राष्ट्रिय
-
२०७६ कार्तिक २६, मंगलबार
सुशासनलाई उच्च प्राथमिकताः मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको छ । काठमाडौँस्थित अमेरिकी सेन्टर, नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग सङ्गठन मोरङशाखद्वारा संयुक्तरुपमा आयोजित ‘स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन’सम्बन्धी तीनदिने तालीम आज शुभारम्भ गर्दै उहाँले जनताका सेवा प्रदायक निकायले विकास र पूर्वाधार निर्माणमा सुशासन कायम राख्न शून्य शहनशीलता...
-
२०७६ कार्तिक २६, मंगलबार
राप्रपा संयुक्तले धार्मिक जागरण यात्रा गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । सो पार्टीले नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने जनाएको छ । पार्टीले सीताको जन्मभूमि जनकपुरबाट चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिकयात्रा सम्पन्न गर्ने बताइएको...
-
२०७६ कार्तिक २६, मंगलबार
संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ आईआरएफ र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आजदेखि सौराहामा शुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले विश्वमा रेन्जरहरुले संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । सम्मेलनमा सहभागी...
-
२०७६ कार्तिक २५, सोमबार
लायन्सको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा
लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी टूको दोस्रो क्याबिनेट बैठक यही कात्तिक २९ र ३० गते गैँडाकोटमा हुने भएको छ । सोही डिष्ट्रिक्टको एरिया नं ३ को आतिथ्यतामा बैठक हुन लागेको हो । कार्यक्रम संयोजक एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार बैठकमा डिष्ट्रिक्टका चार सय लायन्स क्लबका दुई हजार हाराहारीको सहभागिता हुनेछ । उनीहरुका लागि आवास, खानालगायत कार्यक्रमको...
-
२०७६ कार्तिक २५, सोमबार
उपनिर्वाचन २०७६ तयारी तीव्र
आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयंसेवक नियुक्त...
-
२०७६ कार्तिक २५, सोमबार
धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा
जिल्लाको देवघाट गाउँपालिका–५ मा सञ्चालित धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ । दिवा सेवा मात्रै सञ्चालन हुँदै आएको उक्त अस्पतालमा आइतबारबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको हो । गलेश्वर आश्रमले विसं २०५७ देखि सञ्चालन गर्दै आएको उक्त अस्पताल गत वर्ष साउन १ गते देवघाट गाउँपालिकालाई हस्तान्तरण भएको थियो । आश्रममा रहेका ज्येष्ठ नागरिक, बालबालिका, तीर्थयात्री तथा स्थानीय समुदायलाई...
-
२०७६ कार्तिक २५, सोमबार
बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो
दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गर्नु भएको हो । राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले...
-
२०७६ कार्तिक २५, सोमबार
बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो मुआब्जा
बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र ९गोरखा र धादिङ जिल्ला०का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । डुबान क्षेत्रमा पर्ने कूल जग्गामध्ये दुई जिल्लाका करीब ४४...
-
२०७६ कार्तिक २५, सोमबार
गणतन्त्र स्मारक अझै भएन सञ्चालन
उद्घाटन भएको पाँच महिना बित्दा पनि नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र दिवसका अवसर पारेर गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गर्नुभएको थियो । निर्माण शुरु भएको आठ वर्षमा स्मारक सम्पन्न भएको थियो । राजतन्त्र हुञ्जेल राजाको दरबार रहेको नारायणहिटीलाई विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले...
-
२०७६ कार्तिक २५, सोमबार
सातै प्रदेशका शहरहरुमा द्रूत गतिकोे फोरजी
नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत गत कात्तिक २० विर्तामोड र २२ गते वीरगञ्जमा...
-
२०७६ कार्तिक २५, सोमबार
हक्की सङ्घमा मर्सानी
जिल्ला आइस हक्की सङ्घको अध्यक्षमा पुनः विद्या मर्सानी निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको आज पोखरामा भएको अधिवेशनले मर्सानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रामप्रसाद गुरुङ, सचिवमा पुनम गुरुङ र कोषाध्यक्षमा विजय गुरुङ चयन हुनुभएको छ । यस्तै सदस्यमा सुनिल मानन्धर, अरुण दत्त, शेरबहादुर गुरुङ, इन्द्रा ढकाल र दीननाथ...
-
२०७६ कार्तिक २५, सोमबार
जिल्लाकै ठूलो गौराती मेला शुरु
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेलाका लागि सोमबारदेखि चहल पहल शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रूपमा मानिएको हो । सोही मेलालाई ध्यानमा राखेर चौतारा सागाचोकगढी नगरपालिकाले नगरपालिका...


