्वादशीको दिन सम्पन्न हुने उक्त मेला सदरमुकाम चौतारा बजारमा सिन्दुर जात्रा गरी बिहीबारबाट विधिवतरूपमा सम्पन्न भएको हो । चौताराको पुरानो बजारस्थित गुठीघरबाट पूर्णिमाको बेलुका भीमसेनको मूर्ति रथमा राखी गौरातीको भीमेश्वरको मूर्तिसँग मिलन गराउने...
-
२०७६ कार्तिक २९, शुक्रबार
बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा
बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडाँैको चन्द्रगिरि हिल्समा अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहनुभएका बङ्लादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्लादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिहरुलगायत २७ जनाले अवलोकन भ्रमण गर्नुभएको हो । उहाँहरुलाई चन्द्रागिरि केबलकारमा...
-
२०७६ कार्तिक २९, शुक्रबार
हरेक दिन विमानस्थल पुग्नुहुन्छ पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला तर, भिआइपी पाहुनाले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज’ पाउनुभयो । पर्यटनमन्त्री भट्टराईले एकसाताअघि बेलायत भ्रमणका बेला सँगालेको अनुभवले चित्रण गर्छ कि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप, अवस्था र बाध्यतालाई । बेलायतको...
-
२०७६ कार्तिक २९, शुक्रबार
उपनिर्वाचन २०७६ निर्वाचनको गतिविधि तीव्र
आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता भएपछि निर्वाचनको गतिविधिसमेत तीव्र बनेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उक्त पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । राजनीतिक...
-
२०७६ कार्तिक २९, शुक्रबार
सडक विस्तारका लागि गैँडाकोटबाट माटो ल्याइने
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागरबाट ल्याइने भएको छ । त्यहाँका १० जना व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजाने सहमति भएको गैँडाकोट नगरपालिकाले जनाएको छ । रुख बिरुवा नभएको पहाडको डिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमीन बनाउने उद्देश्यले स्थानीयले माटो बिक्री गरेका...
-
२०७६ कार्तिक २९, शुक्रबार
सवारी साधन मैलुङतर्फ केन्द्रित
सामान आयातका लागि रसुवागढी जाने सबैखाले सवारी साधन मैलुङतर्फको राजमार्गमा केन्द्रित हुन थालेका छन् । जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद भट्टराईका अनुसार वर्षा कम हँुदा गत भदौ ३१ गते पुनः सञ्चालनमा आएको बेत्रावती, मैलुङ, स्यापु्रmबँेसीतर्फको राजमार्ग क्रमशः सहज हुन थालेपछि धुन्चे हुँदै केरुङ जाने सबैखाले मालवाहक सवारी साधन बेत्रावतीदेखि मैलुङतर्फ रहेको नयाँ राजमार्गबाट आवतजावत गर्न थालेका हुन् ।...
-
२०७६ कार्तिक २९, शुक्रबार
सडक अतिक्रमणको चपेटामा नेपालगञ्ज
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मापदण्डविपरीत सडक अतिक्रमण बढेको छ । चारलेन सडकको बिपी–गणेशमानचोकदेखि राझाँसम्म तथा भित्री सडक सदरलाइनमा व्यापारीले फुटपाथमा सामान राखेर अतिक्रमण गर्दै आएका छन् । सडकको किनारमा रहेको फुटपाथ पैदलयात्रीका लागि आवतजावत गर्ने ठाउँ भए पनि त्यो क्षेत्रलाई अहिले अधिकांश स्थानमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएको पाइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले...
-
२०७६ कार्तिक २९, शुक्रबार
रामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न
बेलायतका जियो फिजिक्स विज्ञहरुको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौथो पटकको जियो फिजिक्स सर्भे ९भू–भौतिक अध्ययन० सम्पन्न भएको छ । युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्शन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म...


