STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १, आइतबार

    कान्तिभैरव गुरुकुललाई आर्थिक सहयोग

    वैदिक ज्ञान प्रचारप्रसारमा योगदान गर्दै आएको गोकर्णेश्वर–४ स्थित कान्तिभैरव गुरुकुललाई दाताले रु एक लाख १०५ सहयोग गरेका छन् । गोकर्णेश्वर–८ निवासी समाजसेवी दीपकसिंह भण्डारीले गुरुकुलको सहयोगार्थ नगद सहयोग गर्दै आम जनमानसमा वैदिक ज्ञान फैल्याउन प्राचीनकालदेखि नै गुरुकुलले सहयोग गर्दै आएको बताउनुभयो । गुरुकुलजस्ता प्राचीन शिक्षालयको प्रवद्र्धन गर्न सकेमा मात्र गौरवशाली पूर्वीय संस्कृति सुरक्षित हुन...

  • २०७६ कार्तिक ३०, शनिबार

    नेपाली भूमिको रक्षा गर्न सक्षम छौँ पराष्ट्रमन्त्री ज्ञवाली

    पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताउनुभएको छ । उहाँले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पार्नुभयो । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्या सुल्झाउने बताउनुभयो ।...

  • २०७६ कार्तिक ३०, शनिबार

    सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण

    प्र्र्रन्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ । महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहनुभएका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री...

  • २०७६ कार्तिक ३०, शनिबार

    प्याज प्रतिकिलो २००

    केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ । प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिनुभयो । प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ ।...

  • २०७६ कार्तिक ३०, शनिबार

    हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज देशका मध्य र पश्चिमी भूभागमा आंशिमदेखि सामान्य बदली र पूर्वी भूभागमा आंशिक बदली रहनेछ”,...

  • २०७६ कार्तिक ३०, शनिबार

    सन्दर्भ राष्ट्रिय कफी दिवस गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र

     गुल्मीको रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान् गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उहाँ आफैँ जोहो गर्नुहुन्छ । कारण हो, बलेटक्सारकै भण्डारीडाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्र । हुन त केन्द्रले आफैँ उहाँलाई रकम दिने पनि होइन, तर केन्द्रमा काम गरेवापत उहाँले घर खर्च चलाउने रकम प्राप्त...

  • २०७६ कार्तिक ३०, शनिबार

    चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार

    काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सोही...

  • २०७६ कार्तिक ३०, शनिबार

    ‘राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्दैैन’

    नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अब देशमा राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । झापाको दमकमा आज युथ नेटवर्कले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अब देशलाई राजनीतिक आन्दोलन जरुरी नभएको दाबी गर्नुभयो । उहाँले देश नयाँ युगमा अघि बढिसकेकाले अब राजनीतिक परिवर्तन होइन, देशको विकास र समृद्धिका लागि एकजुट...

  • २०७६ कार्तिक २९, शुक्रबार

    आलेख ः कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’

    ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु ९मूल० घरलाई फेरो मार्दै गाउँलेहरु गीत–गाथा हाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजीकैको शङ्खुबारी पुग्छन् । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पुज्छन् । गुरुबा र गाउँका अगुवाले ढुङ्गा छेउ लिङ्गो ठड्याउँछन्, धूपबत्ती गर्छन् र जाँड चढाउँछन् । प्रकृतिका देउता...

  • २०७६ कार्तिक २९, शुक्रबार

    हमिदको भ्रमणसँगै बङ्गलादेशी पर्यटक बढ्ने विश्वास

    मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गर्नुभएको भ्रमणसँगै पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकनका साथै यहाँको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा जलविहार गर्नुभएको थियो । उहाँले रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा समेत पुगी हिमाल,...

  • २०७६ कार्तिक २९, शुक्रबार

    झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

    झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर धमाधम...

  • २०७६ कार्तिक २९, शुक्रबार

    अतिक्रमित भूमिबाट फिर्ता हुन साहित्यकारको माग

    नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन् । मानवअधिकार तथा शान्ति समाजको आयोजनामा ८५औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भू–भाग अतिक्रमणको तीव्र विरोध गरे । समाजले प्रत्येक महिनाको अन्तिम बिहीबार शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको छ । कार्यक्रममा...

Pages