राष्ट्रिय
-
२०७६ कार्तिक २४, आइतबार
घुम्ती शिविरबाट २१२ लाई नागरिकता
जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा शनिबार आयोजना गरेको घुम्ती शिविरबाट २१२ ले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र ११९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र...
-
२०७६ कार्तिक २४, आइतबार
झोलुङ्गे पुल निर्माणपछि यात्रा सहज
बर्दिया जिल्लाको बनियाभार, पदनाहा, सानोश्री, ताराताललगायत साविकका गाविस तथा बारबर्दिया र मधुवन नगरपालिका सिमानाका स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्ने भरपर्दो माध्यम झोलुङ्गे पुल निर्माण भएपछि झण्डै एक लाख स्थानीयवासीको जोखिमपूर्ण यात्रा सहज भएको छ । बाढीले आँखै अगाडि नवनिर्मित पुल विसं २०७१ मा बबई नदीले बगाएपछि पुलबाट हिँड्ने सपना साकार नहुने हो कि भन्दै अलमलमा रहेका स्थानीयवासी यतिबेला...
-
२०७६ कार्तिक २४, आइतबार
अभिभावकसँग शुल्क लिइए उजुरी लाग्ने
बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन । संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले निःशुल्क शिक्षाका लागि सुनिश्चितता गरे पनि बजेट अभावमा कतिपय विद्यालयहरुले अभिभावकसँग सहयोग शुल्कका नाममा शुल्क...
-
२०७६ कार्तिक २४, आइतबार
सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले आफ्नो पालिकालाई पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाभित्रका दुई सांकृतिक र चार प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर छ पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरिएको हो ।गाउँपालिकाले आर्थिक विकासको पहिलो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रमा प्राथमिकता दिने उद्येश्यले छ पर्यटकीय तथा सांकृतिक क्षेत्र पहिचान गरी घोषणा गरिएका क्षेत्रहरुमा पूर्वाधार...
-
२०७६ कार्तिक २४, आइतबार
पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने
विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले...
-
२०७६ कार्तिक २४, आइतबार
जनआन्दोलनका कमान्डर सिंहको सालिकमा माल्यार्पण
लौहपुरुष तथा २०४६ सालका जनआन्दोलनका कमान्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ र गणेशमान सिंह फाउन्डेशनको आयोजनामा आज शोभाभगवतीमा रहेको उहाँको सालिक माल्यार्पण गरिएको हो । काङ्ग्रेस नेता राजनकुमार केसीले प्रजातन्त्र सुदृढ गर्न स्व गणेशमानका आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गर्नुपर्ने बताउनुभयो । सोही पार्टीका...
-
२०७६ कार्तिक २४, आइतबार
डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प
चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ थियो । यस्तै उक्त...
-
२०७६ कार्तिक २४, आइतबार
राज्यमन्त्री रावलद्वारा राजीनामा
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ । कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उहाँले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो । राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाउनुभएको हो । “म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो पूर्ण सहयोग रहने छ, न्याय...
-
२०७६ कार्तिक २३, शनिबार
सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण ः नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताउनुभएको छ । नेकपा काठमाडाँै महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताउनुभयो । हालै...
-
२०७६ कार्तिक २२, शुक्रबार
हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि विष्णुको विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने आजको दिनमा म्याग्दीमा भने...
-
२०७६ कार्तिक २२, शुक्रबार
चार हजार दुई सय पाँच घर बने
भूकम्पबाट क्षति पुगेका घरमध्ये चार हजार २०५ घरको निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ६३ प्रतिशत घर बनेका हुन् । जिल्लामा रहेका सात हजार ३३५ लाभग्राहीमध्ये चार हजार २०५ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकमसमेत लगिसकेको कार्यालयका इन्जिनीयर सुभाष न्यौपानेले जानकारी दिनुभयो । लाभग्राहीमध्ये ६...
-
२०७६ कार्तिक २२, शुक्रबार
देवघाटधाम र चित्रसारीमा एकादशी मेला
चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला लागेको छ । देवघाटधाम, पूर्वी चितवनको चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको हो । बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको छ । बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला शुरु हुने देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । उहाँले चितवन, नवलपरासी र तनहुँ जोड्ने गरी...


